गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूलाई पदमुक्त गरेकोमा आफू कत्तिपनि दुःखी नबनेको बताएकी छन् । देउवा सरकारले पदमुक्त गरेको भोलिपल्ट पोखरामा पत्रकार भेटघाट गर्दै निवर्तमान प्रदेश प्रमुख पौडेलले समाज परिवर्तनका लागि राजनीतिको निर्मम बाटो अप्नाएर अघि बढेकाले आफू पदमुक्त हुनुलाई स्वाभाविक मानेको बताइन् । उनले अगाडि भनिन्,‘संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएकाले पनि यो निर्णयले मलाई कत्ति दुःखी बनाएको छैन ।’ निवर्तमान प्रदेश प्रमुख पौडेलले राजनीतिक अस्थिरताले देश नबन्ने बताइन् । उनले भनिन्,‘राजनीतिक अस्थिरताले देश बन्दैन, यो सत्य हो…
पुरा पढौ