समाचार

चार महिनामा रु. ३४ लाखको टिकट बिक्री

तनहुँ । जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै चौतिस लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा रु. ३३ लाख ८३ हजार ८२० को टिकट बिक्री गरेको छ । कूल टिकट ६ लाख ६० हजार ८५० टिकट बिक्री गर्दा उक्त राजस्व सङ्कलन भएको कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराइले जानकारी दिए । साउन महिनामा रु. सात लाख ३९ हजार ७७५ भदौमा रु. पाँच लाख ७६ हजार ४९५,असोजमा रु. एघार लाख २४ हजार १७५ र… पुरा पढौ

अखाद्य वस्तु भेटिएपछि बेकरी उद्योगमा ताला

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित एक बेकरी उद्योग जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । सोमबार अनुगमनका क्रममा सडेगलेको र अखाद्य वस्तु प्रयोग गरेको भेटिएपछि रजनीश बेकरी उद्योग बन्द गराइएको हो । उद्योगले व्यवसाय दर्तासमेत नगरी सडेगलेको र अखाद्य वस्तुको प्रयोग गरी बजारमा बिक्री–वितरण गरेको भेटिएपछि ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उद्योगको अनुगमन गर्दा उद्योगभित्र सडेगलेको र अखाद्य वस्तुको प्रयोग गर्ने गरिएको भेटिएको थियो । चाडपर्वका बेला मात्र अनुगमन हुने गुनासो आएकाले प्रशासनले… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ बर्षपछिकै कम

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ बर्षपछिकै सवैभन्दा कम सङ्क्रमित भएको मंगलबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ८२२ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो सङ्ख्या ५५८ दिनपछिकै सवैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समयका सवैभन्दा धेरै सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा देखिदै आएको छ । पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन… पुरा पढौ

१२ वर्षभन्दा माथिका बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी

१२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको मोडर्ना खोप लगाउने तयारी गरिएको छ। कोभ्याक्स सुविधामार्फत गत साता १ लाख ८८ हजार डोज मोडर्ना खोप आएको थियो। त्यसलाई १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एक साताभित्रै बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ। पहिलो चरणमा हिमाली क्षेत्रका जिल्लामा लगाइने जनाइएको छ। यो खोप हरेक विद्यालयमै गएर लगाइनेछ। कुन कुन विद्यालयमा लगाउने भन्ने तय हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयको खोप शाखाले… पुरा पढौ

नेपालमा संघीयताको खर्च बढ्यो, निर्यात र रोजगारीको सिर्जना आवश्यक – विश्व बैंक

विश्व बैंकले नेपालमा संघीयताका कारण सार्वजनिक खर्च बढेकोमा चिन्ता व्यक्त गरेको छ। सोमबार सार्वजनिक खर्चको समीक्षाबारे हरित वृद्धि र वित्तीय संघीयताको लागि सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको विश्व बैंकले नेपालमा संघीयताका कारण खर्च बढेको औँल्याएको हो। प्रतिवेदनमा संघीयताका कारण जनताको घर–दैलोसम्म सेवा पुगेपनि सार्वजनिक खर्च अत्याधिक बढेको देखाइएको छ। प्रतिवेदनमा उल्लेख छ, ‘संघीयताकै कारण मुलुकको वित्तीय घाटा र सार्वजनिक ऋण वृद्धि भएको छ।कोरोना भाइरसको महामारीका कारण झन् खर्च बढेको छ। निर्यात र रोजगारी सिर्जनामा सहयोग गर्नु पर्नेछ।’ पुरा पढौ

ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक, तर सतर्कता जरुरी

अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा एन्थोनी फाउसीले संचारमाध्यमहरुलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको उल्लेख गरेका हुन्। ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको डा एन्थोनीले उल्लेख गरे। उनले भनेका छन्, ‘यो भेरियन्टका कारण रोगको जटिलता त्यति धेरै देखिएको छैन। तर यो जटिल नभएको र यसले डेल्टाको तुलनामा गम्भीर हिसाबले बिरामी नपार्ने भनेर लापरबाही… पुरा पढौ

सराङकोट सहकारीको १५ औ बार्षिक उत्सवको अवसरमा विद्यार्थीलाई पोशाक बितरण

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी को १५ औ बार्षिक उत्सवको अवसरमा सप्ताब्यापी कार्यक्रम गत शुक्रबार देखि सुरु भएको छ । संस्थाको स्थापना देखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागी विविध सामाजिक शिक्षा , स्वास्थय वातवरण मैत्री सदस्य सेवा कार्यक्रमहरु गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । संस्थाले बार्षिक उत्सवको अबसर पारी विधार्थीहरुलाई शैक्षिक पोशाक वितरण , रत्तदान , स्टार डाग्नोष्टिक सेन्टरको सहकार्यमा होलबोडी चेकअप र रगत परिक्षण गरिने भएको छ । सप्ताहब्यापी कार्यक्रम अन्र्तगत पोखराको एलेन्जल विद्यालय लमाचौर ,… पुरा पढौ

बैतडीमा जीप दुर्घटना हुँदा ४ को मृत्यु

बैतडी । बैतडीमा सोमबार साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । मृतक… पुरा पढौ

शिव पलाँसका गीत पुस्तकमा

पोखरा । माया गर्नुको अर्थ, आगो भन्ने जान्दा जान्दै, गन्दै जाँदा पिरतीमा जस्ता लोकप्रिय गीतका सर्जक शिव पलाँसको गीत संग्रह बजारमा आएको छ । ‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट आइतबार कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्रज गीतकार, समालोचक डा कृष्णहरि बरालले पलाँसका गीतमा रुपक, अलंकार, बिम्ब, प्रतीक, सँगसँगै कला र शिल्पको लोभलाग्दो तालमेल भएको बताए । विभिन्न भावका सर्वकालिक गीत पलाँसको कृतिमा रहेको बरालले उल्लेख गरे । उनले भने, ‘पलाँस महात्वपूर्ण गीतकार रुपमा स्थापित भएका छन् । उनका गीतमा प्रेम,… पुरा पढौ

पहारीद्वारा बुवा आमाको नाममा अक्षयकोष स्थापना

पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी श्री कृष्ण पहारी र उनकी धर्म पत्नी सरु पहारीले आफ्ना बुवा रामजीप्रसाद पहारी र आमा देवी पहारीको नाममा अक्षय कोष स्थापना गरेका छन । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीहरुको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ पोखरा ६ बैदाम निवासी पहारी दम्पतीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको कोष स्थापना गरेका हुन् । पहारीले आइतबार एक कार्यक्रमको आयोजना गरी बुवा रामजीप्रसाद… पुरा पढौ