समाचार

हिसान गण्डकीमा रमाकान्त बराल

पोखरा । उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ(हिसान) गण्डकी प्रदेशको अध्यक्षमा रमाकान्त बराल निर्विरोध निर्वाचित भएका छन् । हिसानको आज पोखरामा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले बरालको अध्यक्षतामा १३ सदस्सीय प्रदेश समिति निर्वाचित गरेको हो । पोखराको स्टेप वाई स्टेप माध्यमिक विद्यालयका संस्थापक तथा निर्देशक रहेका बराल हिसानको केन्द्रीय सल्लाहकार समेत हुन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा रामजी शर्मा(कास्की), उपाध्यक्ष छबिलाल कँडेल(नवलपुर), सचिव डा पुण्यप्रसाद पौडेल(कास्की), कोषाध्यक्षमा राजेन्द्रमणि पौडेल(कास्की),सहसचिवमा बालाकृष्ण शर्मा(बाग्लुङ) र सहकोषाध्यक्षमा प्रताप कोइराला(नवलपुर) चयन भएका छन् । यसैगरी… पुरा पढौ

एमालेका करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाण्डौं । नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिए । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् ।… पुरा पढौ

शिक्षामा नीजि क्षेत्रलाई बेवास्ता गर्न सकिदैन : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षा क्षेत्रमा नीजि क्षेत्रलाई बेवास्ता गर्न नसकिने बताएका छन् । उच्च शिक्षालय तथा माद्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकी प्रदेश समितिको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले शिक्षामात्र नभई कुनैपनि क्षेत्रमा नीजि क्षेत्रलाई बेवास्ता गर्न नसकिने बताएका हुन् । ‘जुन देशको इकोनोमी (अर्थतन्त्र)मा नीजि क्षेत्रले ८० प्रतिशत ओगटेको छ, त्यसलाई बेवास्ता गरेर, निरुत्साहित गरेर कसरी अगाडि बढ्न सक्छ ? सक्दैन, हो यहिंनेर कमजोरी छ हाम्रो’–उनले भने । मुख्यमन्त्री पोखरेलले… पुरा पढौ

थमनको स्मृति सभामा माओवादी नेतृत्वको एक स्वर : ‘पार्टी जति बिग्रियो बिग्रियो, अब सपार्छौं’

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष हरिराज अधिकारी (कुमार)ले २०६४ सालकै अवस्थामा पार्टीलाई फर्काउन सम्पूर्ण पार्टी पंक्ति लाग्नुपर्ने बताएका छन् । सहिद थमन परियारको १७ औं स्मृति दिवसको अवसरमा थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘स्मृति सभा’मा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश अध्यक्ष अधिकारीले सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर पार्टीलाई २०६४ सालकै अवस्थामा फर्काउनुपर्नेमा जोड दिएका हुन् । उनले पार्टी नेतृत्वलाई गाली गरेर मात्र पार्टी नबन्ने भन्दै त्यसका लागि सबै एकजुट भएर पार्टी संगठनलाई बिस्तार गर्नुपर्ने बताए… पुरा पढौ

नेपालको (यु–२३) टोली मैत्रीपूर्ण खेलमा इन्डोनेसियासँग पराजित

नेपालको (यु–२३) टोली मैत्रीपूर्ण फुटबल खेलमा इन्डोनेसियासँग मैत्रीपूर्ण हारेको छ। ताजकिस्तानमा शुक्रबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालको यु–२३ टोली इन्डोनेसियाको यु–२३ टोलीसँग २–० गोल अन्तरले हारेको हो।एएफसी यु–२३ एसियाकप छनोट खेल्न ताजिकिस्तान पुगेको नेपालले तयारीस्वरूप इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो। ताजकिस्तानको गासर सेन्ट्रल स्टेडियमा भएको खेलमा इन्डोनेसियाले नेपालविरुद्ध दोस्रो हाफमा २ गोल गर्दै मैत्रीपूर्ण खेल जितेको हो। छनोटमा नेपाल समूह ‘बी’ मा छ। यस समूहमा ताजाकिस्तान, लेबनान र इरान छन्। नेपालले पहिलो प्रतिस्पर्धा यही अक्टोबर २५ मा इरानसँग गर्नेछ। छनोटको… पुरा पढौ

आज देशभर नेकपा एमालेको वडा अधिवेशन

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (शनिबार) मुलुकभर वडा अधिवेशन हुँदैछ। एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ। यस्तै, यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाएको छ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ। आगामी… पुरा पढौ

बेमौसमी बाढी–पहिरोको वितण्डा

केही दिन अघिदेखिको अविरल वर्षाका कारण आएको बेमौसमी बाढीपहिरो र डुबानमा परेर १ सय ११ जनाको मृत्यु भएको छ।प्रहरी प्रधान कार्यालकयले बताए अनुसार ३७ जना अझै वेपत्ता छन्। बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो। मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ। बाढी पहिरोमा परी प्रदेश १ मा ११, २ मा १, लुम्बिनी र कर्णाली प्रदेशमा १÷१ र… पुरा पढौ

आज ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत… पुरा पढौ

चौथो अभियान भलिबल प्रतियोगिता कात्तिक ११ गतेदेखि, १२ टिमको सहभागिता

पोखरा । अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता कात्तिकको ११, १२ र १३ गते हुने भएको छ । संघ संस्था तथा क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउनेछन् । जसमा सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशिल युवा क्लब पुरन्चौर, बियन्का कृषि फर्म तथा पशुपालन मझेरीपाटन, मालेपाटन भलिबल ट्रेनिङ सेन्टर, मट्टीखान युवा क्लव, खुँदी डाँडा युवा क्लब, जागृति युवा क्लव सराङकोट पँदेली, बाराही मावि मालेपाटन, पोखरा… पुरा पढौ

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्यक्ष निर्वाचित र समानुपातिक दुबै सांसदको समान हैसियत

गण्डकी प्रदेश सरकारले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यविधि संशोधन गरेको छ । प्रदेश सरकारको हालै बसेको मन्त्री परिषद बैठकले सो कार्यक्रमको बजेट बाँडफाँड र योजना छनौटमा सबै सांसदको समान हैसियत हुने निर्णय गरेको सरकारका प्रवक्ता तथा मन्त्री खड्काले जानकारी दिए । यसअघी प्रत्यक्ष निर्वाचित सांसदको अगुवाईमा योजना छनौट र बजेट बाँडफाँड हुने गरेको थियो । जसमा प्रत्यक्ष निर्वाचित सांसदले ६० प्रतिशत र बाँकी बजेट समानुपातिक सांसदले दामासाहीले बाँडफाँड गरेर योजना छनौट गर्ने गरिएको थियो । एमाले सरकारका पालामा… पुरा पढौ