समाचार

‘डोजरे विकासले खोसिदियो ग्रामीण सौन्दर्य’

गलेश्वर । डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना–कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् । एक दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक बेँसी, बस्ती, गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का अहिले नासिन थालेका छन् । गाउँघरतिर ‘बजेट सक्ने विकास’ भनेर बोलिने डोजर चालक नै इञ्जीनियर बनेर खनिएका मोटरबाटोका कारण वर्षौँ पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदा नास… पुरा पढौ

गण्डकी प्रदेश सरकारले बालबालिकालाई रु. पाँच हजार सहयोग गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु. पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु. ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले रकम प्राप्त गर्नेछन् । वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम राहत वितरणका लागि शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरुआत गरिएको जनाएको छ ।… पुरा पढौ

पहिले खोप, अनिमात्र कक्षा १२ को परीक्षा तालिका !

कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा संचालन गरिने भए को छ। राष्ट्रिय परीक्षा बोर्डले खोप लगाएपछि मात्र परीक्षा सञ्चालन गर्ने गरी आन्तरिक तयारी गरेको छ । ३ लाख ७४ हजार जना विद्यार्थी मध्ये अधिंकाशलाई खोप दिने तयारी छ। १८ बर्ष उमेर नपुगेका ८ सय ४५ जना विद्यार्थीलाई भने खोप लगाइने छैन। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई यसका लागि अनुरोध गरिएको र मन्त्रालय तथा सचिवद्धारा सकारात्मक जवाफ प्राप्त भएको जानकारी गराइएको बोर्डले जनाएको छ। कक्षा… पुरा पढौ

तनहुँमा करेन्ट लागेर एकको मृत्यु

पोखरा । तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको बन्दिुर गाउँपालिका–१ बेलभञ्ज्याङका सन्तोष क्षेत्रीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । क्षेत्रीको बनाउँदै गरेको घरमा मोटरबाट पानी लाउने क्रममा अचानक करेन्ट लागरे घरभित्रै मृत्यु भएको जनाइएको छ । पुरा पढौ

‘अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्नु’

काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अफगानिस्तानमा जोखिममा रहेका नेपालीको कूटनीतिक पहलमार्फत तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएका छन् । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका सम्बन्धमा सरकारले गरेका प्रयासको बारेमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग आज आयोगमा गरिएको छलफलका क्रममा उहाँले सरकारलाई उक्त निर्देशन दिएका हुन् । अध्यक्ष मगरले जुनसुकै हैसियतमा अफगानिस्तान पुगेका भए पनि जोखिममा रहेका सबै नेपालीको उद्धार गर्न सरकारलाई निर्देशन दिए । छलफलमा सचिव पौडेल र विभागका महानिर्देशक… पुरा पढौ

तालिबानले अफगान सरकारी अधिकारीलाई ‘आम माफी’ दिने घोषणा, काममा फर्कन आग्रह

एजेन्सी । तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ । शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो । तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले अफगानिस्तानमा प्रशासनसम्बन्धी पहिलो भनाइ सार्वजनिक गर्दै कर्मचारीलाई आम माफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ । “पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,” सामञ्जनीले माफी को घोषणा… पुरा पढौ

गोरु काटेको आरोपमा पोखराबाट ३ जना पक्राउ

पोखरामा गोरु काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । बागलुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ घर भई पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुञ्चौर बस्ने २८ वर्षिय असारी घर्ती मगर, २२ वर्षिय सविन बुढामगर र २१ वर्षिया अस्मिता बुढामगरलाई प्रहरीले गोरु काटेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेकाहरुले पोखरा १९ पुरुञ्चौरका केशरबहादुर अधिकारीले पालेको क्रस गाईको ३ वर्षको बाच्छी गोठबाट दाम्लो फुकाएर लगेका थिए । लगत्तै प्रहरीलाई खबर भएपछि खोज्दै गएको प्रहरी टोलीले घरबाट २ किलोमिटर टाढा गोरु काट्दै… पुरा पढौ

पोखरा लेडी जेसिजले जेसिज सप्ताह मनाउने

पोखरा लेडी जेसिजले जेसिज सप्ताह मनाउने भएको छ । पोखरा लेडी जेसिजले जेसिज सप्ताह २०२१ अन्तर्गत भदौ ४ गतेदेखि १० गतेसम्म जेसिज सप्ताह मनाउने भएको हो । जेसिज सप्ताह शुरु हुने अघिल्लो दिन पोखरा लेडी जेसिजले पत्रकार सम्मेलन गरेर सप्ताहबारे जानकारी दिने जनाएको छ । जेसिजले तालिम, वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता, खाद्यान्न वितरण, फलफुल तथा खाना वितरणलगायतका कार्यक्रम गरेर जेसिज सप्ताह मनाउने पोखरा लेडी जेसिजकी अध्यक्ष विनिता सापकोटाले जानकारी दिईन् । पुरा पढौ

महानगरको शिक्षा शाखा र अनेरास्ववियुबीच सहमति भएपछि खुल्यो तालाबन्दी

पोखरा । अनेरास्ववियु कास्की र पोखरा महानगरपालिकाको शिक्षा महाशाखाबीच सहमति भएपछि अनेरास्ववियुले गरेको तालाबन्दी खुलेको छ । कक्षा ११/१२ का विद्यार्थीलाई दिइने छात्रवृत्ति महानगरले निजी विद्यालयको जिम्मा लगाएपछि अनेरास्ववियुले मंगलबार (आज) तालावन्दी गरेको थियो । अनेरास्ववियुले यसअघि आइतबार जिल्ला समन्वय समिति कास्की र पोखरा महानगरपालिकालाई निष्पक्ष ढंगबाट विद्यार्थी छनोट गरी छात्रवृत्ति उपलब्ध गराउन र सो सम्बन्धमा हुने विकृति विसङ्गती अन्त्य गराउन ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणबारे कुनै पहल नभएपछि अनेरास्ववियुले आज बिहान तालाबन्दी गरेको थियो । तालाबन्दी पछि भएको वार्तामा… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा मङ्गलबार धेरै कमी आएको छ । पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । एकै दिनमा कोरोना सङ्क्रमित थपिएका यो संख्या गत १५४ दिनयताकै सबभन्दा कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६९ हजार ८४६ रहेको स्वास्थ्य… पुरा पढौ