आज यो वर्षको भाद्र कृष्ण प्रतिपदा अर्थात ‘गाइजात्रा’ उत्सवको दिन। हरेक वर्षको भाद्र प्रतिपदादेखि अष्टमीसम्म ८ दिनसम्म नेवारी समुदायभित्र मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा नेवार समुदायले आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना ईलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति (आफन्तजन्) गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास…
पुरा पढौ