समाचार

बेनीमा जेसिज कप फुटबल सुरु

बेनी । म्याग्दीको बेनीमा जेसिज कप अन्तरमावि फुटबल प्रतियोगिता सुरु भएको छ । यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले गरे । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ नाराका साथ सुरु भएको १९ औँ संस्करणको उक्त प्रतियोगितामा जिल्लाका २१ विद्यालय सहभागी छन् । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, वर्तमान अध्यक्ष वीरेन्द्र श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । प्रतियोगिताको विजेताले रु. ५२ हजार र उपविजेताले रु.… पुरा पढौ

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिनुभयो । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो । यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेन्डा रहेका छन् । यही मङ्सिर १० देखि १४ गतेसम्म भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित… पुरा पढौ

आलेख : राजाको चौतारो : शान्ति, एकता र सहअस्तित्वको ऐतिहासिकस्थल

गण्डकी । चार शताब्दी पुरानो ‘राजाको चौतारा’ नेपालका बाइसे–चौबिसे राज्यका पालाको साक्षी बनेर रहेको छ । तत्कालीन समयमा लडाइँभिडाइ नगरी सहअस्तित्व र आपसी मेलमिलाप गर्न यहाँको मालमूल फाँटमा कास्की, तनहुँ, रिसिङ, घिरिङ, पर्वत, भीरकोट, गह्राँैं, ढोर, नुवाकोट, सतहुँ, लमजुङ र गोरखा राज्यका १२ राजा भेला भएको र त्यसपछि चिनेको चौतारा भएकाले त्यसै समयदेखि यसको नाम राजाको चौतारा रहेको इतिहासमा उल्लेख छ । तत्कालीन समयमा यहाँका कास्की र लमजुङ राज्य बीच युद्धका चलेको थियो । लमजुङे राजाले पोखराको विजयपुरसम्मै कब्जा जमाउन… पुरा पढौ

बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

लन्डन । बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहाँको मन्त्रिपरिषदको बैठकमा जानकारी गराएका थिए । साथै प्रधानमन्त्री जोन्सनले यो समेत गरी बेलायतमा ओमिक्रोनका ४३७ जना सङ्क्रमित भेटिएका जानकारी पनि दिउका थिए ।उनले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा… पुरा पढौ

धार्मिक महोत्सवबाट साढे तीन करोड सङ्कलन

बलेवा । गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट रु साढे तीन करोड सङ्कलन भएको छ । गलकोट नगरपालिका–९ छिसमा रहेको गलकोटकै पुरानो मन्दिरमा महोत्सव सञ्चालन भएको थियो । यही मङ्सिर ६ गतेदेखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको थियो । धार्मिक महोत्सवमा स्थानीयवासीले दान र चन्दा सहयोग गरेका महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए । धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले… पुरा पढौ

सञ्चारमाध्यमले जनताका पक्षमा वकालत गर्नुपर्दछ : प्रदेश प्रमुख गुरुङ

कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सञ्चारमाध्यमले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनताको पक्षमा वकालत गर्नुपर्ने बताएका छन् । पोखराबाट नियमित प्रसारण सुरु गरेको सिटीवान टेलिभिजनको मङ्गलबार शुभारम्भ गर्दै उनले प्रेसले जनताको पक्षमा वकालत गर्ने दायित्व पूरा गर्न नसक्दासम्म लोकतन्त्र सवल हुन सक्दैन भने । उनले भने“अहिलेको प्रतिस्पर्धाका समयमा व्यावसायिक पत्रकारितासँगै मिडियाले सरकारले गरेका कमी–कमजोरी र निम्न तहका जनताका समस्या उजागार गर्नुपर्दछ । प्रदेश प्रमुख गुरुङले नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको अधिकार सुनिश्चित गर्ने काममा निकै अगाडि… पुरा पढौ

विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती बुधबार बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो । महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात… पुरा पढौ

अग्निपुञ्जको देशभक्तिपूर्ण गीत “हामी लड्छौं देशकै लागि” सार्बजनिक

पोखरा । अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधीको शोध अनुसन्धान गरिरहेका हरिप्रकाश चन्द “अग्निपुञ्ज” को देशभक्तिपुर्ण गीत “हामी लड्छौं देशकै लागि” सार्बजनिक भएको छ । गत शुक्रबार सार्बजनिक भएको गीतको शब्द रचना अग्निपुञ्जले गरेका हुन् भने स्वर र संगीत गायक भरत परियारको रहेको छ ।  बिग परिवेश रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको अरेञ्जर लछु प्रकाश मल्ल, मिक्सिङ्ग मनोज डंगोल, कलाकारहरु बिजय केसी र गीता केसी, छायाङ्कन तथा सम्पादन सरोज शाही ठकुरी, भिडियोको निर्देशन नरेन्द्र धामीको रहेको छ भने उक्त भिडियो कृष्ण भट्टराई र… पुरा पढौ

पोखराको हेमजा स्थित जैसीकुना डहरे देउरालीमा मोटरेवल पुल निर्माण गर्न स्थानियको माग

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २५ हेमजा स्थित जैसीकुना डहरे देउराली क्षेत्रमा मोटरेवल पुल निर्माण गर्न अभियानको शुरुवात गर्ने बताएका छन् । एक समारोहका बिच पैदल पुलको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले स्थानियको माग भए बमोजिम मोटरेवल पुल निर्माण गर्ने अभियानको सुरुवात गर्ने बताएका हुन् । सानो रकममा हालै निर्माण भएको उक्त पुलबाट स्थानियमा छाएको खुसिले आफु निकैै प्रभावित भएको बताउदै मन्त्री बरालले सानो रकमले जनतालाई धेरै खुसि छर्न सकिने जनाए । माओबादी… पुरा पढौ

पोखरा २० मौजामा बृहत निशुल्क स्वास्थ्य शिविर हुँदै

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विवधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैर्हापाटनको संयुक्त आयोजनामा आगामि मंसिरको २४ र २५ गते बृहत निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा सचेतनामुलक कार्यक्रमको आयोजना गर्न लागिएको पोखरा २० का वडा अध्यक्ष सिम बहादुर गुरुङले जानकारि दिए । साविकको भलाम र मौजा गाविसमा रहेका विपन्न परिवारलाई लक्षित गरि उक्त शिविरको आयोजना गरिएको… पुरा पढौ