समाचार

एमालेको गण्डकी प्रदेश संयोजकमा सचिव खगराज अधिकारी

नेकपा एमालेले गण्डकी प्रदेश संयोजकमा सचिव खगराज अधिकारीलाई तोकेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजन गर्नेगरी अधिकारीलाई संयोजक तोकेको हो ।उपमहासचिव लेखराज भट्टका अनुसार कोशीमा शेरधन राई,मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ,बागमतीमा महेश बस्नेत,राजधानीमा डा। राजन भट्टराई,कर्णालीमा यामलाल कँडेल,सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागमा भानुभक्त ढकाललाई तोकिएको छ । एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ।अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले दिएको बताए । बैठकले… पुरा पढौ

कांग्रेस नेता डा शेखर कोइराला भन्छन्–सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्छ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिएका छन् । आज पार्टीका नेताहरूसँग भएको भेटमा उनले विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताएको भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुषालले बताईन् । नेता कोइरालाले सबैको भावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसका लागि क्रियाशील रहेको बताएका थिए । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गर्न नहुनेमा पनि उनले… पुरा पढौ

सर्वोच्च अदालतमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरुमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ । सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरु महान्यायाधिवक्ता कार्यालय, नेपाल बार… पुरा पढौ

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखामा परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो टौवामा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी… पुरा पढौ

लक्ष्मी मावि मा दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने

पोखरा महानगरपालिका वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालयमा झण्डै दुई करोड रुपैयाको लागतमा पुस्तकालय भवन निर्माण हुने भएको छ । लायन्स क्लव इन्टरनेशनलको अनुदान, विद्यालय र स्थानीय सहयोगमा पुस्तकालय भवनको निर्माण हुन लागेको हो ।भवनको शिलन्यास गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले, पुस्तकालयको निर्माणपछि विद्यार्थी, शिक्षक र समुदायको शैक्षिक गुणस्तर सुधारका लागि कोशे ढुंगा सावित हुने उल्लेख गरे । वडा अध्यक्ष थापाले पूर्व विद्यार्थीहरुको सहयोगले सामुदायीक विद्यालयको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पूर्व… पुरा पढौ

बजेट अभावले बागलुङमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो ।अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम सिगानाको वडा कार्यालयमा पुगेर रोकिएको थियो । उक्त खण्ड निर्माण गरिरहेको ठेकेदारले समयमा भुक्तानी नपाएपछि काम अलपत्र थियो । डेढ वर्ष रोकिएर गत वर्ष निर्माण सम्पन्न भएको छ… पुरा पढौ

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउँसो १ः०० बजेसम्म थप

जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि वीरगञ्जमा कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश… पुरा पढौ

प्रदेश सरकार खेलकुद विकासमा लागिपरेको छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै यसको विकासमा लागिपरेको बताएका छन् । त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा बेँसीसहर नगरपालिका वडा नं ७ सहजीमा आयोजित ३३ औँ त्रिवेणी कपको समापन कार्यक्रममा उनले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै गण्डकी प्रदेश खेलकुदका लागि राम्रो रहेको र यस्ता खेलकुद आयोजनाले पर्यटन विकासमा सहयोग पुर्‍याउने तथा स्थानीयको आम्दानी बढ्ने उनको भनाइ छ । त्यस्तै लमजुङको सहजी खेलमैदान व्यवस्थित गर्नका लागि प्रदेश सरकारले बजेट उपलब्ध… पुरा पढौ

रोटरी क्लव अफ पोखराको रक्तदानमा ३० युनिट रगत संकलन

पोखरा, २१ पुस । रोटरी क्लब अफ पोखरा लेकसाइडले चार्टर डे अवसरमा रक्तदान कार्यक्रम गरेको छ । पोखराको लेकसाइडस्थित हल्लनचोकमा सोमबार आयोजित कार्यक्रमको रोटरीका डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले उद्घाटन गरेका थिए । पहिलो रक्तदाता क्लबका पूर्व अध्यक्ष उपेन्द्र अधिकारी र उनी पत्नी कृतिका सुवेदी अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको हो । सो अवसरमा गभर्नर कोइरालाले रक्तदान कार्यक्रम पुण्यको काम भएको उल्लेख गर्दै क्लबले चार्टर डे  अवसरमा रक्तदान कार्यक्रम सुरुआत गरेकोमा खुसी व्यक्त गरे । यसैगरी सामाजिक सेवामा रोटरी… पुरा पढौ

पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमण र स्थान हद फुकुवा

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो । आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उनले गरेका काम कारबाही सम्बन्धमा सोधपुछ गर्ने काम सम्पन्न भएकाले स्थान हद फुकुवा गरिएको जानकारी दिए… पुरा पढौ