समाचार

कञ्चन ग्रुपले खोल्यो अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स

पोखराको अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स खुलेको छ । सुनचाँदी व्यवसायमा ख्याती कमाएको कञ्चन क्यापिटल प्रालिले पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको हो । डिपार्टमेन्टल स्टोर्सको शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रामेश्वर मल्ल र वडा नम्बर ३ का वडाध्यक्ष रबीन्द्रबहादुर प्रजुले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे । बागलुङ बसपार्क, अर्चलबोट, भैरवटोल, नालामुख, विन्ध्यबासिनीलगायतका ठाउँका स्थानिय तथा हेमजा, सुईखेत, नाउडाँडा, पर्वत, बागलुङ, मनाङ, मुस्ताङ जाने यात्रुलाई लक्षित गरि डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको कञ्चन… पुरा पढौ

जिपी कोइराला अस्पतालमा हर्नियाको सफल शल्यक्रिया

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् । केन्द्रले पहिलोपटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा परिवर्तन बरालले जानकारी दिनुभयो । डा बराल र एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको शल्यक्रिया गर्नुभएको हो । ढाडमा सुई लगाई लठ्याएर शल्यक्रिया गरिएको छ । दायाँ साइडको हर्नियाका कारण ती पुरुषको अण्डकोष फुलिएको थियो । पोखरास्थित गण्डकी अस्पतालमा शल्यक्रियाका… पुरा पढौ

ट्र्याक्टरको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । बिहीबार साँझ साढे ५ः०० बजेको समयमा ओरालोमा रोकिराखेको ट्रयाक्टर आफँै अगाडि बढ्न जाँदा विकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु… पुरा पढौ

धवलागिरि हिमाल आरोही श्रेष्ठ आजै साँझ आधार शिविर आइपुग्ने

विश्वको सातौँ अग्लो धवलागिरि हिमालमा पहिलोपटक दुई नेपाली महिलाले सफल आरोहण गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने आठ हजार १६७ उचाइको हिमाल पूर्णिमा श्रेष्ठ र पासाङल्हामु शेर्पाले आज बिहान ५ बजे आरोहण गर्नुभएको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट टे«क्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो । उक्त कम्पनीबाट आजै अन्य २० जनाले धवलागिरि आरोहण गरेका थिए । यसअघि नेपाली महिलाले धवलागिरिको आरोहण गरेको रेकर्ड छैन । आरोही श्रेष्ठ फोटो पत्रकार र शेर्पा आरोहणमा आबद्ध व्यक्ति हुनुहुन्छ । “श्रेष्ठ शिखर… पुरा पढौ

साफ च्याम्पियनसिपको खेल आजदेखि

दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने उक्त प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ भने दोस्रो खेलमा नेपालले आयोजक माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरुआत हुनेछ । साफ च्याम्पियनसिपमा विभिन्न पाँच राष्ट्रको सहभागिता रहेको छ । जसमा आयोजक माल्दिभ्ससहित नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्का छन् । भुटान कोभिड–१९ का कारणले प्रतियोगितामा सहभागी भएको छैन भने पाकिस्तानले… पुरा पढौ

दाउन्ने घोराही सडक खण्ड:यात्रुलाई सास्ती

गण्डकी, १५ असोज (रासस) ः पोखराबाट दाङ तुलसीपुरका लागि यही असोज ६ गते साँझ ६ बजे छुटेको रात्रि बस भोलिपल्ट साँझ ६ बजे गन्तव्यमा पुगेको थियो । बढीमा सो स्थान पुग्न नौ घण्टा समय लाग्छ । २४ घण्टा समय गाडीमा बिताउनुपर्दाको पीडा यतिखेर उक्त सडकखण्डको नियति जस्तै बनेको पाइएको रुपा गाउँपालिका–७ का कालिदास सुवेदीले बताउनुभयो । पूर्वपश्चिम राजमार्ग खण्डको धानखोलाको सडकमा पल्टिएको मालवाहक ट्रकले दुवैतर्पmको यातायात अवरुद्ध हुँदा आठ घण्टा जाममा परेको उहाँले गुनासो गर्नुभयो । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने घोराही… पुरा पढौ

हराउन थाल्यो दुनाटपरी

लमजुङ, १५ असोज (रासस) ः बजारबाट ल्याउने प्लास्टिकका थाल र पिलेटको प्रयोग बढेसँगै मौलिक रैथाने परम्परागतका दुना टपरीको प्रयोग गाउँघरबाटै हराउन गएको छ । प्लास्टिकका थाल र पिलेट प्रयोग गर्न सजिलो, नयाँ पुस्तामा दुनाटपरी लगाउने सिपको कमी र दुनाटपरीप्रतिको बेवास्थाका कारणले यसको प्रयोग हराउँदै गएको हो । धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि वृद्धवृद्धा चिन्तित हुन थालेका छन् । विगतमा नेपाली समाजमा पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत शुभकार्यमा सालको पातको दुना , दुना टपरीको प्रयोग गर्ने प्रचलन… पुरा पढौ

एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ ः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो “ अगामी एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ । ” नेकपा (माओवादी केन्द्र) ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले उहाँले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले नेकपा (एमाले)सँग पार्टी एकता गरेको तर एकता नटिकेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले लामो सङ्घर्षपछि प्राप्तउपलब्धी गुम्ने खतरा बढेको बताउनुभयो । उहाँले… पुरा पढौ

तुलसी दिवस र दुर्गा घिमिरेलाई १\१ लाखको पुरस्कार

संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरे पोखरामा एक साथ पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा दिवस र घिमिरे पुरस्कृत हुन लागेको हुन् ।समितिले प्रत्येक २\२ वर्षमा यो पुरस्कार प्रदान गर्दै पुरस्कारको राशी १ लाख रुपैयाँको छ । घिमिरेलाई २०७६ सालमै यो पुरस्कार दिने घोषणा गरिएको थियो । तर, कोरोना माहामारीका कारण पुरस्कार प्रदान गर्न कार्यक्रम रोकिएको थियो । २०७८… पुरा पढौ

डोकोमा पानी बोक्ने दुःख अन्त्य

दमौली, १५ असोज ९रासस० ः तनहुँको व्यास नगरपालिका–५ चुँदेर निवासी अनिता थापा बिहान ४ बजे उठेर पँधेरो जानुहुन्थ्यो । पानीको जोहो गर्न सबेरै जानुपर्ने उहाँको दैनिकी नै बनिसकेको थियो । एक घण्टा पैदल हिँडेर डोकोमा पानी बोक्न थालेको वर्षौं भैसकेको थियो । सोही ठाउँ निवासी सीतामाया थापा पनि पानीको जोहो गर्न पँधेरोमै पुग्नुहुुन्थ्यो । बिहानै नपुगे खानेपानी पनि पाईदैन थियो । “बिहान उठेपछिको पहिलो काम भनेकै पानीको जोहो गर्नु हो”, उहाँले भन्नुभयो, “एक घण्टासम्म डोकोमा बोकेर पानी ल्याउनुपथ्र्यो ।” दुवै… पुरा पढौ