समाचार

गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताएका छन् । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताए । “बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए”,उनले भने , “निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।” उनले आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिराले पु¥याएको क्षति देखेर दुखित भएको बताए । प्रधानमन्त्री देउवाको… पुरा पढौ

वेमौसमी वर्षापछिको वाढी पहिरो र डुवानबाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाण्डौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो । प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ । बाढीपहिरोमा परी प्रदेश–१ मा १३, प्रदेश–२ मा… पुरा पढौ

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

गोरखा ट्रक दुर्घटनामा चालकको मृत्यु

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रकका चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए । गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। आरुघाट बजारबाट धुन्चेततर्फ जाँदै गरेको बा ५ ख १२३१ नम्बरको मिनीट्रक माँझगाउँमा अनियन्त्रित भएर सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक थापाको भनाइ… पुरा पढौ

पुरानै लयमा फर्किदै छ बेनी बजार

गलेश्वर । बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल...’ । चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार कोभिड–१९ को सङ्क्रमणको दर कम हुँदै गएपछि पुनः पुरानै लयमा फर्किन सुरु गरेको छ । म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीरकणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् । विसं १८४३ पछि मात्र बस्ती… पुरा पढौ

समृद्धिका लागि एमालेसँग मात्रै स्पष्ट गन्तव्य छ : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा र स्पष्ट गन्तव्य बोकेकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । सो पार्टीको बागमती प्रदेश आयोजक कमिटीको प्रथम बैठकमा आज निवर्तमानप्रधानमन्त्री ओलीले अन्य दल र अहिलेको सत्ता गठबन्धनसँग आफूल गठजोड र सत्ता स्वार्थ मात्रै देखिएकाले ती दललाई जनताले जनादेश नदिने जिकिर गरे । अध्यक्ष ओलीले पार्टीले तोकिएको मिति आगामी मङ्सिर १०, ११ र १२ मा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने र त्यसअघि स्थानीय… पुरा पढौ

प्रधानसेनापतिसँग राजदूत भोल्कको भेटवार्ता

काठमाण्डौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेका हुन् । सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ । भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिइएको छ । पुरा पढौ

बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै रु १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले भोलि अर्थात् कात्तिक ४ गते रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय… पुरा पढौ

हिसान गण्डकीको अधिवेशन पोखरामा हुने

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान)गण्डकी प्रदेशको पहिलो अधिवेशन कात्तिक ६ गते शनिबार पोखरामा हुने भएको छ । संघीयताको कार्यान्वयनसँगै प्रादेशिक सम्मेलन गरेर गण्डकी प्रदेशस्तरीय हिसान गठन गर्न लागिएको हिसानका केन्द्रीय सल्लाहकार रमाकान्त बरालले जानकारी दिनुभयो । यसअघि हिसानको केन्द्र र जिल्लास्तरीय संरचना रहेको थियो । प्रादेशिक सम्मेलनका लागि केन्द्रीय उपाध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिसी र रमाकान्त बराल,केन्द्रीय सदस्य कृष्णबहादुर केसी र चन्दा थापा रहेको पाँच सदस्सीय समिति गठन गरिएको छ । निजी लगानीमा सञ्चालित… पुरा पढौ

तत्काल उद्धार, राहत तथा पुनःस्थापनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिएका छन् । सङ्घीय मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका सचिव, सुरक्षा अधिकारी सहभागी आजको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवा उक्त परिषद्का अध्यक्षसमेत हुन् । बैठकमा अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता आएको छ । पैसा… पुरा पढौ