समाचार

पोउवा. संघद्वारा कार्यसमिति सदस्य बलरामप्रति श्रद्धाञ्जली अर्पण

पोखरा उद्योग वाणिज्य संघले कार्यसमितिका सदस्य बलराम तिमिल्सिनाको निधनमा शोक व्यक्त गरेको छ । तिमिल्सिनाको १३ औं दिनको पुण्यतिथिमा सोमबार आयोजित कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले स्वर्गीय बलरामप्रति श्रद्धाञ्जली व्यक्त गरिएको संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।पोखरा–१२, उपकार मार्गमा २०२९ साल साउन १३ गते जन्मेका तिमिल्सिनाको कोभिड संक्रमणबाट मुक्त भएपनि पछिल्लो उपचारको क्रममा साउन २० गते निधन भएको थियो । उनी पोउवा संघमा बस्तुगत सदस्यको रुपमा प्रतिनिधित्व गर्थे ।श्रद्धाञ्जली सभामा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले हरेक दिन… पुरा पढौ

विकास बने वाईसिएल पोखरा–६ को संयोजक

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल कास्कीले संगठन बिस्तारलाई तिव्रता दिएको छ । वाईसिएल कास्कीले आज सोमबार पोखरा महानगरपालिका वडा नम्बर–६ मा संगठन पुर्नगठन गरेको छ । वाईसिएल पोखरा ६ को आज भएको भेलाले विकास विकको संयोजकत्वमा वडा कमिटी पुर्नगठन गरेको हो । वाईसिएल वडा कमिटी ३० सदस्यीय बनेको वाईसिएल कास्कीका अध्यक्ष भोजराज पौडेलले जानकारी दिए । पुरा पढौ

लायन्स क्लवद्वारा मन्दिर परिसरमा वृक्षारोपण

पोखरा महानगर पालिका वडा नंं. २५ वास्तोला कुल मन्दीर परिषरमा सोमबार वृक्षारोपण गरिएको छ ।लायन्स क्लब अफ पोखरा लालिगुरास, लायन्स क्लब अफ पोखरा नर्थ र लायन्स क्लब अफ पोखरा सेतोगुरासको आयोजनामा मन्दीर परिषरमा वृक्षारोपण कार्यक्रम गरिएको हो । मन्दीर परिषरमा वेलपत्र, अमला, तेजपत्ता, हर्रो वर्रो, कल्की फूल, कपुर, चाप पैयू, अम्बा, अनारका विरुवा रोपिएको लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष कपिलदेव शर्माले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै रिजन चेयरपर्सन जिवन गोर्खालीले रोपेका विरुवाको संरक्षण भएमा मात्रै लक्ष्य प्राप्त हुने बताउनुभयो… पुरा पढौ

पोखराको बुलौंदीमा स्कुटर दुर्घटना, एक घाईते

पोखराको बुलौंदीमा स्कुटर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बुलौंदीमा गएराती साढे १२ बजे स्कुटर दुर्घटना हुँदा पोखरा १० औद्योगिक क्षेत्रका ३२ वर्षिय सन्देश गुरुङ घाइते भएका हुन् । स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । घाइते गुरुङको मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । पुरा पढौ

भूमि आयोग फिर्ता गर्न माग गर्दै पोखरामा हस्ताक्षर संकलन

नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै आज पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन भएको छ ।अखिल नेपाल किसान महासंघ कास्कीद्वारा जिल्ला प्रशासन कार्यालय अघि सहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।बर्षौदेखि खनजोत एवम् उपयोग गर्दै आएका किसान, पुस्तौदेखि एक आना जग्गा पनि नभएका सुकुम्वासीलाई जग्गाको मालिक बनाउने लक्ष्यका साथ काम गरिरहेको आयोग खारेजको विरोधमा हस्ताक्षर संकलनमा गरिएको किसान महासंघ कास्कीका अध्यक्ष रघुनाथ भण्डारीले जानकारी दिनुभयो ।उहाँका अनुसार अखिल नेपाल किसान महासंघ केन्द्रीय… पुरा पढौ

म्याग्दीको पानी उड्ने झरना

गलेश्वर । पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने उडाइनो झरना हिजोआज धेरैको आकर्षणको केन्द्र बन्दै गइरहेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पर्ने यो झरना अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेपछि झरनाको चर्चा… पुरा पढौ

पोखरा महानगरलाई चीनको नानिङ शहरले गर्‍यो स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले रु २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगरपालिका परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे । उपप्रमुख गुरुङले महानगरपालिकाले १३ अन्तर्राष्ट्रिय सम्बन्धमध्ये नौ चीनका विभिन्न शहरसँग भएको जानकारी दिइन् । विसं २०७४ पुस २६ गते महानगरपालिका र चीनको नानिङ शहरबीच भगिनी सम्बन्ध रहेको जनाउँदै उनले प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै… पुरा पढौ

विभिन्न माग राख्दै पृथ्वीनारायण क्याम्पस प्रशासनलाई नेविसंघको ध्यानाकर्षण

पोखरा । नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई समितिले विभिन्न मागहरु राख्दै पृथ्वीनारायण क्याम्पस प्रसाशनलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार नेविसंघले क्याम्पस प्रशासनमा बुझाएको ध्यानाकर्षण पत्रमा कोरोना संक्रमणको बढ्दो लहर र उत्पन्न नयाँ भेरीयन्टले थपेको स्वास्थ्य जोखिमलाई गम्भीरतापूर्वक लिंदै क्याम्पसका गतिविधिहरु आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र गर्न र यथाशिघ्र आम विद्यार्थीहरुलाई कोरोना विरुद्धको भ्याक्सिनको पहल गर्न माग गरिएको छ । प्रविधि मैत्री एवम् विद्यार्थीमैत्री प्रशासनको सुनिश्चितता गर्दै प्रशासनको ढिलासुस्ती एवम् कोरोना कहरको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न विकल्प खोज्न र… पुरा पढौ

जर्मन महान् फुटबलर मुलरको निधन

जर्मनीका महान् फुटबलर गर्ड मुलरको निधन भएको छ। मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। उनले राष्ट्रिय टिम अर्थात् पश्चिम जर्मनीबाट १९७२ मा युरोकप र १९७४ को विश्वकप जितेका थिए। विश्वकप फाइनलमा मुलरले नेदरल्यान्डस्विरुद्ध निर्णायक गोल गरेका थिए। सन् १९७० को दशकमा जर्मनीको सफलतामा उनी निर्णायक खेलाडी थिए। फिफा विश्वकपमा उनको नाममा १४ गोल रहेका छन्। उनी यूरो ७२ मा सर्वाधिक गोलकर्ता थिए र फाइनलमा २ गोल गर्दै जर्मनीलाई उपाधी दिलाएका थिए। फाईनलमा जर्मनीले सोभियत… पुरा पढौ

फ्रेन्च लिग वानः पीएसजीको शानदार सुरुवात

फ्रेन्च लिग वानमा पीएसजीले शानदार शुरुवात गरेको छ। लिग वानको आफ्नो पहिलो खेलमा पीएसजीले स्ट्रासबर्गलाई ४–२ गोल अन्तरले हराउँदै गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो। पीएसजीको जीतमा माउरो इकार्डी, किलियन एम्बाप्पे, जुलियन ड्राक्सलर र पाब्लो सर्बियाले १/१ गोल गरे। त्यस्तै स्ट्रासबर्गका लागि केभिन गामेरियो र लुडोभिक अजोरक्यूले १/१ गोल गरे। खेलको ८१ औ मिनेटमा स्ट्रासबर्गका अलेक्जेन्डर डिजिकूले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो। केहि दिनअघि मात्रै पीएसजीमा गएका लियोनेल मेस्सीले भने खेलेनन्। पुरा पढौ