समाचार

पहिरोका कारण गलेश्वरपारिको बस्ती उच्च जोखिममा

म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा परेको छ। पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभर जाग्राम बस्न बाध्य भएका छन्।बस्तीमाथिको भिरालो पाखो लस्किएर बस्ती नजिक आइपुगेको छ। गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापर्बाही गर्दा बस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासी बताउँछन्। गत वर्षदेखि सडक निर्माण थालिएको थियो। कमजोर र भिरालो जमीनमा जथाभावीरूपमा सडक बनाउँदा पहिरो चलेको स्थानीयवासी बताउँछन्। जेठको पहिलो सातादेखि नै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन्। विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि… पुरा पढौ

म्याग्दीका १७ भित्री सडकहरु अवरुद्ध

लगातारको वर्षाले बाढी पहिरो आएकोले म्याग्दी जिल्लाका मुख्य सडकसहितका १७ वटा सडक अवरुद्ध हुँदा यातायात संचालनमा अवरुद्ध आएको छ। असारको सुरुवातसँगै परेको अविरल वर्षाका कारण झरेको पहिरोले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडकहरु अवरुद्ध भएका हुन् । जिल्लाका बेनी–बरंजा, बेनी–पुलाचौर र बेनी–झीँ सडक अण्ड बाहेकका सबै सडक अवरुद्ध छन् ।यी ३ वटा सडकमा पनि जीपबाहेक ठूला सवारी साधनहरु संचालनमा आउन सकेका छैनन्। पहिरोका कारण सडक साघुरिएकाले ठूला सवारी साधन संचालन हुन नसकेको हो। जिल्लाका कुनैपनि ग्रामीण सडकमा बस चल्न सक्ने… पुरा पढौ

पार्टीमा विवाद हुँदा सदन विघटन गरिनु लोकतान्त्रिक संस्कार होइन : अध्यक्ष ‘प्रचण्ड’

काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वाेच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा समर्थन जनाउँदै उनले मनोगत, अहङ्कार र व्यक्तिवादी गतिविधि आफूहरूलाई स्वीकार्य नहुने धारणा व्यक्त गरे । निरङ्कुशताविरुद्धको आन्दोलन दलहरू मिलेर गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले एक वर्षका बीचमा प्रतिनिधिसभाको विघटन र सर्वाेच्च अदालतबाट पुनस्र्थापनाका घटना नेपालको इतिहासमा… पुरा पढौ

संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

काठमाण्डौँ । नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ । संयुक्त राष्ट्र सङ्घको १२ शान्ति स्थापनार्थ मिशनमा सहभागी नेपाली सेना राष्ट्र सङ्घको वरियता सूचीमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा उक्लिएको हो । राष्ट्र सङ्घले विभिन्न मिसनमा फौजको सङ्ख्या घटाइरहेका बेला नेपालको राम्रो कार्य क्षमताका कारण सङ्ख्या थपको माग भइरहेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए । विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१… पुरा पढौ

गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–११ का ७५ वर्षीय रोहीका कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न गएको समयमा कुमाललाई गैँडाले आज अपराह्न २ः४० बजे आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएका कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा ३ः४५ बजे मृत्यु भएको हो । पुरा पढौ

थप एक हजार ८०१ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौँ । नेपालमा थप एक हजार ८०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख १६ हजार ४९ पुगेको छ । थप छ हजार ६२८ को पीसीआर परीक्षण तथा तीन हजारको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट एक हजार २२३ तथा एन्टिजेनबाट ५७८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म छ लाख ३२ हजार ७४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।… पुरा पढौ

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिन सफल भएका छन् । विश्वासको मत लिन प्रतिनिधिसभामा राखेको प्रस्तावमा प्रधानमन्त्रीको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । विश्वासको मतको विपक्षमा ८३ जना सांसदले मत दिएका छन् । एकजना सांसद तटस्थ रहे । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद उपस्थित थिए । २१ जना सांसद अनुपस्थित रहेका थिए । संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिनको दोस्रो बैठकमा… पुरा पढौ

कास्कीमा जारी निषेधाज्ञा खुकुलो बन्दै

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञाको प्रावधानलाई थप खुकुलो पार्दै साउन तेस्रो सातासम्म लम्बाएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जिल्लामा पछिल्लो दिनहरुमा कोरोना संक्रमणदर, मृत्युदर लगायतमा क्रमिक रुपमा कमी आइरहेको विश्लेषण गर्दै आगामी साउन २० गतेसम्म निषेधज्ञा लम्बाउने निर्णय गरेको हो । प्रशासनले यसअघिको निषेधाज्ञाको प्रावधानलाई थप खुकुलो पार्दै साउन २० गतेसम्म मध्यरातसम्म लम्बाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेस्वर गौतमद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ । जसअन्तर्गत अब साउन ६ देखि लामो दूरीका सवारीसाधन… पुरा पढौ

हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ : डा रिजाल

काठमाण्डौं । नेपाली कांग्रेका नेता डा मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा मत जाहेर गर्दै उनले लोकतन्त्रलाई जोगाउने र मुलुकको समृद्धिको बाटोमा अघि बढ्न सबैसँग सहकार्य गर्ने विश्वास दिलाए । उनले, “अदालतले प्रधानमन्त्रीले नियुक्त गरेको नभई कानूनी राज्य र लोकतन्त्र कायम राख्नुपर्छ भनेर निर्णय सुनाएको हो, अदालतले गरेको निर्णयलाई विशिष्ट तागतका… पुरा पढौ

भीम रावलले सांसद पदबाट राजीनामा दिए

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । आफू पार्टी एकताको पक्षमा रहेको र अनैतिक खेल हुन लागेको भन्दै उनले राजीनामा दिने घोषणा गरेका हुन् । रावल पार्टी एकता गर्न बनाइएको कार्यदलको १० बुँदे सहमति कार्यान्वयन गर्न लागिपरेका थिए । तर आफ्नै पक्षबाट असहयोग पाएको भन्दै उनी रुष्ट देखिएका थिए । संसदमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । पार्टीको निर्णयबमोजिम देउवालाई विश्वासको मत दिनुभन्दा उनले राजीनामा उपयुक्त देखेको बताइएको छ । पुरा पढौ