समाचार

अष्ट्रेलियासँगको टी–ट्वान्टी क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

अष्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली बंगलादेशले ऐतिहासिक जित निकालेको छ। ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो। टी–ट्वान्टी अन्तराष्ट्रियमा अष्ट्रेलियाविरुद्ध बंगलादेशको यो ऐतिहासिक जित हो। यस अघि बंगलादेशले टी–ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन। बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र जोड्यो। अष्ट्रेलियाका लागि मिचेल मार्शले सर्वाधिक ४५ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै, मिचेल स्टार्कले १४ रन जोड्दा कप्तान म्याथ्यु वेडले १३ रन… पुरा पढौ

टोकियो ओलम्पिकः ३२ स्वर्णसहित चीनको अग्रता कायमै

टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ। चीनले मंगलबार ३ स्वर्णसहित ७ पदक थपेको हो। जारी ओलम्पिकमा चीन ३२ स्वर्ण, २१ रजत र १६ जितेर पहिलो स्थानमा छ। दोस्रो स्थानको अमेरिकाले अहिलेसम्म २४ स्वर्ण र २७ रजतसहित ७२ पदक जितेको छ। आयोजक जापानले १९ स्वर्ण, ६ रजत र ११ कास्य जितेर तालिकाको तेस्रो स्थानमा छ। अहिलेसम्म ८४ देशले पदक चुमेका छन्। पुरा पढौ

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। समाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै खड्काले सन्यास लिएको घोषणा गरेका हुन्। पारसले खेल जीवनमा साथ सहयोग र हौसला प्रदान गर्ने सबैमा आभार समेत व्यक्त गरेका छन्। उनले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै लामो समय सफल कप्तानी समेत सम्हालेका थिए। नेपालका लागि राष्ट्रिय र अन्तराष्ट्रिय गरि १७ वर्ष क्रिकेट खेलेका पारस एक सफल अलराउन्डरका रुपमा पनि चिनिन्छन्। यु–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले… पुरा पढौ

आजको मितिबाट ४१ राजनीतिक दलको दर्ता खारेज

निर्वाचन आयोगले लगातार ३ वर्षसम्म लेखा परीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता आज (बुधबार) बाट खारेज गरेको छ। आयोगको हिँजो (मंगलबार) बसेको बैठकले यही साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो। आयोगमा १ सय ३६ दल दर्ता रहेकोमा ४१ दल खारेज भएपछि अब ९५ वटा दलको मात्र दर्ता कायम रहनेछ। आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह… पुरा पढौ

कञ्चन पत्रकारिता पुरस्कार शान्ति गुरुङ र केबी रानालाई

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७८’ शान्ति गुरुङ (कास्की) र केबी रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार महासंघको मंगलबारको बैठकले नाम अनुमोदन गरेको अध्यक्ष एमबी आस्थाले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । अधिवक्ता सुरेन्द्र थापामगर संयोजक समितिको प्रतिभा छनोट समिति सदस्यमा अधिवक्ता जूनाकुमारी गुरुङ, पत्रकार हुम गुरुङ तथा एमबी आस्था र रुद्र श्रीषमगर थिए । पुरस्कृत हुने गुरुङ रेडियो नेपाल… पुरा पढौ

मनसुन शुरु भएयता देशभर बाढीपहिरोका ६१९ घटना

काठमाण्डौं । मनसुन शुरु भएयता हालसम्म देशभर ६१९ बाढीपहिरोका घटना भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाँणले मनसुन शुरु भएयता भएका घटनाबारे जानकारी दिँदै गत जेठ ३१ देखि साउन १९ गतेसम्म देशका विभिन्न जिल्लामा ६१९ प्राकृतिक विपत्तिका घटना भएका बताउनुभयो । ती घटनाबाट सिन्धुपाल्चोक, डोटीलगायत ५६ जिल्लामा ६६ जनाको मृत्यु, ४० जना बेपत्ता र २१ जना घाइते भएका छन् । देशभर हालसम्म ६९० निजी घर पूर्णरूपमा क्षति र १६२ घरमा आंशिक क्षति भएको छ । विभिन्न ३७ वटा सरकारी… पुरा पढौ

मनाङ्मा १८ वर्षमाथिका सबैले लगाए कोभिडविरुद्धको खोप

मनाङ । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । उनका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताए । मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड खोप, दुई… पुरा पढौ

तुइन विस्थापन गरि पुल निर्माण गर्न सांसदहरुको माग

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशैभरिका तुइन विस्थापन गरी पुल निर्माण गर्न माग गरेका छन् । बैठकको विशेष समयमा उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक तुइन विस्थापन भएको भने पनि अहिले पनि दुर्गम जिल्लामा तुइन यथावत् रहेको जनाउँदै जतिसक्दो चाँडो तुइन विस्थापन गरी पुल निर्माण गर्न जोड दिएका हुन् । नेपाली कांग्रेसका दिलेन्द्र बडूले भन्नुभयो, “पूर्वप्रधानमन्त्री ओलीले तुइन विस्थापन भयो भन्नुभएको होइन ? तुइन त जहाँको तहीँ छ, अब यो सरकारले तुइन विस्थापन गरी पुल निर्माण गर्नुपर्छ ।… पुरा पढौ

गण्डकीमा सरकारको एक तिहाई, नीजि क्षेत्रको दुई तिहाई लगानी

प्रदेश विकास समस्या समाधान समिति बैठक सोमबार पोखरामा भएको छ । कार्यक्रममा मुख्यमन्त्री एवं समितिका अध्यक्ष कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक चाप र संवैधानिक वाध्यताका बीच चालु आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी कार्यान्वनमा जुटेको बताए ।विकासका सवालमा प्रदेश सरकारले आफ्नो तर्फबाट सबैसँग हातेमालो गरी सँगसँगै हिँड्ने वातावरण तयार गर्ने विश्वास दिलाउँदै उनले गत आर्थिक वर्षमा पुँजीगत खर्चमा करिब ८५ प्रतिशत प्रगति हासिल भएको बताए ।प्रथम आवधिक योजनाले पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव संशाधन र… पुरा पढौ

नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख नाघ्यो

काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनामा परीक्षण गर्दा ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमित हुनेको संख्या ७ लाख २ हजार ९७ पुगेको हो । सोही अवधीमा ३ हजार ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ जना यो सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट… पुरा पढौ