पाकिस्तानसँगको ३ खेलको एक दिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ। लर्डसमा भएको दोस्रो एक दिवसीयमा पाकिस्तानलाई ५२ रनले हराएसँगै इंग्ल्याण्डले एक खेलअघि नै श्रृंखला हात जितेको हो। २ सय ४८ रनको लक्ष्य पाएको पाकिस्तान ४१ ओभरमा १ सय ९५ रनमा समेटिएपछि इंग्ल्याण्डको जित संभव भएको हो। पाकिस्तानका साउद शकिलले सर्वाधिक ५६ रन बनाएपनि टोलीलाई जिताउन भने सकेनन्। इंग्ल्याण्डका लेविस ग्रेगोरीले ३, तथा क्रेग ओभर्टन, सकिब मोहमुद र माट पार्किनसनले २/२ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४५ ओभर…
पुरा पढौ