पोखरामा गोरु काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । बागलुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ घर भई पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुञ्चौर बस्ने २८ वर्षिय असारी घर्ती मगर, २२ वर्षिय सविन बुढामगर र २१ वर्षिया अस्मिता बुढामगरलाई प्रहरीले गोरु काटेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले पोखरा १९ पुरुञ्चौरका केशरबहादुर अधिकारीले पालेको क्रस गाईको ३ वर्षको बाच्छी गोठबाट दाम्लो फुकाएर लगेका थिए । लगत्तै प्रहरीलाई खबर भएपछि खोज्दै गएको प्रहरी टोलीले घरबाट २ किलोमिटर टाढा गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २८ असोज । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा २ जना सदस्य…







