समाचार

म्याग्दीका किसानको लोभलाग्दो काम,गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गरेका हुन् । गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोको पात मिसाएर विषादी बनाई सुन्तला र तरकारीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेको शर्माले बताए । “रासायनिक मल र विषादीको विकल्पमा जैविक मल उत्पादन गर्न फार्ममै एक भैँसी, तीन गाई र १४ वटा… पुरा पढौ

पोउवा संघले दियो ४४० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

पोखरा,८ पुस । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले  मंगलबार पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा तथा लेखपढका सामग्री प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीसहित संघका अध्यक्ष गोकर्ण कार्की,पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनसहित संघका पदाधिकारी, कार्यसमितिका सदस्य एवं अतिथिहरुले सो विद्यार्थीहरुलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । किडासाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा र लेखपढका सामग्री प्रदान गरिएको हो । सामाजिक विकास… पुरा पढौ

‘केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन’:गण्डकीका मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको केन्द्रिकृत मानसिकताले जनचाहनाअनुरुप परिणाम दिन नसकेको दुखेसो गरेका छन् । फेडरालिजम् एण्ड लोकलाइजेन सेन्टरले ‘सङ्घीयता सुदृढीकरणमा राष्ट्रियसभा’ शीर्षकमा आज काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा उनले सीमित साधनस्रोत तथा कानुनी व्यवधानले प्रदेश सरकारबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन कठिन भएको बताए । मुख्यमन्त्री पाण्डेले भने, “प्रदेश र स्थानीय तहको अभिभावक राष्ट्रियसभाले सत्ता र प्रतिपक्षीय सोचबाट माथि उठेर समन्वयका साथ कानुन निर्माणलाई तीव्रता दिनुपर्छ ।” प्रदेश र स्थानीय तहको जनप्रतिनिधिसभाका हैसियतले एकल र साझा… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने

पोखरा, पुस ८ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाईभ व्याण्ड प्रस्तुती दिने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । पुस १५ गते दिउँसो तमु (गुरुङ) समुदायको ल्होसार कार्यक्रम हुनेछ… पुरा पढौ

पोखरा कलेज अफ म्यानेज्मेण्टको ‘स्मार्ट एग्रोप्नरशिप एजुकेशन एण्ड ट्रेनिङ्ग’ सम्पन्न

पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्रनरशिप एजुकेशन एण्ड टे«निङ्ग’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पाँच दिन सम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा तालिमसंगै सैद्धान्तिक पक्षबारे चर्चा भएको थियो । तालिमको छैठौं दिन सोमबार कार्यक्रममा सहभागि ३० विद्यार्थीहरुले आ–आफ्नों कृषि व्यवसायिक योजना प्रस्तुत गरे । तालिममा बिबिए, बिसीआइएसमा सातौं र आठौं सेमेष्टर पढ्दै गरेका तथा पछिल्लो पाँच वर्षका पास आउट विद्यार्थीले सहभागिता जनाएका हुन् ।ति मध्येबाट छानिएका उत्कृष्ट… पुरा पढौ

हिमालय क्लवले भलिवलका राष्ट्रिय खेलाडी योगेन्द्रलाई सम्मान गर्ने

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लवले भलिवलका राष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई पुरस्कार अर्पण सहित सम्मान गर्ने भएको छ । क्लवको २९ औं बार्षिक साधारण सभाको अवसरमा यही पौष १० गते बाटुलेचौरमा हुने कार्यक्रममा खेलाडी बस्नेतलाई क्लवद्वारा स्थापित ‘उदयबहादुर बस्नेत स्मृति भलिबल’ पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष मोहनबहादुर थापाले जानकारी दिए । सो पुरस्कार भलिवल खेलको विकासमा योगदान पुर्याउने खेलाडी वा संस्थालाई प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिन्छ। नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र सल सहित पुरस्कार अर्पण गरिने बताईएको छ ।… पुरा पढौ

पोखरामा माघ ९ देखि १७ गतेसम्म छैटौं टाइगर कप भलिबल प्रतियोगिता हुने

सन्देश श्रेष्ठपोखरा, पुस ८ पोखरामा माघको दोस्रो सातादेखि टाईगर कप भलिबल प्रतियोगिता हुने भएको छ । टाईगर ग्रुप अफ नेपालको आयोजनामा पोखरामा माघ ९ गतेदेखि १७ गतेसम्म ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको छैटौं संस्करण हुने मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगिताको तयारी शुरु भएको टाइगर ग्रुपले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ ७÷७ टिम प्रतिष्पर्धामा उत्रिने टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए… पुरा पढौ

पोखरामा पौष १२ मा नवौं संस्करणको दीप साँझ हुने

अंग्रेजी नयाँ बर्षको पुर्व सन्ध्यामा पोखरामा दीप साँझ २०८२ हुने भएको छ । “संगीत समुदायको लागि र सद्भावको लागि” भन्ने उद्धेश्य सहित नवौं संस्करणको दीप साँझ यही पौष १२ गते पोखरा १६ दीप चोकस्थित मनिपाल कलेज रोडमा संचालन हुने कार्यक्रम संयोजक राजेश गुरुङ राजुले जानकारी दिए ।दीप युनाईटेड क्लव मातहतको दीप युनाईटेड परिवारको आयोजनामा साँझ ५ बजेपछि शुरु हुने कन्सर्ट करिब ५ घण्टासम्म हुने उनले जानकारी दिए । नेपाली पन जोगाउँदै संगीत मार्फत सद्भाव कायम गर्न कार्यक्रम आयोजना गरिएको संयोजक… पुरा पढौ

टान गण्डकीको प्रविधि पर्यटन प्रवर्द्धनमा ‘एआई’को प्रयोग सम्बन्धि तालिम शुरु

सन्देश श्रेष्ठपोखरा, पुस ८ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको प्रविधि पर्यटन प्रवद्र्दनमा एआईको प्रयोग सम्बन्धि तालिम पोखरामा शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र युएनडिपीको दीगो पर्यटन परियोजना अन्तर्गतको तालिम टान गण्डकीको आयोजनामा आजदेखि शुरु भएको हो । चार दिनसम्म चल्ने तालिममा एआई सम्बन्धि विज्ञहरुले पर्यटन प्रवद्र्दनमा एआईको प्रयोग, एआईको प्रयोगमार्फत अडियन्ससँग कसरी अन्र्तक्रिया गर्ने, अडियन्सलाई कसरी ईंगेज गर्ने, कन्टेन्ट कस्तो बनाउने ?, कन्टेन्टको भाषा, शब्द, लेख्ने कला, पोस्टर र सोसल मिडियाका लागि चाहिने तस्बिर निर्माण, एआईको… पुरा पढौ

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट, खेल तालिका सार्वजनिक

नेपाल क्रिकेट सङ्घले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन् ।आगामी जनावरी १४ तारिखदेखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया,… पुरा पढौ