समाचार

इन्भेष्टर फोरम गण्डकीको अध्यक्षमा श्रेष्ठ

शेयर मार्केटमा लगानी गर्नेहरुको प्रथम भेलाले अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय इन्भेष्टर फोरम गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा कमलमोहन कोइराला, सचीवमा मनोज पौडेल र सदस्यहरुमा राजु कुमार श्रेष्ठ, सुर्य लम्साल, शान्ति कडेंल, सन्देश गोदार, क्षितिज बराल र सुदन गुरुङलाई चयन गरेको छ । सो समितिको सल्लाहकार बिनोदकुमार वैद्य, मेघनाथ कुँवर, युक्तबहादुर सुवेदी र विष्णु पराजुलीलाई चयन गरेको छ । कार्यक्रममा शेयर मार्केटमा देखिएको वर्तमान परिस्थिति, यसका चुनौती र अबसरको बारेमा मनोज पौडेलले प्रशिक्षण दिनु भएको… पुरा पढौ

फेवाकिनारमा डब्लुएचओ नेपाल प्रमुखसहित “वाक द टक”

रासस)ःविश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को व्यस्त जीवनलाई स्वस्थ राख्ने उद्देश्यका शुरु गरिएको ‘वाक द टक’ कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । डब्लुएचओ नेपालका प्रमुख डा. राजेश समबाजीराव पाण्डव सहितको टोलीले पोखराको बाराहीघाट देखि बङ्लादी सम्मको करिब २ किलोमिटर फुटट्राकका हिडेर सो कार्यक्रम सम्पन्न गरेको हो । डब्लुएचओका नेपालमा प्रमुख डा.पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्ये शुरु भएको हिड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताउनुभयो । उहाँले विश्वभरीनै कोभिड १९ को महामारीले… पुरा पढौ

एनभीए भलिबलको फाइनल आज

एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसीपको फाइनल आज (शनिबार) हुँदैछ। त्रिपुरेश्वरस्थित मैदानमा उपाधिका लागि पुरुषतर्फ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड क्लब भिड्नेछन्। प्रतियोगिताको अन्तिम चारको भिडन्तमा पुरुषतर्फ हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरको थियो। पुरुष तर्फको दोस्रो खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–० को सोझो सेटमै पराजित गरेको थियो। महिला तर्फको खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो भने त्रिभुवन… पुरा पढौ

साफ च्याम्पियनसीप फुटबलः नेपालको विजयी सुरुवात

साफ च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो। नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे। यस जितसँगै नेपालले पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ। माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा बेहोरेको हारको बदला समेत लिएको छ। ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो। पुरा पढौ

मादि–६ मा नेकपा माओवादी केन्द्रको कमिटी गठन

दिपक परियार अध्यक्ष रहेको नेकपा माओबादी केन्द्र मादि–६ को कमिटी गठन गरिएको छ। जसको उपाध्यक्षमा प्रकाश देबकोटा, सचिव महादेव पौडेल, सहसचिव मिलन अधिकारी र कोषाध्यक्षमा कमला बराल छन्। पुरा पढौ

जनयुद्धका सहयात्रीलाई सहकार्यमा आउन अध्यक्ष प्रचण्डको आग्रह

काठमाण्डौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गरेका छन् । आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको भन्दै उनले त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताए । जनयुद्धको स्मरणमा लेखिएको गीतिसंग्रह ‘सपनाको पाण्डुलिपी’को विमोचन गर्दै उनले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनयुद्धका सहकर्मीलाई ठण्डा दिमागले एक अर्काको… पुरा पढौ

इपिएलमा राइनोजमाथि टाइगरर्सको जित

पोखरा । एभेरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले पोखरा राइनोजमाथि जित हाँसिल गरेको छ । टियु खेल मैदानमा आज भएको खेलमा टाइगर्सले राइनोजलाई ९ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ्ग गरेको पोखरा राइनोजले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार पारेको थियो । जितका लागि १ सय २४ रन पछ्याएको चितवनले १६.४ ओभरमा मात्रै १ विकेटको क्षतिमा उक्त लक्ष्य भट्यायो । चितवनको जितमा मोहम्मद शेहजादले अभिजित ६३ तथा भिम सार्कीले… पुरा पढौ

घरेलु डर्विमा क्यासल विजयी

पोखरा । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत घरेलु टोली डर्विमा स्पोट्र्स क्यासल विजयी भएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको डर्विखेलमा स्पोट्र्स क्यासलले सविन मेमोरियललाई २–० ले हराउँदै अपराजित यात्रा कायमै राख्न सफल भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सुरज गुरुङ र किशोर गुरुङले गोल गर्दै क्यासललाई जित दिलाए । सुरजले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । यस्तै किशोरले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । जितसंगै क्यासलको ७ खेलबाट १९… पुरा पढौ

पोखरामा भोलिदेखि दोस्रो क्लव स्तरिय हक्की प्रतियोगिता हुने

पोखरा । पोखरामा भोलिदेखि दोस्रो क्लवस्तरिय हक्की प्रतियोगिता २०७८ हुने भएको छ । पोखरा हक्की क्लवको आयोजनामा पोखरा रंगशालामा हुने सो प्रतियोगितामा ६ टिमको सहभागिता हुने भएको हो । प्रतियोगितामा आयोजक पोखरा हक्की क्लवको तिन टिम सहित घारीपाटन हक्की क्लव, भेटरान्स हक्की क्लव र भिन्तुना हक्की क्लवको सहभागिता रहने छ । आयोजकको टिममा भने दुई वटा महिला टिमको सहभागिता रहने छ । महिला टिम समेत पुरुष टिम संग भिडनेछन । लिग कम नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिता बाट नवौं… पुरा पढौ

कञ्चन डिपार्टमेन्टल स्टोर्सको शुभारम्भ, शुभारम्भकै दिन ट्राफिक भबन निर्माणका लागि १ लाख सहयोग

पोखराको अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स खुलेको छ । सुनचाँदी व्यवसायमा ख्याती कमाएको कञ्चन क्यापिटल प्रालिले पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको हो । डिपार्टमेन्टल स्टोर्सको शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रामेश्वर मल्ल र वडा नम्बर ३ का वडाध्यक्ष रबीन्द्रबहादुर प्रजुले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।स्टोर्सले शुभारम्भकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सहयोगार्थ रु १ लाख १ हजार सहयोग गरेको छ । सो रकम कञ्चन… पुरा पढौ