समाचार

कास्कीको माछापुच्छ्रेमा बन्न लागेको एन्फा टेक्निकल सेन्टर नजिकै बाँध बाँध्न प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्कीको माछापुच्छ«े गाउँपालिका ६ मा प्रस्ताव गरिएको एन्फा टेक्निकल सेन्टर निर्माणस्थलको शुक्रबार अवलोकन गरेका छन् ।कास्की मात्रै होइन गण्डकीकै र नेपालकै लागि गौरव हुने गरी पोखरा नजिकै अखिल नेपाल फुटबल संघले एन्फा टे«ेक्निकल सेन्टरको अवधारणा अघि सारेको हो । फिफाको लगानीमा बन्ने उक्त सेन्टरको प्रारम्भिक पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारले पनि लगानी गर्ने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाएका छन् ।उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश समृद्धिको मुल आधार पर्यटन भएको र पर्यटन भित्र खेलकुदका गतिविधिलाई… पुरा पढौ

जिल्ला अलैची उत्पादक कृषक संघ कास्कीको अध्यक्षमा क्षेत्री

जिल्ला अलैची उत्पादक कृषक संघ कास्कीको तेस्रो साधारणसभा तथा अधिवेशनले सुरेन्द्रजङ्ग क्षेत्रीको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । समितिको शुक्रबार भएको अधिवेशनले उपाध्यक्षमा विशाल गुरुङ, महासचिवमा रामचन्द्र पौडेल, सचिवमा सुरेश सापकोटा र कोषाध्यक्षमा लालशोभा गुरुङलाई निर्विरोध चयन गरेको हो । अधिवेशनले सदस्यहरुमा नेत्रप्रसाद अधिकारी, नरेशराज लामिछाने, क्याप्टेन मन्त्रीजुङ्ग गुरुङ, रुपेश गुरुङ, माया गुरुङ र बिनु बस्नेतलाई चयन गरेको छ । अधिवेशनले समितिको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष जितबहादुर बस्नेत, जसबहादुर गुरुङ, बाशुदेव तिवारी, इन्द्र गौचन, जीवनाथ लामिछाने र कुन्तीकुमारी गुरुङलाई… पुरा पढौ

न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट

काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।… पुरा पढौ

देशभरका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशभरका २७ लाख बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको हो। सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको मन्त्रालयले जनाएको छ। भिटामिन ‘ए’ ६… पुरा पढौ

डब्ल्यूएचओको चेतावनी: कोरोना महामारी एक वर्ष लम्बिन सक्छ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) महामारी अझै १ वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ। अझैपनि, गरीब मुलुकमा पर्याप्त मात्रामा कोरोना खोप नपुगेकाले महामारी अझै एक वर्षसम्म लम्बिन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो। डब्ल्यूएचओका शीर्ष अधिकारी ब्रुस आयलवर्डले गरीब मुलुकमा कोरोना खोप नपुगेको कारण सन् २०२२ मा पनि कोरोना महामारी नसकिने बताएका हुन्। अहिलेसम्म अफ्रिकाका ५ प्रतिशतभन्दा कम मानिसले मात्र कोरोना खोप लगाएका छन्। अन्य महादेशमा भने ४० प्रतिशत मानिसले कोरोना खोप लगाइसकेका छन्। आयलवर्डले कोरोना खोप नपाएका अन्य… पुरा पढौ

फिफा वरीयतामा नेपाल एक स्थान तल

नेपाल फिफाको वरीयतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्था खस्कदै १ सय ६९ औं स्थानमा झरेको हो । यसअघि, फिफा वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा थियो। हालै, नेपाल साफ च्याम्पियनसीपको उपविजेता बनेको थियो। तर, नेपालको वरीयता घटेको हो। नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स छ। वरीयतामा भारत १ सय ६ र माल्दिभ्स १ सय ५६ औं स्थानमा… पुरा पढौ

नेपाल–इन्डोनेसिया (यु–२३) को मैत्रीपूर्ण खेल आज

नेपाल र इन्डोनेसियाको यु–२३ राष्ट्रिय फुटबल टोलीले आज (शुक्रबार) मैत्रीपूर्ण खेल खेल्दैछ। ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल सुरु हुनेछ। एएफसी यु–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छनोटको समूह ‘बी’ मा नेपालसहित ताजिकिस्तान, लेबनान र इरान रहेको छ। नेपालले छनोटको पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ। दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ। छनोट प्रतियोगिताका ११ समूहबाट शीर्ष टोली सिधै… पुरा पढौ

एमालेको महाधिवेशन चितवनमा हुने

काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन बाग्मती प्रदेशको चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि सो महाधिवेशन लुम्बिनी प्रदेशको बुटलवमा हुन सक्ने जनाइएकोमा पार्टीको आठौँ महाधिवेशन पनि सोही स्थानमा भएकाले फरक स्थानमा गर्न माग उठेको थियो । आगामी मङ्सिर १० देखि १२ गतेसम्म नयाँ नेतृत्व चयनका लागि महाधिवेशन तय गरिएको छ । पार्टीको बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आफ्नो प्रदेशमा महाधिशन गर्न नेतृत्वलाई आग्रह गरेको थियो । एमालेको आज भएको स्थायी कमिटी… पुरा पढौ

मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् । प्रदेशसभाको आज अपराह्न बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि यही कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गरे । आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण आजै मतदान गर्ने कार्यलाई सम्भव नभएका कारण कात्तिक १० गते पु¥याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । यसैगरी मुख्यमन्त्री… पुरा पढौ

ओलीले दिएको अभिव्यक्ति हाँस्यापद : कांग्रेस प्रवक्ता शर्मा

काठमाण्डौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले आज कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले एमाले अध्यक्ष ओलीले दिएको एक साताभित्र वर्तमान सरकार ढाल्ने अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।  कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता शर्माले संविधान सम्बत् ढंगले बनेको यो सरकारलाई कसैले ढाल्न नसक्ने चेतावनी दिँदै उनले यही सरकारले तीनै… पुरा पढौ