असोजको १० गतेबाट एनभीए क्लब भलिबल च्याम्पियनसीप हुने भएको छ। छैठौं संस्करणको महिला र पुरुष क्लबले सहभागिता जनाउने च्याम्पियनसीप गर्न लागेको नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलनमा बताएको हो। च्याम्पियनसीप असोजको १० देखि १६ सम्म संचालन हुनेछ। च्याम्पियनसीपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फको स्पर्धामा नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, ढोरपाटन स्पोर्टस क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, गल्कोट स्पोर्टस, टिपटप हेल्प नेपाल, मणिमुकुन्द क्लब, मिलन क्लब र नयाँबजार सामाजिक क्लबले प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी, महिलातर्फ…
पुरा पढौ