समाचार

पदीय दायित्व नबुझ्दा प्रदेश प्रमुख पौडेल विवादमा तानिइन्

पोखरा । पदीय दायित्व नबुझ्दा गण्डकी प्रदेश प्रमुख सीता पौडेल विवादमा तानिएकी छन् । आफ्नो पदीय दायित्व नबुझी सभामुखप्रति कटाक्ष गर्दा प्रदेश प्रमुख पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा तानिएकी हुन् । सरकारले पौडेललाई सोमबार गण्डकी प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको थियो । प्रधानमन्त्री ओली निकट उनलाई अमिक शेरचनलाई हटाउँदै नियुक्त गरिएको हो । नियुक्त गरेकै दिन राष्ट्रपतिबाट सपथ लिएकी उनी बुधबार पोखरा आएर पदभार ग्रहण गरिन् । पदभार ग्रहण लगत्तै उनले विवादित पदीय मर्यादा विपरित सभामुखको राजिनामा माग्ने घडी… पुरा पढौ

कोरोना संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मणिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पताल, पोखरामा उपचाररत उनीहरुको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । मृत्यु हुनेमा तीन जना कास्कीको पोखरा महानगरपालिकाका हुन् भने धवलागिरी गाउँपालिका, म्याग्दीका एक जना रहेको निर्देशनालयका निर्देशक तथा प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । कास्कीको पोखरा महानगरपालिका–३ का ८७ वर्षिय पुरुषको बुधबार चरक मेमोरियल अस्पतालमा मृत्यु… पुरा पढौ

बेनीमा पनि निषेधाज्ञा

म्याग्दी। दोस्रो लहरको कोरोना सङ्क्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा आजदेखि निषेधाज्ञा गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बेनी नगरपालिका क्षेत्रमा नौ दिन निषेधाज्ञा जारी गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताए । चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिकर्मी र सङ्घसंस्थाका प्रतिनिधिले कोरोना रोकथामका लागि निषेधाज्ञा गर्न सिफारिस गरेका… पुरा पढौ

न्याय क्षेत्रका १६१ मा कोरोना संक्रमण

काठमाडौँ। कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र महामारीकै कारण सबै अदालतमा सेवा कटौती गरिएको छ । यसअघि नै सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ… पुरा पढौ

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार सङ्क्रमित

नयाँ दिल्ली। कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२… पुरा पढौ

शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो । सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शैय्याको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो ।… पुरा पढौ

उपत्यकामा निषेधाज्ञा : थप कडाइ, बिहान ९ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द

काठमाडौँ। काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने छ । कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो क्रममा… पुरा पढौ

वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउछ : अध्ययन

एजेन्सी । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्वन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनकोे एक अध्ययनले देखाएको छ । सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख गरिएको छ । मुटुसम्वन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन् । अध्ययनमा अमेरिका, चीन र युरोपेली मुलुकलगायतका देशका बालबालिका माथिको अध्ययनमा पनि समेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । बालबालिकामा उच्च रक्तचापका कारण तनावसम्वन्धी समस्या… पुरा पढौ

‘रवीन्द्रका अनुहारमा समृद्धि झल्कन्थ्यो’

पोखरा । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी विकासका संवाहक साथै एक दूरदर्शी नेताका रुपमा रहेको विभिन्न क्षेत्रका वक्ताले चर्चा गरेका छन् । अधिकारीको ५२ औंँ जन्मजयन्तीका सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रष्ठिानद्वारा आयोजित ‘विकास, समृद्धि, राजनीति र रवीन्द्र अधिकारी’ विषयक भर्चुअल विचार गोष्ठीका वक्ताले अधिकारी विकासको स्पष्ट धारणा बोकेर गन्तव्यमा लम्केको नेताका रुपमा चित्रण गरे । अधिकारीका अनन्य मित्र बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले विकासका लागि राजनीतिक चेतना आवश्यक रहेको बताउनुभयो । प्रा डा भरतराज पहारीले विकासलाई आध्यात्मिक… पुरा पढौ

नवनियुक्त प्रदेश प्रमुख पौडेलको अभिव्यक्ति प्रति विपक्षी दलको ध्यानाकर्षण (विज्ञप्ती सहित)

पोखरा । नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले दिएको अभिव्यक्ति प्रति गण्डकी प्रदेशका विपक्षी दलले आपत्ती जनाएका छन् । बुधबार पदभार ग्रहणका क्रममा प्रदेश प्रमुख पौडेलले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन् । पदबहालीको क्रममा प्रदेश प्रमुख पौडेलले गण्डकी प्रदेशसभा प्रतिपक्षका कारणले अवरुद्ध भएको भन्ने अभिव्यक्ति गलत, भ्रामक र आपत्तिजनक रहको विज्ञप्तीमा भनिएको छ । साथै उनको अभिब्यक्ती पदको मर्यादा विपरित रहेको जनाइएको छ । विज्ञप्तीमा ‘प्रतिपक्षको… पुरा पढौ