समाचार

मन्त्रिपरिषदद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाण्डौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो । विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित हुँदै आएको थियो । देशभरका सामुदायिक विद्यालयका लागि नयाँ शिक्षक भर्ना, बढुवालगायतका काम प्रभावित भएको थियो । आयोगमा पदाधिकारी नियुक्तिसँगै अब ती कामले गति लिनेछ । यस्तै, कोरोनाविरुद्धको… पुरा पढौ

मेयर जिसी अस्पतालबाट डिस्चार्ज

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघात भई काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत मेयर जिसी मंगलबार डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका मेयर जिसीलाई अस्पतालका चिकित्सक, नर्सलगायतले माला र खादा लगाएर पूर्ण स्वास्थ्य लाभको कामना गर्दै बिदाई गरेका थिए । अस्पतालबाट डिस्चार्ज भएपनि मेयर जिसी चिकित्सकको निगरानीमै रहनेछन् । सोहि कारण मेयर जिसीलाई उनको छोरीको घर बुढानिलकण्ठमा राखिएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । उनका अनुसार त्यहाँ स्वास्थ्यकर्मीको एक टोली चौविसै घण्टा… पुरा पढौ

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी !

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन् । स्रोतहरूका अनुसार शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । पुरा पढौ

मोटरसाइकल चोरी गरेको आरोपमा पोखराबाट दुइ जना पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेको आरोपमा धादिङ घर भई पाखरा महानगरपालिका वडा नम्बर १३ कमलाटोल बस्ने २६ वर्षिय प्रकाश पोख्रेल र स्याङ्जा घर भई पोखरा १३ बस्ने धिरज सुनार पक्राउ परेका हुन् । उनीहरुलाई मोटरसाइकलसहित रंगेहात पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको साथबाट बरामद गरिएको मोटरसाइकल पोखरा १३ मियापाटनका काजीमान श्रेष्ठको रहेको प्रहरीको भनाई छ । श्रेष्ठको ग.४ प. ४६२२ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल गत बैशाख… पुरा पढौ

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता

रूपन्देही । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा सरकार परिवर्तनको तयारीमा लागेका कांग्रेस, माओवादी र जसपाका ३४ सांसदको हस्ताक्षर रहेको छ । यसअघि लुम्बिनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले दुई पटक अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षीहरुले वैशाख ६ गते पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोमबार… पुरा पढौ

जलविद्युत्ले बदलिएको ‘हाइड्रो भिलेज’ उर्फ नारच्याङ गाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् । निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा चहलपहल र आर्थिक गतिविधि बढाएको छ । वडाध्यक्ष चन्द्रप्रकाश फगामी भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाहरुबाट महत्वपूर्ण योगदान भएको बताउँछन् । “कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका… पुरा पढौ

साहसिक पर्यटक पर्खंदै विश्वकै दोस्रो अग्लो बन्जी पुल

गलकोट । कोभिड-१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा-बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना कहरले बढी प्रभावित भएको छ । विसं २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो । कोरोनाको दोस्रो लहरअघि पर्यटकले भरिभराउ… पुरा पढौ

अमेरिकाले जित्यो कन्काकाफको उपाधि

कन्काकाफ फुटबलको उपाधि अमेरिकाले जितेको छ। अमेरिकाको नेभादास्थित एलिजेन्ट रंगशालामा मंगलबार बिहान सकिएको खेलमा अमेरिकाले मेक्सिकोलाई १–०ले हराएको हो। खेलमा निर्धारित समयसम्म कुनै पनि टोलीले गोल हुन नसकेपछि आधा घण्टा थप गरिएको छ। खेलको १ सय १८ औं मिनेटमा अमेरिकाका लागि माइल्स रोविन्सनले गरेको गोल नै निर्णायक बन्यो। खेलमा मेक्सिकोले अमेरिकामाथि दबाब बनाएर खेलेपनि गोल गर्न सकेन। मध्य अमेरिकी, उत्तर अमेरिकी तथा क्यारेबियन देशहरुको ठूलो फुटबल प्रतियोगिताका रुपमा कन्काकाफ गोल्डकप आयोजना हुने गरेको छ। कन्काकाफको सेमिफाइनलमा अमेरिकाले कतारलाई १–० गोलले… पुरा पढौ

भारतकी स्टार पीवी सिन्धुले रचिन् नयाँ इतिहास

जापानमा जारी ३२ औं गृष्मकालीन टोकियो ओलम्पिकमा भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले नयाँ इतिहास रच्न सफल भएकी छन्। उनी ओलम्पिकमा लगातार २ वटा मेडल हात पार्ने पहिलो भारतीय महिला खेलाडी बन्न सफल बनेकी छन्। यो उपलब्धि हासिल गर्ने उनी सुशील कुमारपछि दोस्रो भारतीय खेलाडी हुन्। टोकियो ओलम्पिकमा सिन्धुले चीनकी जियाओ विङलाई केवल ५२ मिनेटमा २१–१३, २१–१५ ले हराउँदै काँस्य पदक हात पार्न सफल भइन्। सिन्धुले सन् २०१६ को रियो ओलम्पिकमा पनि रजत पदक जितेकी थिइन्। सुशीलले सन् २००८ को… पुरा पढौ

टोकियो ओलम्पिक : २९ स्वर्ण सहित चीनको अग्रता कायमै

विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ। टोकियोमा जारी ओलम्पिकको दशौँ दिनको खेल सकिदा कुल २०० स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन्। ओलम्पिकको दशौँ दिनसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ। चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो। चीनले २९ स्वर्ण पदकसहित कुल ६२ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २२ स्वर्ण पदकसहित कुल ६४ पदक… पुरा पढौ