समाचार

बाढी–पहिरो अपडेट : बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ७७ पुग्यो, २७ अझै बेपत्ता

काठमाण्डौं । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका विपद् व्यवस्थापन… पुरा पढौ

गोरु काटेको आरोपमा रोल्पाबाट १३ जना पक्राउ

रोल्पा । रोल्पामा गोरु काटेको आरोपमा १३ जना पक्राउ परेका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिका–१ को लापाल भन्ने स्थानबाट उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । सोही गाउँपालिकाको राम्ली बस्ने २० वर्षिय आकाश घर्तीमगर लगायत १३ जना मंगलबार दिउँसो पक्राउ परेका हुन् । गोरु काटिरहेको सुचना पाउनसाथ ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिव ८० किलो गोरुको मासु भागबण्डा गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पुरा पढौ

नेशनल गण्डकी म्युजिक अवार्डको तयारी पुरा

पोखरा । कार्तिक ५ गते शुक्रबार पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पुरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो अवार्ड वितरण कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसको लागि उत्कृष्ट ५ मनोनयन यस अगाडि नै सार्वजनिक गरिएको थियो । उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक श्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाए । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम… पुरा पढौ

सरकारका सय दिन : खोपको उपलब्धता र स्वास्थ्य व्यवस्थापन

काठमाडौँ । सरकार गठन भएलगत्तै संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट जनतालाई बचाउने र यसका लागि खोपको उचित व्यवस्था गर्ने रहेको बताएका थिए । सोही प्रतिबद्धताअनुसार सरकार कोरोना महामारी नियन्त्रण गर्न र खोप अभियान प्रभावकारी ढङ्गले अघि बढाउन सफल भएको छ । कोरोना भाइरसविरुद्धको खोप यही असोज मसान्तसम्म सरकारले अघि सारेको लक्षित जनसङ्ख्याभन्दा केही बढीलाई लगाइएको छ । त्यसैले यो परिणामलाई पनि उपलब्धिका रुपमा लिन सकिन्छ। सरकारले असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई खोप… पुरा पढौ

मध्यभोटेकोसीको शेयर नपरेको पैसा फिर्ता

काठमाडौँ । मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरेको प्राथमिक शेयरको बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको शेयरबापतको रकम बैंक खातामा रकमान्तर गरेको छ । बाँडफाँटमा आंशिक परेको तथा नपरेकाको शेयरबापतको रकम आवेदकले उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तर गरेको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । त्यस्तै बिक्री प्रबन्धक र सह–निष्काशन तथा बिक्री प्रबन्धकमार्फत आवेदन दिई बैंक खाता नम्बर उल्लेख नगरेका तथा बैंक विवरण नमिलेका आवेदकको बाँडफाँटमा नपरेका शेयरबापतका… पुरा पढौ

एमालेले डाक्यो स्थायी कमिटी बैठक

नेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ । एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ । एमालेको राष्ट्रिय महाविधेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने… पुरा पढौ

बाढीपहिरो पीडितलाई सहयोग गर्न उपराष्ट्रपतिको ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अनपेक्षित वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो प्रभावितको सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उपराष्ट्रपति पुनले आज जारी गर्नुभएको वक्तव्यमा बाढीपहिराका कारण जीवन गुमाएका परिवारलाई उचित सहायता, घरबारविहीनका लागि घर निर्माणमा सहयोग गर्न भनिएको छ । वक्तव्यमा भनिएको छ, “म बाढीपहिराका कारण जीवन गुमाउनुभएका परिवारका लागि उचित सहायताको व्यवस्था गर्न, अभिभावक गुमाएका बालबालिकाको शिक्षा लगायतको जिम्मेवारी लिन, घरविहीन भएकाहरुको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” देशभर बाढीपहिरामा परी बेपत्ता हुनुभएकाको अवस्थाका… पुरा पढौ

हिमालपारिको जिल्ला मुस्ताङमा बढ्यो चहलपहल

कोरोना कहरका कारण दुई वर्षयता सुनसान जस्तै बनेको हिमालपारिको जिल्ला मुस्ताङमा दसैँलगत्तै आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । लामो समयसम्म कोरोनाले घरभित्रै थुनिएर बस्न बाध्य सर्वसाधारण यतिखेर भ्रमणका लागि मुस्ताङ पुगेका छन् । दसैँको टीकालगत्तै पछिल्ला दिनमा मुस्ताङमा पर्यटकको आगमन बढिरहेको थासाङ गाउँपालिका–४ घाँसास्थित होटेल वल्र्ड मुस्ताङका सञ्चालक विक्रम गौचनले जानकारी दिनुभयो । देशका विभिन्न स्थानबाट आएका पर्यटकहरू पोखराबाट स्थल मार्ग हुँदै कुस्मा बेनी हुँदै मुस्ताङसम्म आउने गरेको उहाँले जानकारी दिनुभयो । कोरोना जोखिम कायमै रहेका कारण घाँसामा स्वदेशीका लागि… पुरा पढौ

मन्त्री बराललाई गृह गाउँमा भव्य सम्मान : वडादेखि पुम्दीकोटसम्मको सडक स्तरोन्नती गर्ने मन्त्री बरालको बाचा

प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेशको गौरवको योजना अन्र्तगत पर्ने पुम्दीकोटको बिशाल महादेवको मुर्तिसम्म जाने सडक हाल निकै जिर्ण भएकोले उक्त सडक स्तरोउन्नती गर्ने बताउनु भएको छ । पोखरा २२ (पुम्दी—भुम्दी) को वडा कार्यालय देखि बिशाल महादेवको मुर्ति स्थलसम्म जाने बाटो तत्काल मर्मत संहार गर्न चौतर्फी दबाब आएकोले उक्त सडक स्तरोन्नती गर्न बिषेश पहल गर्ने मन्त्री बरालले बताउनु भएको हो । पोखरा २२ को पुम्दीकोट टोल विकास संस्था र ढलेपिपल टोल विकास संस्थाले बुधबार संयुक्त रुपमा आयोजना… पुरा पढौ

अराजकतालाई बढावा दिनका लागि गठबन्धन सरकार बनेको एमाले महासचिव पोखरेलको आरोप

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अराजकतालाई बढावा दिनका लागि वर्तमान गठबन्धन सरकार बनेको आरोप लगाएका छन् । नेकपा एमाले कास्कीले नेपालीहरुको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् । ‘यो मुलुकको राजनीतिक स्थायीत्व हुन्थ्यो, विकास र समृद्धि हुन्थ्यो, सुदृढ लोकतन्त्र हुन्थ्यो त्यसलाई धरासायी बनाउन हो गठबन्धन । यो गठबन्धन राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको मुद्धालाई कमजोर बनाउनका लागि हो । समाजमा देखिएका अराजकतालाई बढावा दिन हो… पुरा पढौ