समाचार

तुईन काट्दा भएको हत्याबिरूद्व पोखरामा नेकपाको प्रदर्शन

नेत्र विक्रम चन्द ू बिप्लव ू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पोखराले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी ९एसएसबी ० ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु घटनाको विरोधमा पोखरामा आज प्रदर्शन गरेको छ ।आज दिउँसो ३ बजे पोखराको चिप्लेढुङ्गामा कोण सभा गर्दै नेपाल कम्युनिस्ट पार्टीले तुईन काट्दा भएको जयसिंह धामि हत्या प्रकरणको विरोधमा पोखरामा प्रदर्शन गरेको हो ।नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गतआयोजनामा भएको उक्त विरोध प्रदर्शन कार्यक्रम मानबअधिकार चोकबाट शुरू भएर महेन्द्रपुल हुँदै बजार परिक्रमा गरेर चिप्लेढुङ्गा स्थित बिपि… पुरा पढौ

विकास नेपालद्वारा पोखरा २० का कोभिड प्रभावितलाई खाद्यान्न वितरण

बिकास नेपाल संस्थाद्धारा कोभिड १९ को दोश्रो लहरबाट प्रभावित पोखरा २० का ६८ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा पोखरा १५ हरियाली मार्गमा रहेको बिकास नेपालले कोभिडबाट प्रभावित अशक्त, अपांगता र कोरोना संक्रमणबाट समस्यामा परेका अति विपन्न साविक भलाम र मौजाका ६८ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले कोभिड १९ को महामारीबाट प्रभावितहरुलाई सहयोग गरी आफ्नो… पुरा पढौ

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुर : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने भनाइ राखे । उनले भने,‘ लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार के गर्नुपर्छ हामीलाई सुझाव चाहिएको छ, हाम्रो क्षमताले भ्याएसम्म सहकार्य गर्न सरकार तयार छ ।’ उनले युवाहरुलाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा… पुरा पढौ

फेवाबजार र पोखरा औद्योगिक क्षेत्रबीच सहकार्य

ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्स र पोखरा औद्योगिक क्षेत्रबीच सहकार्य शुरु भएको छ । फेवाबजार र औद्योगिक क्षेत्रबीच औद्योगिक क्षेत्रमा उत्पादित सामान फेवाबजारबाट खरिद बिक्री गर्ने सम्झौता भएको हो । कोरोना महामारीका कारण पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुबाट उत्पादित सामाग्रीहरुले बजार नपाइरहेको वर्तमान समयमा अनलाईनमार्फत बिक्री गर्दै आइरहेको फेवाबजारमार्फत सर्वसाधारणको घर÷घरमा पु¥याउने उद्धेश्यले सहकार्यको सम्झौता भएको जनाइएको छ । सम्झौतासँगै औद्योगिक क्षेत्रमा उत्पादित ५० भन्दा बढी कम्पनीका उत्पादित सामग्रीहरु फेवाबजार डटकम ईकमर्समा प्राप्त हुने फेवाबजार… पुरा पढौ

परीक्षा स्थगित गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव : कक्षा १२ र विश्वविद्यालयका परीक्षा अन्यौलमा

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरेका हुन् । परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न सकिने विकल्प सुझाउँदै राज्यमन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयलाई यस्तो प्रस्ताव गरेपछि परीक्षाहरु अन्यौल बनेका हुन् । कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका… पुरा पढौ

तनहुँमा अनुमतिविनै विद्यालय सञ्चालन

तनहुँ । कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् । तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन् । निजी विद्यालयले विद्यालय पोशाक विना विद्यार्थी विद्यालयमा बोलाएका छन् भने सामुदायिक विद्यालयले विद्यालय पोसाकमै… पुरा पढौ

मनाङका बाढीपीडितलाई राहत वितरण

मनाङ । पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई रु ३० लाख बराबरको राहत उपलब्ध गराएका छन् । उनीहरुले मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री राहतस्वरुप उपलब्ध गराएका हुन् । उनीहरुले मनाङका चारवटै गाउँपालिकाका लागि राहत वितरण गरेका हुन् । उनीहले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पु¥याएका हुन् । खराब मौसमका कारण खाद्यान्न पु¥याउन नसकिएका बाँकी ठाउँमा मौसममा सुधार आउनेबित्तिकै ढुवानी गरिने पूर्वराज्यमन्त्री… पुरा पढौ

बागलुङमा यात्रुबाहक बस दुर्घटना, ११ जना घाइते

बागलुङ । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् । घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय… पुरा पढौ

नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान

सिरियाका राष्ट्रपति बसर अल असदले नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छन्। प्रधानमन्त्री हुसेन अर्नौसलाई उनले आइतबार नयाँ मन्त्रिपरिषद् बनाउन आह्वान गरेको राज्यद्वारा संचालित संचारमाध्यमले जनाएको छ । यही जुलाई १७ मा आफ्नो चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथ ग्रहण गरेकाले राष्ट्रपति असदले प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आह्वान गरेका हुन्। गत मे महिनामा भएको निर्वाचनमा उनी फेरि राष्ट्रपतिका लागि निर्वाचित भएको घोषणा गरिएको थियो। राष्ट्रपति असदले गत अगस्टमा अर्नौसलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए। तत्कालीन प्रधानमन्त्री इमाद खामिसलाई सन्… पुरा पढौ

टोकियो ओलम्पिकः अस्ट्रेलियाली एम्मालाई मेडल नै मेडलको नयाँ कीर्तिमान

अस्ट्रेलियाली पौडीबाज एम्मा म्याककियनले एउटै ओलम्पिक प्रतियोगितामा ७ वटा पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छन्। उनले एकै ओलम्पिक संस्करणमा ७ पदक हात पार्ने पहिलो पौडीबाजको रुपमा आफ्नो नाम दर्ता गरेकी छिन् ।  आइतबार थप २ स्वर्ण पदक जित्दै उनले सो कीर्तिमान बनाउन सफल भएकी हुन्। स्वीमिङ प्रतियोगिताको अन्तिम दिन ५० मिटर फ्रिस्टाइल जितेपछि उनले अस्ट्रेलियालाई ४ गुणा १०० मिटर मिड्ले रिलेमा स्वर्ण दिलाइन्। २७ वर्षीय म्याककियनले टोकियो ओलम्पिकमा ४ वटा स्वर्ण पदक जित्न सफल रहिन्। यसमध्ये म्याककियनले २ व्यक्तिगत… पुरा पढौ