पोखरा । सिद्धार्थ क्लब पोखराले आफ्नो स्थापनाको ३७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरेको छ । क्लबले २२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई चामल, दाल, मस्यौरा, नुन, तेल, चना, चिउरा लगायतका खाद्यसामग्री वितरण गरेको क्लबकी सचिव ईन्दिरा मर्सानी श्रेष्ठले बताइन् । राहत वितरण कार्यक्रममा मन्तव्य राख्दै क्लबकी अध्यक्ष पार्वती माकाजूले क्लबले कोरोना महामारीले अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनमा ल्याएको असहजतालाई मध्नजर गर्दै उनीहरुको दैनिकीमा सहजता पु¥याउने उद्देश्यका साथ राहत वितरण कार्यक्रम आयोजना गरेको जानकारी गराइन् । साथै उनले…
पुरा पढौ