समाचार

इपीएलमा पोखराको पहिलो जित

पोखरा । एभेरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले पहिलो जित निकालेको छ । आज भएको खेलमा पोखराले ललितपुर प्याट्रियट्समाथि ९ विकेटको जित निकालेको हो । जितसंगै पोखरा लिगको शिर्षस्थानमा उक्लिएको छ । पोखराको जितमा रिचार्ड लेभिले उत्कृष्ट प्रदर्शन गरे । लेभिले अभिजित ३८ रन बनाएपछि पोखराले जितसंगै अंकतालिकामा महत्वपूर्ण २ अंक जोड्न सफल भयो । अन्तिम ओभरमा जितका लागि ११ रनको आवश्यक रहँदा लेभिले पवन सर्राफको पहिलो बलमै छक्का प्रहार गरे । अर्को बलमा चौका प्रहार गरेका लेभिले… पुरा पढौ

मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । राष्ट्रिय मानव अधिकार आयोगले आजदेखि शुक्रबारसम्म आयोजना गरेको ‘मानव अधिकार मैत्री पत्रकारिता विषयक तालिम’ कार्यक्रममा बोल्दै मन्त्री थापाले समाचार लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोग हुनुपर्ने बताए । मानव अधिकारको विषय पत्रकारिताका लागि ज्यादै संवेदनशील र गम्भीर भएको उल्लेख गर्दै मन्त्री थापाले समाचार संकलन तथा सम्प्रेषण, प्रस्तुति र प्रभावमा बिशेष ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याए। मानव… पुरा पढौ

पोखरामा जारी ए डिभिजन फुटसलमा घरेलु टोली क्यासलको शिर्षस्थान कायमै

पोखरा । पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल प्रतियोगितामा घरेलुटोली स्पोट्र्स क्यासल शिर्षस्थानमा कायमै रहेको छ । बुधवार बहुउदेश्यीय कभर्डहल (फुटसल कोर्ट) मा सम्पन्न खेलमा तालिकाको पुछारमा रहेको झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले हराउँदै शिर्षस्थानमा यथावत रहन सफल भएको हो । क्यासलको जितमा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक/एक गोल गरे । क्यासलले खेलका पाँचौ मिनेटमै अग्रता लियो । विजय गुरुङले क्यासललाई अग्रता दिलाए । यस्तै १४ औं मिनेटमा खिमराजले गोल… पुरा पढौ

आइपिओ जारी गर्दै मध्य भोटेकोशी]

मध्शी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो । निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१… पुरा पढौ

सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

भारतीय सेनाबाट अवकास पाउनुभएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गर्नुभएको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाउनुभएका उहाँले गाउँ फर्किएर कालिजपालन सुरु गर्नुभएको हो । उहाँले सुरु गर्नुभएको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ । रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन सुरु गर्नुभएको घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गर्नुभएको छैन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बन्नुभएको छ । रु २१… पुरा पढौ

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज (बुधबार) बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १६ प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन्। रासस पुरा पढौ

तराई क्षेत्रमा आज जितिया पर्व मनाइँदै

आज आश्विन कृष्ण पक्षको अष्टमी तिथि अर्थात तराइवासी मधेसी महिलाहरुको महान जितिया पर्व। हरेक वर्षको आश्विन कृष्ण पक्ष अष्टमी तिथिका दिन तराई तथा मधेशमा जितिया पर्व धुमधामले मनाइन्छ। नेपालमा तराईबासी मधेशी महिलाहरूले आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त ‘जितिया’लाई उत्साहजनक चाडका रूपमा मनाउने गरेको धार्मिक विश्वास छ। तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ। मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ। यो पर्वमा आमाहरूले… पुरा पढौ

मनाङमा पर्यटकलाई स्वागत

सोमबार सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवसका दिन मनाङ आएका पर्यटकलाई स्वागत गरिएको विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पर्यटन दिवस मनाइरहेका बेला त्यहाँ पुग्ने पर्यटकलाई स्वागत तथा सम्मान गरिएको होत्यहाँका पर्यटकीय क्षेत्रहरुमा यस दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको छ। कोभिड–१९ को संक्रमणले थिलथिलो परेको पर्यटन तथा होटल व्यवसायलाई चलायमान बनाउन मनाङवासीले यो तयारी थालेका हुन्। हिमाली जिल्ला मनाङमा भित्रिएका विदेशी तथा स्वदेशी पर्यटकलाई स्वागत गर्दै सोमबार दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन्। जिल्लामा अहिले… पुरा पढौ

राष्ट्रिय फुटसल लिग राइजिङ क्लब र फुटसल पाँच धरान विजयी

पोखरा । पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत आजको खेलमा द राइजिङ क्लब र फुटसल पाँच धरान विजयी भएका छन् । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा गत असोज २ गतेदेखि पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भइरहेको प्रतियोगिताको आजको पहिलो खेलमा राइजिङले ढुकु फुटसल हबलाई ५–३ गोल अन्तरले पराजित गरेको हो । खेलमा सुरुआत अग्रता ढुकुले बनाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित बन्न पुग्यो । राइजिङका मिलन राईले दुई तथा हेमन्त थापामगर, सुदीप गुरुङ र विवेक राइले एक/एक… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन पुलको काम गर्नेछु : काउन्सिलर गुरुङ

पोखरा । युके स्थित बार्नेट शहरका पूर्व डिपुटी मेयर तथा हालका काउन्सिलर लक्ष्य बहादुर गुरुङले पोखरा म्याराथन सफल बनाउन आफूले यूकेको बार्नेट शहर संग पुलको काम गर्ने बताएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा काउन्सिलर गुरुङले उक्त कुरा बताएका हुन् । उनले सो अवसरमा आफ्ना भनाई राख्दै खेलकुदको विषयको वुझाईमा आफ्ना केही कमजोरी रहे पनि पोखरा म्याराथनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा निकै प्रभाव पारेको बताए । पोखरा म्याराथन सफल… पुरा पढौ