समाचार

दिप युनाइटेड क्लबको अध्यक्षमा खेमराज आचार्य

दिप युनाइटेड क्लबको छैठो साधरण सभा तथा तेस्रो अधिवेशनले खेमराज आचार्यको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । समितिको उपाअध्यक्ष बिष्णुकुमारी गुरुङ , सचिव भिम आचार्य , सह( सचिव मञ्जु बस्याल, कोषाअध्यक्ष उषा गुरुङ चयन भएको जनाइएको छ । त्यस्तै, सदस्यहरूमा कृष्ण गौचन, ताराबहादुर रानामगर, अर्जुन गुरूङ, आशिष पौडेल क्षेत्री, यादव राज भण्डारी र तेजमान गुरूङ निर्विरोध चयन भएका छन् ।पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लवका भवन निर्माण सह संयोजक बिष्णु गुरुङलाई दोसल्ला ओढाएर… पुरा पढौ

सरूभक्तलाई ‘मुक्तक सागर सम्मान

‘मुक्तक सागर सम्मान’ प्रसिद्ध साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई अर्पण गरिएको छ । मुक्तकको उत्थान र विकासमा क्रियाशिल मुक्तक मन्च केन्द्रिय समिती पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरुपमा पोखरामा शनिबार आयोजित कार्यक्रममा सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’ अर्पण गरेको हो । मुक्तकसागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेकी थिइन् ।सम्मानित स्रष्टा तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्तले मुक्तकसम्बन्धी विस्तृत विमर्श गर्ने समय आइसकेको उल्लेख गरे । प्राज्ञ सरुभक्तले मुक्तकको उन्नयन र विकासमा मुक्तकसागर साहित्यिक… पुरा पढौ

लायन्स क्लब अफ पोखरा फेवा फुलवारीद्वारा विद्यालयलाई न्यानो कपडा, युरोगार्डलगायत सहयोग

लायन्स क्लव अफ पोखरा फेवा फुलवारीले पोखरा महानगरपालिका वडा नं २९ स्थित श्री नव दुर्गा आधारभुत विद्यालयमा युरो गार्ड, न्यानो कपडा, शैक्षिक सामाग्री, खेलकुद सामाग्री, आँखा शिविर र जेहेन्दार दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि एवम् लाइन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ का गभर्नर लायन विश्वेश्वर आचार्यले सहयोग सामाग्री हस्तान्तरण गर्दै विद्यालय र विद्यार्थीलाई अत्यावश्यक वस्तुहरु हस्तान्तरण गरेको तथा डिष्ट्रिक्टको उद्देश्य अनुसार दीर्घकालीन रूपमा स्कुललाई सहयोग गर्ने योजना राखेकोमा फेवा फूलबारी परिवारको प्रशंसा गर्नुभयो ।उक्त अवसरमा… पुरा पढौ

नेपाली कांग्रेस पोखरा–६ को शुभकामना आदानप्रदान तथा चियापान

नेपालीहरुको महान पर्व बडादशैं, दीपावली, नेपाल सम्वत्, छठ, तथा इदको अवसरमा नेपाली कांग्रेस पोखरा महानगर वडा नं. ६ इकाई बैदामले शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस कास्कीका युवा नेता तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास योजना तथा यातायात मन्त्री कुमार खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मन्त्री खडकाले कम्यूनिष्ट साषकहरुले देश र जनताको भन्दा आफ्नो मात्र स्वार्थ हेर्दा देशको अवस्था बिग्रेको आरोप लगाए । उनले अब कांग्रेस नेता र कार्यकर्ताले मन भित्रका… पुरा पढौ

नेपाल आज लेबनानसँग अन्तिम खेल खेल्दै

एएफसी यु–२३ एसियन कप छनोट चरणबाट बाहिरिसकेको नेपाल आज –आइतबार) अन्तिम खेल खेल्दै छ। अन्तिम खेलअन्तर्गत नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हो। किनकि दुवै देश छनोट चरणबाटै बाहिरिसकेका छन्। नेपाल र लेबनानबीच ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज बेलुकी पौने ५ बजे खेल्दैछ। छनोट प्रतियोगितामा विजेता बन्न समूह ‘बी’ का इरान र ताजकिस्तान प्रतिस्पर्धामा छन्। दुवै टोलीका समान २ खेलबाट ६÷६ अंक छ। समूहको शीर्ष टोलीले एएफसी यु–२३ एसियन कप खेल्नेछ। पहिलो खेलमा… पुरा पढौ

विश्व कप टी–२० क्रिकेटः इङ्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हरायो

आइसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ल्यान्डले अष्ट्रेलियालाई हराएको छ। दुबईमा गएराति भएको खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इङ्ल्यान्डले लगातार तेस्रो जित निकालेको हो। अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इङ्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो। इङ्ल्यान्डका जोस बट्लरले अविजित ७१ रनको अर्धशतकीय पारी खेले। अष्ट्रेलियाका एडम जाम्पा र एस्टन एगरले १÷१ विकेट लिए। यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय २५ रन बनाएको थियो। अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ४४… पुरा पढौ

विश्वकप टी–२० क्रिकेटः दक्षिण अफ्रिकाले श्रीलंकालाई ४ विकेटले हरायो

विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले शनिबार रोमाञ्चक खेलमा एक बल बाँकी छँदा श्रीलंकालाई ४ विकेटले हराएर सेमिफाइनलमा पुग्ने संभावनालाई कायम राखेको छ। पहिले ब्याटिङ गरेको श्रीलंकाको पालि निर्धारित २० ओभरमा १४२ रनमा सीमित भएको थियो। दक्षिण अफ्रिकाले १९.५ ओभरमा ६ विकेटको क्षतिमा १४६ रन बनाएर लक्ष्य भेट्टायो। दक्षिण अफ्रिकालाई ब्याटिङ गर्न कठिन पिचमा अन्तिम २ ओभरमा २४ रन बनाउन आवश्यक थियो। डेभिड मिलरले अन्तिम ओभरमा २ छक्का प्रहार गरेपछि दक्षिण अफ्रिकाको जित संभव बन्यो। दक्षिण अफ्रिकाको ३ खेलमा यो… पुरा पढौ

डडेल्धुरामा बस दुर्घटना, १० घाइते

दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन्। ना ८ ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ। बसमा ३२ यात्रु सवार रहेको बताइएको छ । पुरा पढौ

एकीकृत समाजवादी निकट अनेरास्ववियु गण्डकीमा थप पदाधिकारीको जिम्मेवारी

नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुको गण्डकी प्रदेशमा थप जिम्मेवारी दिएको छ। गण्डकी प्रदेश अध्यक्ष ठाकुर शर्मा पराजुलीको अध्यक्षतामा शनिबार बसेको बैठकले प्रदेशको रिक्त जिम्मेवारीमध्ये उपाध्यक्षमा सचिन लुइँटेल र एकराज आचार्य, सचिवमा गोविन्द महत, सहसचिवमा नवदुर्गा कँडेल लगायतलाई जिम्मेवारी प्रदान गरिएको अनेरास्ववियु उपसचिव राजन शर्मा पराजुलीले जानकारी दिएका छन्। बैठकमा प्रमुख अतिथि तथा नेकपा एसका केन्द्रीय सदस्य तथा विद्यार्थी सह–इन्चार्ज मोहन गौतम, अनेरास्ववियू केन्द्रिय अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव राजन शर्मा पराजुली, मेगनाथ चापागाईं , स्थायी कमिटी सदस्य… पुरा पढौ

माओवादीलाई ठूलो पार्टी बनाउने संकल्प लिएर देशब्यापी अभियान सञ्चालन भइरहेको छ : शिक्षा मन्त्री पौडेल

पोखरा । शिक्षा मन्त्री देवेन्द्र पौडेल (सुनिल)ले नेकपा माओवादी केन्द्र विसर्जन वा विघटन गर्ने नभई पुर्नगठन गरिने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेशको शनिबार पोखरामा आयोजित दोश्रो भेलालाई सम्बोधन गर्दै मन्त्री पौडेलले पार्टीलाई फेरी २०६४ सालकै अवस्थामा फर्काउने संकल्पसहित पार्टी पुर्नगठन गर्ने काम भइरहेको बताएका हुन् । प्रचण्डले केहिअघी वाईसिएलको भेलालाई सम्बोधन गर्ने क्रममा अन्य पार्टीजस्तै हुने, अवसरवादी हुने हो भने माओवादी किन चाहियो ? बरु विघटन गर्दिऔं, होइन भने पुर्नगठनका लागि त्याग, तपस्या र मेहनत गरौं… पुरा पढौ