समाचार

तनहुँमा ठूला दलका नेतृत्वमा महिला न्यून

तनहुँमा ठूला दलका नेतृत्वमा महिला न्यून पाेखरा । दुई मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले ) का वडा अधिवेशन हालै सम्पन्न भयो । कांग्रेस तनहुँको दशवटै पालिका स्तरमा पनि अधिवेशन सम्पन्न भइसक्यो भने एमालेको पालिका अधिवेशन सम्पन्न हुने चरणमा छ । एमाले तनहुँले ६ पालिकामा अधिवेशन सम्पन्न गरेको छ भने चार पालिकामा अधिवेशन हुन बाँकी छ । ती दलका नेतृत्वमा महिलाको सङ्ख्या भने न्यून छ । कांग्रेसको पालिका तहमा महिलाको नेतृत्व शून्य छ भने एमालेको एक पालिकामा महिलाले… पुरा पढौ

मादीका बाढी पीडितलाई राहत

गण्डकी । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका बाढी पीडितलाई राहत रकम प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गरे । गत असार १ गते मादी नदीमा आएको बाढीले पूर्ण क्षति पुर्‍याएका ११ घर परिवारलाई जनही रु. एक लाखका दरले मुख्यमन्त्री पोखरेलले राहत हस्तान्तरण गरे । बाढी पहिराले घर पूर्ण क्षति पुर्‍याउनेलाई मनाङका हकमा रु दुई लाख र अरु जिल्लाका हकमा रु. एक लाख उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको… पुरा पढौ

बढ्यो सुनको मूल्यः चाँदीको स्थिर

काठमाडौँ । नेपालमा सुनको मूल्य प्रतितोला रु. ४०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु. ९२ हजार कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो । त्यस्तै चाँदी प्रतितोला रु. एक हजार २५० मा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी… पुरा पढौ

स्पेनका सभामुख नेपाल भ्रमणमा

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी हुनेछन् । छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र,… पुरा पढौ

चीनले दिएको थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

चीनले दिएको थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप हिँजो (बुधबार) बिहान नेपाल आइपुगेको हो। सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। सोहीअनुसार पहिलो चरणमा बुधबार १० लाख २० हजार डोज खोप आएको हो। खोपलाई टेकुस्थित भण्डारणमा राखिएको छ। यसअघि, पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कूल १ करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ। पुरा पढौ

नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह कलम

नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ। निर्वाचन आयोगले एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको जनाएको छ। नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो। आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ। पुरा पढौ

काँग्रेस महाधिवेशनको मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मंसीर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको छ। नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन यही कार्तिक २७ गतेदेखि प्रारम्भ गर्ने तय गरिएको छ। यसैगरी, जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मंसीर १० गते तथा प्रदेश अधिवेशन मंसीर १६ र १७ गते गर्ने… पुरा पढौ

जुनी फेर्दै दुई उद्यान

बागलुङ । दुरावस्थाबाट गुज्रेका यहाँका दुई उद्यानको पुनर्निर्माण थालिएको छ । संरक्षण अभावमा बिरूप बनेको वीरेन्द्र–ऐश्वर्य र शहीद स्मृति उद्यानको मुहार फेरिने भएको हो । सदरमुकाममा रहेका पुराना उद्यानको सौन्दर्य फर्काउन बागलुङ नगरपालिका लागिपरेको छ । सहरी आकर्षण थप्न बनाइएका ती उद्यान वर्षौंदेखि अलपत्र थिए । उद्यानको कन्तबिजोग देखेका सर्वसाधारण र सञ्चारक्षेत्रबाट पनि आलोचना हुँदै आएको थियो । । राससले गत वर्ष साउनमा ‘मानिसलाई गिज्याइरहेका उद्यान’ शीर्षकमा आलेख सम्प्रेषण गरेको थियो । नगरप्रमुख जनकराज पौडेलले यही वर्षभित्र दुवै उद्यानलाई हेर्न… पुरा पढौ

अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८ औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताएका हुन् । केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई-दुई पटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उनले भने । पाँच दलको गठबन्धनबाट बनेको… पुरा पढौ

सुनको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला रु. ६०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार तोकिएको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु. ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला रु. ९२ हजार १०० तोकिएको थियो । त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको… पुरा पढौ