समाचार

पोखराबाट १८ जना जुवाडे पक्राउ

पोखराबाट १८ जना जुवाडे पक्राउ परेका छन् । पोखार महानगरपालिका वडा नम्बर १९ लामाचौरबाट ९ र गैरीखोरबाट ९ जना गरी कुल १८ जना जुवाडे पक्राउ परेका हुन् । दुबै खालबाट ८० हजार भन्दा बढी नगद बराम गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले पोखरा १९ लामाचौरस्थित हरिमाया पुनको घरमा तास खेलिरहेका ९ जनालाई ३ बुक तास र ३४ हजार ७ सय ५० नगदसहित पक्राउ गरेको जनाइएको छ । त्यस्तै, पोखरा १९ गैरीस्थित बिना पुनको घरमा तास खेलिरहेका ९… पुरा पढौ

तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाईने

गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ । तनहूँको शुक्ला गण्डकी नगरपालिका–२ मा रहेको शुक्लागण्डकी च्यवनधामको अवलोकन गरेपछि उहाँले यस्तो आश्वासन दिनुभएको हो । ‘नेपालमा सम्भावना रहेका पर्यटनका विभिन्न आयामहरु मध्ये धार्मिक पर्यटन पनि एक प्रमुख आयाम हो ।’ उहाँले भन्नुभयो, ‘धार्मिक पर्यटनको विकासका लागि हाम्रो क्षेत्रमा रहेका धार्मिक स्थलहरुको संरक्षण, संवद्र्धन र प्रचार प्रसार गर्नु आवश्यक छ ।’ सो अवसरमा… पुरा पढौ

मन्त्रीकाे भाग ‘मागेपछि’ प्रधानन्यायाधीश राणा विवादमा, मन्त्री बनाउने विषय आफ्नो हातमा नभएकाे जिकिर

काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीशको कुनै पनि हात नभएको बताएका छन् । सर्वोच्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज प्रधानन्यायाधीशले मन्त्रायल बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचारप्रति ध्यानाकर्षण गराउन गएको टोलीसँग प्रधानन्यायाधीश राणाले सो कुरा बताएका हुन् । “मन्त्री कसलाई बनाउने भन्ने कुरा विशुद्ध कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाको हो, त्यसमा प्रधानन्यायाधीशको कुनै हात हँुदैन, बाहिर आएको समाचारका विषयमा म गम्भीर छु, यसबारे छिटै अदालतबाट खण्डन हुन्छ”, भेटमा… पुरा पढौ

धवलागिरि हिमाल आरोहीलाई सम्मान

म्याग्दी । संसारको सातौं अग्लाे आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलालाई आज बेनीमा सम्मान गरिएको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने हिमालमा यही असोज १५ गते बिहान ६ः०० बजे गोरखाकी पूर्णीमा श्रेष्ठ र सोलुखुम्बुकी पासाङलामु शेर्पाले सफल आरोहण गरेका थिए । हिमाल आरोहण गरेर हेलिकप्टरमार्फत काठमाडाँै जाने क्रममा बेनी आएकी पूर्णीमालाई म्याग्दी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र धौलागिरि पर्यटन परिषद्का तर्फबाट सम्मान गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम… पुरा पढौ

अवरुद्ध सडक खुलेपछि सहज बन्दैछ मनाङको जनजीवन

मनाङ । यस वर्षको वर्षायामको सुरुदेखि अवरुद्ध सडक तीन महिनापछि सञ्चालन भएपछि मनाङको जनजीवन सहज बन्दैछ । विगत तीन महिनादेखि अवरुद्ध बेसीशहर–चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरुपमा सञ्चालनमा आएको छ । लामो समयदेखि सडक सञ्जालबाट टाढा रहेका मनाङवासीलाई सडक सञ्चालनमा आएपछि सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । धारापानीबाट माथिल्लो पाँच किलोमिटर बाँकी सडक निर्माण भएपछि सडक पुनःसञ्चालनमा आएको हो । “दसैँ अगाडि सदरमुकाम चामेसम्म सडक पुनःसञ्चालमा ल्याउने लक्ष्य पूरा भएको छ, अब तलेखु–भ्राताङ भिरमा सडक बनेपछि… पुरा पढौ

२१ वर्षपछि सवारी ज्यान मुद्दाका प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले २१ वर्षपछि सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादीलाई पक्राउ गरेको छ। तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ठाँटीपोखरी बस्ने ४२ वर्षीय आनन्दराज शाहलाई आइतबार पक्राउ गरेको हो। जिल्ला अदालतको वि.सं २०५७ साल वैशाख २८ गतेको फैसलाले ११ महिना ५ दिन कैदको फैसला सुनाएपछि शाह फरार रहेको प्रहरीले जनाएको छ। फरार रहेका शाहलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन्। त्यसैगरी, वैदेशिक… पुरा पढौ

साफ च्याम्पियनसीप: नेपाल र श्रीलंकाबीचको खेल आज

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज (सोमबार) दोस्रो खेल खेल्दैछ। माल्दिभ्समा जारी १३ औं संस्करणको प्रतियोगिताअन्तर्गत मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्नेछ। नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने तयारीमा छ। पुरा पढौ

दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताएका छन्। राज्यमन्त्री श्रेष्ठले बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै १८ वर्षमुनिका बालबालिकाका लागि १ करोड मात्रा कोरोनाविरुद्धको खोप आउने सुनिश्चित भइसकेको बताएका हुन्। ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप खरिदका लागि व्यवस्था भइसकेको छ’, उनले भने। दसैँलगत्तै १ लाख फाइजर खोप आउने उनको भनाई थियो। स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले फागुनसम्म खोप आउने र बालबालिकालाई उपलब्ध गराउने… पुरा पढौ

पोखरामा पनि ९ ठाँउमा इन्टरनेटको तार काटियो

पोखरामा पनि ९ ठाँउमा इन्टरनेटको तार काटिएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाले आईतबार पोखराका विभिन्न ९ ठाँउका तार काटेको हो । केन्द्रको निर्देशन अनुसार आफुहरुले सांकेतिक रुपमा केहि स्थानमा इन्टरनेटका तारहरु काटेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाका प्रमुख ऋषिकुमार बरनवालले जनाए । प्राधिकरणले पोखराका ९ ठाँउमा सेवा प्रदायक केही कम्पनीहरुको इन्टरनेट सेवाको तार काटिदिएको बताए । उनका अनुसार वल्र्ड लिंक, भायानेट, पोखरा इन्टरनेट लगायतका इन्टरनेटका तार काटिएको छ । अधिकांश केवलमा ट्याक नहुदा कुन कुन इन्टरनेट… पुरा पढौ

कुवा र खोलाको पानी गाग्रीमा बोकेर खाने बाध्यतालाई अन्त्य गछौंः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कुवा र खोलाको पानी गाग्रीमा वोकेर खाने बाध्यतालाई अन्त्य गर्ने बताउनु भएको छ । पोखरा २५ हेमजा सुइखेत स्थित लौसीवोट खानेपानी टंकीको आइतबार शिलन्यास गर्दै मन्त्री बरालले आगामी डेढ बर्ष भित्र प्रदेशका जनतालाई खोला, कुवाको पानी गाग्रीबाट वोकेर खाने बाध्यतालाई अन्त्य गरी छाड्ने बताउनु भएको हो ।प्रदेश सरकारले प्रदेशका जनतालाई ५ बर्ष भित्र आधारभूत खानेपानी पुराउने लक्ष्य राखेकोमा बाँकी डेढ बर्षमा प्रदेशमा आधारभूत खानेपानीको पहुच पुराउने मन्त्री बरालले बताउनु भयो । हेमजाको… पुरा पढौ