समाचार

तनहुँमा स्काभेटर र टिपरमा च्यापिएर मजदुरको मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका १ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार व्यास नगरपालिका ५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर र टिपरको बीचमा पर्दा च्यापिएर मृत्यु भएको हो । कालिका कन्ट्क्सन कम्पनीको इएक्स ०६६ नम्बरको स्काभेटर र सोही कम्पनीको बा प्र ०६(००१ क ०२५१ नम्बरको टिपरले काम गरिरहेको अवस्थामा अचानक च्याप्दा गम्भीर घाइते भएका थापालाई उपचारका लागि मङ्गलबार दिउँसो दमौलीस्थित रत्नहरी अस्पताल लगिएको जिल्ला प्रहरी… पुरा पढौ

स्याङ्जामा धान उत्पादन बढ्यो

गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले जानकारी दिए । स्याङ्जामा यस वर्ष नौ हजार ७२ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको थियो । जिल्लामा क्रमशः धान उत्पादन हुने क्षेत्रफल घट्दै गइरहेको छ भने उत्पादनमा वृद्धि हुँदै गइरहेको… पुरा पढौ

पोखरा महानगरपालिकाले किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान दिने

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । जिल्ला दररेटअनुसार मलको खरिदमा ५० प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान दिने गरी महानगरबाट सूचना प्रकाशन गरिएको बताउँदै उनले प्राप्त निवेदनका आधारमा अनुदान दिन लागिएको बताए… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष पिआइसीयू सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष ९पिआइसीयू० अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो । अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गर्नेगरी… पुरा पढौ

एकीकृत भूमिकर छुट चैत मसान्तसम्म बढाउन राजस्व परामर्श समितिको सिफारिस

पोखरा । पोखरा महानगरपालिकाको राजश्व परामर्श समितिको मंगलबार बसेको बैठकले विद्यमान राजश्व संकलन प्रणाली SUTRA मा देखिएको निरन्तर सुस्तता र अवरोधका कारण कर संकलनमा उत्पन्न कठिनाइलाई ध्यानमा राख्दै एकीकृत भूमिकरमा दिइँदै आएको १० प्रतिशत सहुलियतको समयावधि चैत मसान्तसम्म थप गर्न सिफारिस गरेको छ। यसअघि पौष मसान्तसम्म मात्र लागू हुने भनिएको सहुलियतलाई प्रणालीगत समस्याका कारण सेवाग्राहीले सहज रूपमा कर तिर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै थप गर्नुपर्ने निष्कर्ष समितिले निकालेको समिति सदस्य पोखरा महानगरपालिका वडा नॅाबर १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले… पुरा पढौ

स्पोर्टस समिटमा विश्वकप ट्रफि

नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा फेब्रवरीमा अबको ट्वान्टी ट्वान्टी विश्वकप आयोजना हुनेछ र त्यसैक्रममा ट्रफि नेपाल आइपुगेको हो । ट्रफि सोमबार पोखरा आइपुगेको हो र त्यसलाई स्पोर्टस समिटमा प्रदर्शन गरिएको हो ।त्यस समिटको अवसरमा प्यानल डिसकन गरिएको थियो र विषय रहेको थियो, पोखरामा खेल पयर्टन र अर्थतन्त्र । पोखरेली पत्रकार दीफेन्द्र श्रेष्ठले संचालन गरेको त्यस कार्यक्रममा । कार्यत्रममा विशेषज्ञका… पुरा पढौ

माछापुच्छ्रे-८ का ८० विद्यार्थीलाई ‘रिडिङ कर्नर’ व्यवस्थापनका लागि शैक्षिक सामग्री सहयोग

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई ‘पढाइकुना’ (Reading Corner) व्यवस्थापनका लागि शैक्षिक सामग्री सहयोग गरिएको छ। गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नौलो घुम्ती नेपालको आयोजनामा वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयका ८० जना प्रायोजित बालबालिकाहरूलाई मंगलबार एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरिएको हो। बालबालिकाहरूलाई घरमा पढ्ने वातावरण सिर्जना गर्न र गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले किताब राख्ने र्‍याक, पढाइ टेबल र विभिन्न बालमैत्री पुस्तकहरू सहयोग स्वरूप प्रदान गरिएको थियो। सामग्री… पुरा पढौ

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

पोखरा, पुस २२, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्रमको इतिहासमै कार्यत्रम काठमाडौं बाहिर हुन लागेको यो पहिलो पल्ट हो । अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको पनि आयोजना गरिएको छ । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका… पुरा पढौ

पोखरामा विहीबारदेखि ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन हुँदै

सन्देश श्रेष्ठपोखरा, पुस २२ पोखरामा विहीबारदेखि नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन हुने भएको छ । पद्माप्रेम थिएटरको तेस्रो प्रस्तुतिमा सावित्रा पाठक सबुले लेखेको यो नाटक पोखरा–४ गैह्रापाटनस्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा आउँदो विहीबारदेखि मञ्चन हुने आज पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । बाँच्न नजान्ने निम्न मध्यमवर्गीय परिवारको पीडामा आधारित भएर तयार भएको यस नाटक पुस २४ गतेदेखि २७ गतेसम्म मञ्चन हुने पोखरा थिएटरका संस्थापक एवम् निर्देशक पञ्चसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार चार दिन मञ्चन… पुरा पढौ

रोटरी पोखरा मिडटाउनको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ८१ जना लाभाम्वित

रोटरी क्लब अफ पोखरा मिडटाउनको आयोजनामा भएको निःशुल्क बृहत सामुदायिक स्वास्थ्य शिविरबाट ३ सय ८१ जना लाभाम्वित भएका छन् । रुपा गाउँपालिकाको हंसपुरस्थित रामकोट माध्यमिक विद्यालयमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट २८० जना स्थानीय बासिन्दा र १०१ जना विद्यार्थी गरी जम्मा ३८१ जना लाभान्वित भएका हुन््। ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी निवारक स्वास्थ्य सेवा, प्रारम्भिक रोग पहिचान तथा निःशुल्क औषधि उपलब्ध गराइएको थियो । शिविरमा विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षण, रक्तचाप र रक्तचिनी जाँच, चिकित्सक परामर्श, साथै नाक… पुरा पढौ