पोखरा । गोरु काटेको आरोपमा प्रहरीले कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट ६ जनालाई पक्राउ गरेको छ । गाउँपालिकाको वडा नम्वर २ भुर्जुङखोला गैह्रा कसेरी भन्ने स्थानमा गोरु काटेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले घटना संलग्न भएको आरोपमा स्थानिय ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा सार्दीखोलाका जितबहादुर तामाङ, कुलबहादुर विश्वकर्मा, अभिनाश तामाङ, अरुण तामाङ, सुकमाला तामाङ र पोखरा–१९ का कुमार श्रेष्ठ छन् । प्रहरीले उनीहरुको साथबाट गोरुको टाउको,…
पुरा पढौ