समाचार

षडयन्त्र कि संयोग : कोरोना रिपोर्ट पोजिटिभ भनिएकी धाविका सरस्वतीकी प्रशिक्षक मल्लको पछिल्लो रिपोर्ट नेगेटिभ देखियो

टोकीयो ओलम्पिकमा प्रशिक्षकका रुपमा जापान जान लागेकी ईन्द्राकुमारी मल्ललाई कोरोना पोजिटिभ भनिएपनि उनको पछिल्लो रिपोर्ट कोरोना नेगेटिभ आएको छ । धाविका सरस्वती चौधरीको प्रशिक्षकका रुपमा टोकियो ओलम्पिकमा सहभागिता जनाउन लागेकी उनलाई अन्तिम समयमा कोरोना पोजिटिभ देखिएको भन्दै उनको नाम काटिएको थियो । उनी नजाने पक्का भएसँगै उनको ठाउँमा प्रारम्भिक सूचीमा रहेका सन्तोष श्रेष्ठलाई पठाउने निर्णय भएको भन्दै नेपाल ओलम्पिक कमिटीले विज्ञप्ती जारी गरिसकेको छ । तर अहिले आएर गरिएको कोरोना टेष्टमा ईन्द्राकुमारी मल्लको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसलाई… पुरा पढौ

एसइईको नतिजा प्रकाशन हुनुभन्दा पहिले नै भर्ना नलिन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो । शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, “कक्षा ११ मा भर्ना गर्दाको… पुरा पढौ

एमालेले सोध्यो माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई कारवाही गर्ने जनाएको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता नेपालसहितका सांसदले पार्टी विधिविधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए । आइतबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२ सांसदले पार्टी निर्णयविरुद्ध विश्वासका पक्षमा मतदान गरेका थिए । बैठकले स्पष्टीकरण… पुरा पढौ

स्थानिय यातायात प्रालि र भीमाद यातायात प्रालिबीच एकीकरण घोषणा

गण्डकी प्रदेशका दुई यातायात प्रालिबीच एकीकरण भएको छ । स्थानिय यातायात प्रालि (कास्की) र भीमाद यातायात प्रालि(तनहुँ)बीच एकीकरण भएको हो । पोखरामा सोमबार एक कार्यक्रमबीच स्थानिय यातायात प्रालि (कास्की)का अध्यक्ष केदारप्रसाद पौडेल र भीमाद यातायात प्रालि(तनहुँ)का अध्यक्ष महेन्द्रबहादुर श्रेष्ठले संयुक्त रुपमा दुई यातायात प्रालि एक भएको घोषणा गरे । अब यी दुई यातायात प्रालिले एकीकृत रुपमा व्यवसाय सञ्चालन गर्ने भएका छन् । साथै एकले अर्को ठाउँको रुटमा गाडी सञ्चालन गर्नसमेत दिइने जनाइएको छ । एकीकरण भएका दुई यातायात मध्ये स्थानिय… पुरा पढौ

भारतमा थप ३८ हजार १६४ नयाँ सङ्क्रमित

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार १६४ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ४४ हजार भन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २१ हजार ६६५ रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ४९९ जनाको मृत्यु भएको पनि मन्त्रालयले सोमबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म… पुरा पढौ

लमजुङमा करेन्ट लागेर एक बालिकाको मृत्यु

लमजुङ । राइनास नगरपालिका–७ सालफेदीकी एक बालिकाको आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ८ः३५ बजे राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिले सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो ।” बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक… पुरा पढौ

‘गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउने’

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशमा छिट्टै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार गरिन लागिएको जानकारी दिएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका– १६ द्वारा आज आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले एक÷दुई दिनमै पूर्णता पाउने बताएका हुन् । सरकार थप विस्तार तथा हेरफेर सम्बन्धमा दलबीच सहमति भइसकेको उनले बताए । कार्यक्रममा काँग्रेस पोखरा महानगरपालिका–१६ का सभापति होमबहादुर बानियाँ, नेपाल तरुण दलका सभापति विक्रम बस्नेत, पूर्व इकाइ सभापति शिवराज… पुरा पढौ

अमेरिकाले दिएको ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन सुरु, प्रधानमन्त्रीले गरे अनुगमन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गरेका छन् । प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गरेका हुन् । केन्द्रीय युनिफाइड अस्पतालमा प्रधानमन्त्री देउवालाई उपनिर्देशक डा. अशेष ढुङ्गेलले खोप लगाउनका लागि आयोजना गरिएको व्यवस्थाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री देउवाले अस्पतालमा खोप लगाइरहेका बेला निरीक्षण गरेका… पुरा पढौ

पश्चिमी युरोपको बाढी अपडेट: मृत्यु हुनेको संख्या १८३ पुग्यो

पश्चिमी युरोपमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १८३ पुगेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार विस्तारै बाढीको स्तर कम भएसँगै उद्धारकर्ताहरुले हराएका मानिसहरुको खोजी गरिरहेका छन्। जर्मनीको राइनल्याण्ड–प्लाटिनेट प्रान्तका एहरवीलर इलाका बाढीबाट सबैभन्दा प्रभावित भएको छ। त्यहाँ ११० भन्दा धेरै मानिसको मृत्यु भएको छ, यो आँकडा बढ्न सक्ने स्थानीय प्रशासनको आशंका छ। जर्मनीको सबैभन्दा घना बस्ती रहेको नर्थ राइन–वेस्टफालिया प्रान्तमा ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ। जर्मनीपछि बेल्जियम पनि बाढीको कारण निकै प्रभावित बनेको छ। बेल्जियममा अहिलेसम्म २७ जनाको मृत्यु… पुरा पढौ

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो। साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारवाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिएका छन्। महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म बढी… पुरा पढौ