समाचार

सक्रियता बढाउदै गण्डकी प्रज्ञा प्रतिष्ठान, पुस महिनामा ६ वटा कार्यक्रम तय

पोखरा २१ मंसिर । गण्डकी प्रज्ञा प्रतिष्ठान आफ्नो सक्रियता बढाउदै गएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले धमाधम कार्यक्रमको आयोजना गरेर आफ्नो सक्रियता बढाउदै गएको हो । फलस्वरुप आगामी पुष महिनाको लागि मात्र ६ वटा कार्यक्रम तय भैसकेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । ‘हामीले निरन्तर कार्यक्रम गरिरहेका छौं, केही महत्वपूर्ण कार्यक्रम पौष महिनामा गर्दैछौं, नाटक लेखन कार्यशाला, नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला, स्थापित जातीको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि… पुरा पढौ

सिटी वान टेलिभिजन नियमीत प्रसारणमा

पोखरा । पोखराको नयाँवजारमा रहेको सिटीवान टेलीभीजनले आफनो नियमीत प्रसारण सुरु गरेको छ । एक कार्यक्रमका विच आज उद्घाटन भयो ।\आवाज विहीनहरुको आवाज लाई वुलन्द गर्ने उद्दघोषका साथ गण्डकी प्रदेशको पोखराबाट टेलिभीजनले आफ्ना नियामीत प्रसारण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यो टेलिभीजनले मानव अधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडी वढ्नु पर्ने बताउनु भयो । उनले भने नेपालको राजनीतीमा संचार क्षेत्रले पुर्याएको योग्दान अविष्मरणीय रहेको उल्लेख गरे । रेडीयो नेपालबाट सुरु भयो नेपालको मिडिया क्षेत्र… पुरा पढौ

ओलीले एमाले सिध्याएर नारायणी नदीमा तिलाञ्जली दिए : अध्यक्ष नेपाल

सुनसरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको बताएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकामा आज पार्टीको १ नम्बर प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले ओलीवादले एमाले समाप्त भइसकेकाले पार्टीभित्र रहेका नेता कार्यकर्ताको कन्तबिजोग हुने दिन छिट्टै आउने बताए । अहिले एमालेभित्र रहेका नेता कार्यकर्तालाई समस्या भइरहेको भन्दै उहाँले एमाले नछोडे उनीहरुको समस्या झन् बढ्दै जाने बताए । एमालेको राष्ट्रिय भेलालाई कुम्भ मेलाको संज्ञा दिँदै अध्यक्ष नेपालले एमालेको… पुरा पढौ

पोखरा–१९ मा ६० वर्ष उमेर पुगेका स्वयमसेविका सम्मानित

पोखरा । अन्तराष्ट्रिय स्वयमसेवक दिवसको अवसरमा पोखरामा ६० वर्ष उमेर पुगेका ६ जना स्वयम्सेविकाहरुलाई सम्मान गरिएको छ । दिवसको अवसरमा सोमबार लामाचौर, तल्लाकोट र सहरी स्वास्थ केन्द्र पोखरा–१९ लामाचौरले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमकाबिच उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्मा, पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, वडा सदस्य कृष्ण गौतम, कोपिला केसी, दुर्गा बस्नेत, विकास आचार्य लगायतले सम्मानपत्र, दोसल्ला, प्राथामिक उपचार किट बक्स र मायाको चिनोबाट संयुक्तरुपमा… पुरा पढौ

नयाँ विचार विकास गर्न लागिपरेका छौँ : अध्यक्ष दाहाल

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका छन् । खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताए । अध्यक्ष प्रचण्डले भने, “त्यसकारण अहिले यो पटक देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौँ । हाम्रो ध्यान अब समाजवादी क्रान्तिको कसरी… पुरा पढौ

विवाह पञ्चमीका अवसरमा राष्ट्रपतिको सन्देश

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले आज दिएको सन्देशमा सो पर्वले समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन् । त्रेतायुगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा विवाह पञ्चमी मनाइन्छ । “प्राचीन मिथिलाको… पुरा पढौ

मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूला दलकै होः सचिव भट्टराई

काठमाण्डौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताएका छन् । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिद्वारा आज आयोजित समीक्षा भेलालाई सम्बोधन गर्दै उनले एमाले, नेपाली कांग्रेसजस्ता ठूला पार्टी नै विगतमा पनि मुलुकलाई सङ्कटबाट जोगाउँदै आएको जनाए । सचिव भट्टराईले एमालेले पार्टीभन्दा बाहिरको वृत्तलाई पनि नेतृत्व गर्ने पार्टी भएकाले यसले अरुका आलोचना र सुझावलाई ग्रहण गर्ने स्पष्ट पारे । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले महाधिवेशनको सफलताले एमालेलाई… पुरा पढौ

सिद्दि बिनायक गणेश गुठीको गुठी पूजा सम्पन्न

पोखरा । सिद्दि बिनायक गणेश गुठी भैरबटोलले सोमबार बार्षिक गुठी पूजा गरेको छ । स्थानिय गणेश मन्दिरमा पूजा अर्चना गरि गुठियारहरुले गुठी पूजा सम्पन्न गरेका हुन् ।गुठीका अध्यक्ष कृष्णमान प्रधानाड.को अध्यक्षतामा पूजा गरिएको हो ।अध्यक्ष प्रधानाड.का अनुसार यो गुठी २ सय बर्ष पुरानो हो । गणेश मन्दिरको संरक्षण, संबर्द्दन गर्नु , भजन किर्तन गरि नेवार संस्कृति जगेर्ना गर्नु गुठीको प्रमुख उद्देश्य रहेको स्स्कृतिबिद् अष्टमान प्रधानाड.ले बताए । गुठीमा भैरबटोल आसपासका नेवार समुदायका ३२ घर परिवार गुठीयार रहेको गुठीका सदस्य सृजन… पुरा पढौ

नेकपा (एस) फलेवास नगर कमिटिमा लम्साल

पर्वत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी फलेवास नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले कृष्ण लम्साल अध्यक्ष र बिष्णु रिजाल सचिब रहेको ४३ सदस्यीय नगर कमिटि घोषणा गरेको छ । भेलाको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादी स्थायी कमिटिका सदस्य तथा गण्डकी प्रदशे अध्यक्ष रामजी शर्माले दक्षिणपन्थी र निरंकुशताका बिरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले कम्युनिष्ट पार्टीलाई श्रमजीविको पार्टी बनाउन र समाजवादको लक्ष्य हाँसिल गर्नका लागि एकिकृत समाजवादीमा आवद्ध हुन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै… पुरा पढौ

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । प्रभावित क्षेत्रबाट करिब ३ हजार ७०० व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । ज्वालामुखी भग्नावशेष,… पुरा पढौ