समाचार

‘कर्कले मामाको चौतारी’ को छायांकन सुरु

श्यामशुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरियल ‘कर्कले मामाको चौतारी’ को छायांकन फेरी सुरु भएको छ । रोकिएको छ । छायांकनका क्रममै निर्देशक वासुदेव पोखरेलको देब्रे हात फ्याक्चर भएपपछि रोकिएको छायांकन स्वास्थ्य अबस्था सामान्य भएपछी पुन छायांकन सुरु गरिएको निर्माता घनश्याम लामिछानेले जानकारी दिए । ‘कर्कले मामाको चौतारी’ मा प्रज्ञा जोशी, सुशील पोखरेल, लेखक तथा निर्देशक वासुदेव पोखरेल, तुलासा क्षेत्री, सामाजिक अभियान्ता कोबिदशरण उपाध्याय, प्रज्वल भित्रीकोटी, राज थापा, अबिराज, ममता अधिकारी, सरु शर्मा, दीपेश लामिछाने, राजकुमार गुरुङ, श्यामसुन्दर कार्की, नवराज… पुरा पढौ

चुनावपछि एमाले कहाँ छ भनेर टर्च बालेर खोज्नुपर्छ : नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीस चोलेन्द्र समसेर जबरालाई महाअभियोग लगाउने कुरा हल्ला मात्र भएको बताएका छन् । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले प्रधानन्यायाधीस जबरालाई महाअभियोग लगाउनेबारे प्रस्ताव नै नआएको बताएका हुन् । ‘प्रधानन्यायाधीस जबरालाई महाअभियोग लगाउने कुरा बजार हल्ला मात्र हो । यसबारे कसैले प्रस्ताव ल्याएको पनि छैन । दलहरुबीच छलफल पनि भएको छैन । हल्लाको पछि कुद्न जरुरी छैन’–उनले भने ।… पुरा पढौ

कास्कीका मुस्मिल समुदायका बालवालिका निरन्तर विद्यालय जाँदैनन्

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पोखराको आयोजनामा रुपा गाउँपालिका वडा नं ६ मा शिक्षाको अधिकारबारे शिक्षक र अभिभावक र विद्यार्थीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जनप्रतिनिधि , मुस्मिल समुदायका विद्यार्थी , अभिभावकहरु र विद्यालयका शिक्षकहरुबिच शिक्षाको अधिकारबारे अन्तरक्रिया गरिएको थियो ।वडा नं ६ मा रहेका मुस्लिम समुदायका बालवालिकाहरु भर्ना भएपनि विद्यालयमा निरन्तरता दिन छाड्ने गरेका छन् ।रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले नयाँ पुस्ताले अधिकारका विषयमा अध्ययन गरेर पुरानो पुस्तालाई सिकाउन आवश्यक रहेको बताउनुभयो ।बाल विवाह र बहुबिवाहलाई संविधानले… पुरा पढौ

रूपा मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा शिवालय मावि पहिलो

कास्कीको रूपा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबिच भएको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मा। वि। पहिलो भएको छ । कालिका माध्यमिक विद्यालय, वडा नम्बर १ को आयोजनामा शुव्रmबार सम्पन्न प्रतियोगितामा रूपा गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयमध्ये ७ ओटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा वडा नम्बर २, थुम्कीस्थित शिवालयले ५५ अङ्कसहित पहिलो स्थान हासिल गरेको हो । सो विद्यालयबाट धिरज सुनार, समीक्षा राना मगर र निश्चल ओझा सहभागी थिए । यस्तै वडा नम्बर ६, तालबेसीस्थित रूपाज्योति मा। वि। दोस्रो, वडा नम्बर ३, पोल्याङस्थित… पुरा पढौ

भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

नयाँ दिल्ली । भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् । हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित रहेका… पुरा पढौ

चौथो अभियान भलिबल प्रतियोगिता सुरु

पोखरा । पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बाराही माध्यामिक विद्यालयको खेल मैदानमा चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । अभियान युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा शान्ता भलिबल ट्रेनिङ सेन्टरले वियन्का कृषि फार्म, मट्टिखान युवा क्लबले मालेपाटन भलिबल ट्रनिङ सेन्टर, कृस्ती मिलन क्लबले कुदवीडाँडा युथ क्लब र बाराही माविले सशस्त्र प्रहरी बल कालिका गणलाई हराएका थिए । कूल १२ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले नगद रु. ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद… पुरा पढौ

सुनको मूल्यमा गिरावट

काठमाडौँ । नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु. पाँच घटेर रु. एक हजार २४५ कायम भएको छ… पुरा पढौ

बन्दीपुरका होटल तथा रेष्टुराँको स्तरीकरण

दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले बन्दीपुरमा सञ्चालित होटल तथा रेष्टुराँको वर्गीकरण गरेको छ । होटल रेष्टुराँ स्तरीकरण निर्देशिका २०७४ बमोजिम कार्यालयले ती क्षेत्रमा सञ्चालित १४ होटलको वर्गीकरण गरेको हो । कार्यालयका प्रमुख प्रशान्त पोख्रेलले होटल रेष्टुराँमा दुई तारासहित उत्तम (ख) स्टीकर टाँस गरिएको जानकारी दिए। कार्यालयले यसअघि दमौली, आँबुखैरेनीलगायतका होटल तथा रेष्टुराँको स्तरीकरण गरिसकेको छ । उनका अनुसार होटल तथा रेष्टुराँको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था,… पुरा पढौ

मध्य भोटेकोशीको आइपिओ बाँडफाँट

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए । आवेदन दिएकामध्य ९५ हजार ७२२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये आठ लाख १९ हजारलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ… पुरा पढौ

बालअधिकारकर्मी बास्तोला आफ्नै घरको कोठाभित्र मृत भेटिए

बालअधिकारकर्मी श्रीप्रसाद बास्तोला मृत भेटिएका छन्। पोखरा–११, फूलबारीस्थित आफ्नै घरको कोठाभित्र बास्तोलाको मृत शरीर भेटिएको कास्की प्रहरीले घटनाको पुष्टि गरेको छ। कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले आफ्नै घरको कोठामा बास्तोलाका मृत शरीर भेटिएको जनाए। बास्तोलाले आत्महत्या गरेको हुन सक्ने अनुमान लगाइएको छ। सामाजिक सञ्जाल फेसबुकमा रातीको ३ः३० मा बास्तोलाले आत्महत्याको सांकेतिक स्टाटस लेखेका छन्। बास्तोलाले पारिवारिक घर झगडाका कारण आत्महत्या गर्ने सांकेतिक स्टाटस लेखेका छन्। १५ बर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम भन्दै उनले स्टाटसमा लेखेका… पुरा पढौ