समाचार

लाइन काटेर बक्यौता असुल

बागलुङ। नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ । महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए । मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नतिरेमा बिनासूचना जुनसुकै समयमा पनि प्राधिकरणले लाइन काट्न सक्ने कानूनी व्यवस्था छ । तोकिएको अवधिभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको… पुरा पढौ

कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मङ्गलबार उत्खनन भइरहेको बगरको अनुगमन गरेको थियो… पुरा पढौ

निर्मलाको न्याय माग्दै पोखरामा दिप प्रज्वलन

पोखरा । निर्मला पन्तको न्यायको माग गर्दै पोखरामा दिप प्रज्वलन गरिएको छ । कन्चनपुरकी १३ वर्षिय पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पुग्दा समेत हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकोको भन्दै पोखरेली युवाहरुले पोखराको सिद्धार्थचोकमा मंगलबार दिप प्रज्वलन गरेका हुन् । स्वतः स्फूर्त रुपमा भेला भएका पोखरेली युवाहरुले केही बेर विभिन्न नारा अंकित प्लेकार्ड भेला भएका उनीहरुले निर्मला पन्तलाई छिटोभन्दा छिटो न्याय दिनको लागि सरकारसंग मागसमेत गरेका थिए । पुरा पढौ

उच्च अदालतबाट पूर्वसभामुख महरालाई सफाइ

काठमाण्डौं । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिएको छ । न्यायाधीशद्वय माधव पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले आज उहाँलाई सफाइ दिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले पनि पूर्वसभामुख महरालाई उक्त मुद्दाबाट सफाइ दिएको थियो । उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको उच्च अदालतका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताए । पुरा पढौ

मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक कोइरालालाई युनियनको बधाई

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालाई प्रेस युनियन कास्कीले बधाई तथा शुभकामना दिएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् कोइरालालाई मंगलबार एक कार्यक्रमका बिच युनियनले शुभकामना दिएको हो । कार्यक्रममा युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले काइराला प्रेस संयोजक हुँदा प्रेस युनियनको आकर्षण र उचाई बढेको बताए । प्रदेशको मन्त्री र मन्त्रालयसँग नजिक रहने हुँदा युनियनको विकाशमा सहकार्य गर्दै अगाडि बढ्ने अपेक्षा गर्दै केही समस्या परेमा प्रेस युनियन सहकार्य गर्न तयार रहेको बताए ।… पुरा पढौ

मुख्यमन्त्रीले लिए ११ वटै जिल्लाको कोभिड र विपदको जानकारी

पोखरा । मन्त्रिमण्डलले पूर्णता पाएसँगै गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कार्यसम्पादनलाई तीब्रता दिएका छन् । आइतबार र सोमबार उनले प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, पालिकाका प्रमुख तथा अध्यक्षसँग जुम बैठक गरेका छन् । कोरोना संक्रमण दर बढ्दै गरेको अवस्थामा खोप व्यवस्थापनका साथै आगामी दिनमा गर्न सकिने कामका बारेमा उक्त अवसरमा छलफल भएको छ । बाढी पहिरोले पु¥याएको क्षतिको विवरण संकलन साथै पीडितलाई राहत, विस्थापितलाई पुनस्र्थापना गर्ने बारेमा समेत मुख्यमन्त्री पोखरेलले जानकारी लिएका छन् । कोरोनाविरुद्धको… पुरा पढौ

ओलम्पिक : एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाण्डौं । जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । टोकियोको एक्वेटिक सेन्टरमा आज भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका थिए । एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने सकिएको छ । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले… पुरा पढौ

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल सिफारिस

काठमाण्डौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेलको नाम सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदै छन् । यसैगरी बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय… पुरा पढौ

प्रदेश प्रमुखका लागि गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई सिफारिस

काठमाण्डौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्दै गण्डकीका लागि गुरुङ र लुम्बिनीका लागि शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकको निर्णय राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । पुरा पढौ

पर्यटन व्यवसायीलाई खोप दिनका लागि पहल गर्ने अर्थमन्त्री बरालको प्रतिबद्धता

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको पर्यटन क्षेत्रकोपुर्नउत्थानका लागि पाँच हजार खोप ब्यबस्थापन गर्ने वताउनुभएको छ । पोखराका पर्यटन व्यबसायीहरुले अर्थमन्त्री बराललाई मंगलवार मन्त्रालयमै भेटेर पाँच हजार खोप भए, पोखराको पर्यटन ब्यबसाय तँग्रिने जानकारी गराएका थिए । अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप ब्यबस्थापन गर्न केन्द्र सरकारसँग पनि पहल हुने जानकारी पर्यटन व्यबसायीलाइ गराउनुभयो । पोखरा पर्यटन पर्यटन परिषदको नेतृत्वमा पोखराका अगुवा पर्यटनकर्मीहरु अर्थमन्त्रालय पुगेर अर्थमन्त्री बराललाइ बधाइ दिदै व्यबसायिक जिवन रक्षा कोषबाट समस्यामा परेका ब्यबसायीलाइराहत दिन आग्रह… पुरा पढौ