समाचार

कांग्रेसद्वारा चितवन घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

काठमाण्डौं । नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको जनाएको छ । साथै ९ दिनसम्म उहाँ नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उहाँले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु तथा अन्तिममा जङ्गलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धान मार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका हुन् । मुलुकका विभिन्न भागमा महिला… पुरा पढौ

प्रदेश अनुकुल मौद्रिक नीतिका लागि सुझाव संकलन, सरकार–निजी क्षेत्र सँगसँगै : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उनले उनले यसका लागि कस्तो वातावरण चाहिन्छ बसेर छलफल गर्न आफू तयार रहेको उनले बताए । उनले भने, ‘हामीले दिएका सुझावलाई पक्कै पनि राष्ट्र बंैेकले अबलम्वन गर्छ ।’ उनले प्रदेशको वस्तुस्थिति अनुसारको मौद्रिक नीति आओस् भनेर व्यवसायीहरुसँग छलफल गरिएको बताए । उनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि… पुरा पढौ

पेमा छाल शाक्य गुम्बाद्धारा अपाङ्ग र वृद्धाहरुलाई खाद्यान्न सामग्री वितरण

कोरोना भइरसको दोश्रो भेरियन्ट देखिएसंगै गत वैशाखको अन्तिम सातादेखी जारी गरिएको निशेधाज्ञा विस्तारै खुकुलो हुन थालेको छ । निशेधाज्ञा खुकुलो भएतापनि अपांगता भएका र वृद्धाश्रममा आश्रित रहेका वृद्धवृद्धाहरुका लागी भने निशेधाज्ञाका कारण दैनिक जीवन जीउन अफ्ठ्यारो परेको छ । अपांगता भएका हरुले आफुहरुले सानोतिनो व्यापारको काम गर्ने भएतापनि निशेधाज्ञाका कारण बजार बन्द हुदा दैनिक जीवन जीउन निकै अफ्ठ्यारो परेको छभने वृद्धाश्रममा पनि अन्य वेलामा झै सहयोगी मन भएकाहरु सजिलै पुग्न नसक्दा खाद्यान्न सामाग्रीको अभाव सृजना हुन थालेको हो ।यसैलाई मध्येनजर… पुरा पढौ

पोष्ट कोभिडका कारण ट्रेड युनियन कंग्रेसका बरिष्ठ उपाध्यक्ष कुँवरको निधन

नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ ।ट्रेड युनियन कंग्रेसका बरिष्ठ उपाध्यक्ष कुँवरको पोष्ट कोभिडको समस्याका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) भएर सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । कोरोना संक्रमण नेगेटिभ आएपनि कोभिडबाट उत्पन्न निमोनियालगायतका समस्याका कारण उनको मृत्यू भएको परिवारले बताएको हो । स्वर्गिय कुँवर गत स्थानिय चुनावमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी थिए । उनी हालका मेयर एमाले नेता मानबहादुर जिसीसँग पराजित भएका थिए । पुरा पढौ

“नो भ्याक्सीन, नो टुरिज्म” भन्दै पर्यटन व्यवसायीले दिए प्रशासनमा धर्ना

पोखराका पर्यटन व्यवसायीले पर्यटन व्यवसायको पुनरुत्थानका लागि विभिन्न माग राखेर प्रधानमन्त्रीका ध्यानाकर्षण गराएका छन् । परिषद् आवद्ध संघसंस्थाले सोमबार “नो भ्याक्सीन, नो टुरिज्म” भन्ने प्लेकार्ड सहित दुई घण्टा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए पश्चात परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको हो ।ज्ञापन पत्रमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात पोखरा र गण्डकी प्रदेशको पर्यटन व्यवसायले लामो समयदेखि कोभिड १९ को महामारीले क्षति व्यहोर्नु परेको जनाउँदै पर्यटनमा भएको लगानी र रोजगारलाई बचाई राख्न सरकारलाई पर्यटन… पुरा पढौ

कोरोना विरुद्धको खोप वितरणमा समानता होस– बान कि मुन

बेइजिङ। संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिएका हुन् । एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने– यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको… पुरा पढौ

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६- ०७७’ सभासमक्ष पेश गरेका थिए। त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदनसभासमक्ष पेश गरे । बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटालाई प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा र दृगनारायण पाण्डेयलाई राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मनोनयन… पुरा पढौ

‘प्रधानमन्त्री नियुक्तिका लागि देउवाले राष्ट्रपतिसमक्ष बुझाउनुभएकाे हस्ताक्षर किर्ते होइन’

काठमाण्डाै । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर किर्ते नभएको दाबी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइका क्रममा उनले यस्ताे दाबी गरेका हुन् । प्रधानमन्त्री नियुक्तिका लागि देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर किर्ते होइन, वरिष्ठ अधिवक्ता थापाले भने, को कहाँ छ, त्यहीँ सही गराउने हो, किर्ते छ भने कारबाही लगाउनुस्, त्यो… पुरा पढौ

प्रधानन्यायाधीशको प्रश्नः एमालेबाहेकको वैकल्पिक सरकार बन्न सक्छ ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा (एमाले) बाहेक वैकल्पिक सरकार बन्न सक्ने अवस्था भए वा नभएको प्रश्न इजलासमा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको अवस्थामा उनले सो प्रश्न गरेका हुन् । प्रधानन्यायाधीश राणाले भने, “संविधानको धारा ७६(५) को व्यवस्था प्रधानमन्त्री नियुक्तिका लागि मात्र हो कि अरु पनि छ ? एमालेबाहेकको वैकल्पिक सरकार बन्नसक्ने अवस्था छ ?” जवाफमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले… पुरा पढौ

सेनाद्वारा प्रहरीलाई ३०० थान हतियार हस्तान्तरण

काठमाडौँ। नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापालाई सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उक्त परिमाणको इन्सास, एसएलआरलगायतका हतियार र सोको गोली एवं आवश्यक पार्टपुर्जा हस्तान्तरण गरेका हुन् । मन्त्रिपरिषद्को गत जेठ १७ को निर्णयानुसार सेनाले १० हजार ८१८ नाल हरियार तथा १४ लाख ९४ हजार १६ थान गोली र आवश्यक पार्टपुर्जा प्रहरीलाई तीन चरणमा उपलब्ध गराउने छ । प्रहरीले तालीम, विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा अन्य… पुरा पढौ