समाचार

सजना बास्तोलाको ‘लाहुरे’ ले रुवायो …

पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशै तिहार गीत हो । बाध्यताले मुग्लाने बनेका युवाहरुको कथामा बनेको गीत ‘लाहुरे’ नेपाली समाज र माटोको सुगन्ध बोकेको हृदयस्पर्सी गीत हो । जादुमयी स्वरको धनी बास्तोला संगै गायक रामजी पौडेल , स्वरस्वती लामिछाने, कुमार गौतम र बलराम अधिकारीको आवाज सुन्न… पुरा पढौ

लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई

पोखरा । सुरताल इभेन्ट एन्ड मल्टीमिडिया प्रा.लिले लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ । संघको १३ औं अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई स्वागत गरिएको प्रा.लिका निर्देशक प्रशान्त सुनारले बताए । सुरतालले अध्यक्ष छत्रधर आत्रय, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्धितिय उपाध्यक्ष गोपीचन्द्र बास्तोला, महासचिव उपेन्द्र राज सुवेदी ‘राजु’,उपमहासचिव जानुका अधिकारी, कोषाध्यक्ष भरतराज ओझा, सदस्यहरु विक्रम कर्माचार्य, बुद्धी प्रसाद बास्तोला, व्रर्धबाबु भट्टराई, इन्दीरा रोक्का, जीवन तिवारी, पुण्यमणी भण्डारी, भरत थापा, हरि बास्ताकोटी, महिला सदस्य गंगा कुमारी… पुरा पढौ

दलित समुदायको पीडा : दुग्ध सहकारीले नै किन्दैन दूध

रासस१२ असोज, बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका(७ कालिमाटी दलित बाहुल्य बस्ती हो । विश्वकर्माझैँ त्यहाँका दलित समुदायका सयौँ किसान दूध बेच्नबाट बञ्चित छन् । घ्यू नै बनाए पनि बजार नपाउने स्थिति छ । दूध, घ्यू बेचेर आयआर्जन… पुरा पढौ

महालक्ष्मीका विमितलाई प्रिसा इन्टरप्राईजेजका सामान खरिदमा छुट दिइने

पोखराको न्युरोडमा भखरै संचालनमा आएको प्रिसा इन्टरप्राईजेजले महालक्ष्मी लाईफ इन्स्योरेन्स मार्फत बिमा गरेका बिमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकीका प्रबन्धक अखिल धमला र प्रिसा ईन्टरप्राईजेजका पोखरा प्रबन्धक सविन श्रेष्ठले सो छुट सम्बन्धी एक समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् । उक्त इन्स्योरेन्सका गण्डकी प्रदेश भित्रका विमित,अभिकर्ता र कर्मचारीहरुलाई उक्त्त कम्पनीका सामान खरिदमा ५ प्रतिसत देखी १५ प्रतिसत सम्म सम्म मुल्यमा छुट प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो । उक्त… पुरा पढौ

पोउवा संघद्वारा लेउवा संघको नवनिर्वाचित टिमलाई बधाई ज्ञापन

पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेयसहित पदाधिकारी एवं कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको कामना गरेको छ ।छिमेकी उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई बधाई दिने उपक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले साझा एजेण्डा बनाउँदै दुबै उद्योग वाणिज्य संघ निजी क्षेत्रको अधिकारको लागि सशक्त रुपले अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुलाई मर्का पर्दा संघहरुले उनीहको संरक्षण गर्नुपर्ने धारणा पनि राखे ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका… पुरा पढौ

सगरमाथा र फेवातालको चार किल्ला नापेर चर्चा कमाएका खिमलाललाई नागरिक समाजको भव्य विदाई

सरकारद्धारा गठित फेवातालको चार किल्ला निर्धारण सीमाङ्कन तथा नक्साङ्कन समितिका सदस्य सचिव इन्जिीनियर खिमलाल गौतमलाई पोखराबाट भव्य विदाई गरिएको छ । जिल्ला नापी कार्यालय कास्कीको प्रमुख समेत रहेका गौतम कार्यालयबाट सरुवा भई जाने भएपछि पोखराका कार्यरत रहँदा उनले फेवातालको नक्सांकन तथा सीमाङ्कन लगायतका महत्वपूर्ण कामका लागि उनलाई नागरिक समाज कास्की,रत्न मन्दिर फेवाताल सरोकार समिति र वातावरण संरक्षणका लागि महाअभियान कास्कीले भव्य सम्मानसहित विदाई गरेको हो । कार्यक्रममा गौतमलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव डा दामोदर… पुरा पढौ

भिन्तुना क्लवद्वारा हक्की टिम गठन

पोखराको भिन्तुना क्लवले हक्की टिम गठन गरेको छ । पोखरा महानगरपालिका वडा नं ३ मा रहेको भिन्तुना क्लवले युवाहरुलाई हक्की खेलतर्फ आकर्षित गर्न हक्की टिम गठन गरेको हो । पिताम्वर थापाको कप्तानीमा हक्की टिम गठन गरेको क्लवका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।भिन्तुना हक्की टिममा हेमन मगर, अशिम ठकुरी, खिम थापा, कुञ्जन थापा, सुजन विक, युनिश गुरुङ र सागर थापा रहेका छन् । भिन्तुना हक्की टिमको टिम म्यानेजरमा मनिष सुवाल रहेका छन् । पुरा पढौ

कांग्रेस महानगर सभापतिमा पराजित लामिछानेद्वारा दलको नेता र सचेतकबाट राजिनामा

पोखरा महानगरपालिका नेपाली काँग्रेस संसदीय दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार आफ्नो पदबाट राजिनामा दिएका छन् । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा पराजित भएलगत्तै उनले महानगरको दलको नेता तथा सचेतकबाट राजिनामा दिएका हुन् । कांग्रेस महानगर सभापतिमा उनी केहि दिनअघि मात्र पराजित भएका थिए । सभापतिका ६ प्रतिपस्पर्धी मध्ये उनी तेश्रो भएका थिए । राजिनामा पत्रमा उनले सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गरेका छन् । आफूलाई सो भूमिका निर्वाह गर्न अवसर… पुरा पढौ

कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’ बन्ने

दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबारको भेटको उक्त प्रतिबद्धता जनाएका हुन् ।पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको भन्दै राजदूत पार्कले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरेका हुन् । ‘भेटका अवसरमा मुख्यमन्त्री पोखरेलले हजारौ नेपाली युवाहरुको उत्कृष्ट गन्तव्यको रुपमा दक्षिण कोरिया रहेको भन्दै युवाहरुले आय आर्जन गर्ने र प्रविधि सिक्ने… पुरा पढौ

नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न स्थानीय तहका कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले सोमबार पोखरामा गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन, सोको नतिजा र समीक्षा सम्बन्धी कार्यक्रममा उनले नागरिकले प्राप्त गर्ने अधिकांश सेवा स्थानीय तहसँग जोडिने भएकाले सोही अनुसार काम गर्न निर्देशन दिएका हुन् ।कार्यक्रममा ११ वटै जिल्लाका जिल्ला समन्वय अधिकारी र ८५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधि सहभागी छन् । मुख्यमन्त्री पोखरेलले संघ र प्रदेशमा भन्दा… पुरा पढौ