पोखरा। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयोजनमा दुईदिने पुस्तकालय व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ।पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजार, पोखराको सभाहलमा सम्पन्न उक्त तालिममा गण्डकी प्रदेशभित्रका विभिन्न शैक्षिकसंस्थाहरु पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक विद्यालय, पश्चिमान्चल क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस लगायत विभिन्न कलेज र सामुदायिक तथा सार्वजनिक पुस्तकालयबाट ३० जना सहभागीहरूको उपस्थिति रहेको थियो जसमा नेपाल पुस्तकालय संघका सदस्यहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।तालिमको उद्घाटन गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराका कार्यकारी निर्देशक श्री सुरेन्द्र…
पुरा पढौ