समाचार

नेपाली काँग्रेसः देशभरका पालिकामा आज निर्वाचन

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज (शनिबार) पालिकास्तरीय कार्यसमिति चयन हुँदैछ। कास्कीका केही पालिकाहरुमा सर्वसम्मत पदाधिकारी तथा सदस्यहरुसहितको नेतृत्व चयन भएको छ भने कतै प्रयास जारी छ। पोखरा महानगर र माछापुच्छ्रेको पदाधिकारीमा मात्रै निर्वाचन हुदैछ । ति पालिकाहरुमा सदस्यहरु सर्वसम्मत भइसकेका छन्। पोखरा महानगरपालिकामा यसअघि नै मनोनयन भइसकेका छन्। पोखरा महानगरभित्र सभापतिका लागि ६ जना आकांक्षी छन्। पत्रकार गंगाधर पराजुली, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान… पुरा पढौ

टानको समन्वयमा अल्पकालीन रोजगारका लागि जनशक्ति परिचालन

ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा अल्पकालीन रोजगारका लागि जनशक्ति परिचालन भएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम अन्तर्गत ३० जनालाई पहिलो चरणमा रोजगारी प्रदान गरिएको जनाइएको छ । दुई सय जना पदयात्रा मजदुरहरुलाई १० दिनको लागि परिचालन गर्ने योजना अनुरुप पहिलो चरणमा आज ३० जना खटाइएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले जनाएको छ । शुक्रबार खटाइएको ३० जनाको जनशक्तिले नौडाँडादेखि कास्कीकोट, सराङकोट,… पुरा पढौ

हराउन थाले परम्परागत ढिकीजाँतो

लमजुङ । गाउँगाउँका घरैपिच्छे रहेको ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेको छ । युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत कुटानीपिसानीका ती साधन लोप हुन थालेका हुन् । दोर्दी गाउँपालिका–४ नेवार गाउँका ७६ वर्षीय वृद्ध बुद्धिमान श्रेष्ठले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताए । ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोलगायतका खानेकुरा ढिकीजाँतोमा कुट्ने र पिन्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आए । उनलाई नै… पुरा पढौ

पूर्व राजाको श्रीपेच चोर्न खोजेको आरोपमा युवक पक्राउ

नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । दरबार संग्राहलय अवलकोनका लागि गएका रुकुम घर भई काठमाडौं बस्दै आएका ती युवकले श्रीपेच चोर्ने प्रयास गरेको प्हरीको आरोप छ । आरोपित युवकले संग्रहालयमै रहेको खुकुरी निकालेर श्रीपेच राखेको सिसा फुटाउन खोजेपछि नेपाली सेनाले नियन्त्रणमा लिएको प्रहरी श्रोतले बताएको छ । पक्राउ परेका युवक मानसिक रोगी हुनसक्ने प्रहरीको भनाई छ । आफूपनि पूर्व राजालेजस्तै श्रीपेच लगाउनका लागि ती युवकले श्रीपेच चोर्न खोजेको हुनसक्ने नारायणहिटी… पुरा पढौ

धौलागिरि अस्पतालमा जटिल शल्यक्रियाद्वारा हड्डी प्रत्यारोपण

बलेवा । बागलुङ नगरपालिका–१० का ८६ वर्षीया महिलाको धौलागिरि अस्पतालमा हड्डीको प्रत्यारोपण भएको छ । बुधबार दिउँसो चिकित्सकहरुको टोलीले ८६ वर्षीया महिला तुलसी थापाको सफल शल्यक्रियामार्फत कम्मरको गेडी जोर्नीको प्रत्यारोपण भएको हो । उनको गेडी भाँचिएको थियो । उक्त स्थानमा स्टिलको गेडी बनाएर प्रत्यारोपणसमेत भएको अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा प्रतीक आचार्यले जानकारी दिए। डा आचार्यकै नेतृत्वमा उक्त शल्यक्रिया पनि सफल भएको हो । अस्पतालमा कार्यरत एनेक्स्थेसियोलोजिष्ट डा‍ नवीन पौडेल सहित डा कमल कार्की र डा केशव पाण्डे… पुरा पढौ

भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ सङ्क्रमित मध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ । यो सङ्ख्या १८८ दिनपछिकै सबैभन्दा कम हो । पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै… पुरा पढौ

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

बेनी । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ । पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो । धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारकै सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटक यतिबेला हेलिकोप्टरको प्रयोग गर्न थालेका छन् । सरकारले भदौ दोस्रो… पुरा पढौ

ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र

म्याग्दी । बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि र सहायक ठेकेदार अधकल्चो काम छाडेर सम्पर्कविहीन बनेपछि आयोजना अलपत्र पर्नाका साथै नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । “ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरोमा दैनिकजसो पहिरो खसेर… पुरा पढौ

त्रिशूलीमा कार खस्दा पोखराका ३ जना बेपत्ता, १ घाइते

चितवनको ईच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने १ जना घाइते भएका छन्। बिहीवार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छ। उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको छ। कारमा सोही ठाउँ बस्ने अन्दाजी… पुरा पढौ

पोखरामा आजबाट ४५ वर्ष माथिकालाई पहिलो डोजको खोप

पोखरा महानगरपालिकाले ४५ वर्षमाथिका सबैलाई आज (शुक्रबार) बाट कोरोनाविरुद्धको खोप लगाउने भएको छ। महानगरपालिकाले महानगरभित्र ४९ वटा खोप केन्द्र समेत तोकेको छ। महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोना विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाउने भएको हो। महानगरपालिकाले ३० हजार भेरोसेल प्राप्त गरेको छ। चीनबाट ४४ लाख खोप आएको थियो। पुरा पढौ