समाचार

छैटौं नेपाली राष्ट्रिय पत्रकारिता दिवस

आज बैशाख २४ अर्थात नेपाली राष्ट्रिय पत्रकारिता दिवस । नेपालमा गोरखापत्र प्रकाशनको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाइँदै आएको छ। विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो। आजको दिनलाई गोरखापत्रको १२१ औ वार्षिकउत्सव तथा छैटौं राष्ट्रिय पत्रकारिता दिवसका रुपमा लिइन्छ। सरकारले ६ वर्षअघि राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेसँगै बैशाख २४ आम नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण दिन बनेको हो। हरेक वर्ष विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको छ । नेपाली सञ्चार क्षेत्रको पुर्नसंरचना, सञ्चार… पुरा पढौ

गण्डकी प्रदेशसभा बैठक २७ गते बस्दै

पोखरा । गण्डकी प्रदेश सभा बैठक बैशाख २७ गते सोमबार बस्ने भएको छ । विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक तय गरेको हो । बैठकले यसअघीको कार्यतालिका अनुसारै प्रदेश सभा बैठक अगाडि बढाउने निर्णयसमेत गरेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । यसअघी बैशाख १५ गते अविस्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची भएपनि राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि बैठक अचानक स्थगित भएको थियो । जनमोर्चाकी सांसद पियारी थापाले सांसद शाही सम्पर्क विहीन भएकाले उनको खोजी गर्नुका… पुरा पढौ

बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छः उपप्रम पोखरेल

काठमाण्डौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारवाही भागीदार हुने स्पष्ट गरे । “निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ, त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौंँ”, उपप्रधानमन्त्री पोखरेलले भने, “काठमाडाँैंका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंँले चेतावनी दिइसकेको छ, यदि… पुरा पढौ

रेम्डिसिभिरमा कालोबजारीको आरोपमा गोरखाका मिया पक्राउ

काठमाण्डौं । रेम्डिसिभिर औषधि कालोबजारी गरेका अभियोगमा काठमाण्डौँ टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका–४ का २५ वर्षीय रफिक मियालाई आज प्रहरीले पक्राउ गरेको छ । कोभिड–१९ बाट सङ्क्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । करीब ३० हजार पर्ने छ थान रेम्डिसिभिर एक लाख २० हजारमा किनबेच गर्न लागेका अवस्थामा उनलाई काठमाडौँको वसुन्धराबाट पक्राउ गरिएको जनाइएको छ । मियाले काठमाडौँ महाराजगञ्जस्थित नीलकण्ठ लम्सालका नाममा दर्ता रहेको सेवक फर्माका दीपक… पुरा पढौ

पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लाका लागि समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बिहीबार पर्वत, म्याग्दी र मुस्ताङका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्त्रण गरिएको महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले जानकारी दिए । पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको उपस्थितिमा महासचिव सुवेदी, गण्डकी प्रदेश सचिव यदुनाथ बञ्जरा र कोषाध्यक्ष राजेन्द्र न्यौपानेले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् । पर्वत, म्याग्दी र मुस्ताङका लागि प्रदान गरिएका सामग्री पत्रकार महासंघ… पुरा पढौ

गण्डकी प्रदेशमा हालसम्म १७ हजार तीन सयबढी कोरोना भाइरस संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा हालसम्म १७ हजार तीन सय बढी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १४३ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै संक्रमणमुक्त हुनेको संख्या १७ हजार ३०२ पुगेको हो । निर्देशनालयका अनुसार आज यो सातामा संक्रमणमुक्त हुनेको संख्या बढेको हो । पछिल्लो क्रममा बुधबार ८७ जना, मंगलबार र सोमबार ६३–६३ जना र आइतबार ६४ जनाले कोरोना जितेका थिए । यस्तै पछिल्लो २४ घण्टामा कास्कीका २२१ सहित ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य… पुरा पढौ

बेनीमा निषेधाज्ञा शुरु

म्याग्दी । दोस्रो लहरको कोरोना सङ्क्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा आजदेखि निषेधाज्ञा गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बेनी नगरपालिका क्षेत्रमा नौ दिन निषेधाज्ञा जारी गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताए । । चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिकर्मी र सङ्घसंस्थाका प्रतिनिधिले कोरोना रोकथामका लागि निषेधाज्ञा गर्न… पुरा पढौ

तनहुँमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

दमौली । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्र्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ त ४२०७ नंको ट्र्याक्टर भित्री सडकमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा परी सोही वडा निवासी २२ वर्षीय किरण श्रेष्ठ र १८ वर्षीय सुन्दर… पुरा पढौ

रहेनन् प्रेमध्वज प्रधान

नेपाली सांगीतिक आकाशका एक नक्षत्र प्रेमध्वज प्रधानको निधन भएको छ । बरिष्ठ गायक प्रधानको काठमाडौंको सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा विहीबार निधन भएको हो । ८४ वर्षिय प्रधानको उपचारको क्रममा निधन भएको संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । प्रधान केहि दिन अगाडि अस्पताल भर्ना भएका थिए । छातीमा समस्या भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । तर उनको उपचारकै क्रममा निधन भएको परिवारलाई उद्धृत गर्दै शेषले भने । विसं. १९९४ सालमा… पुरा पढौ

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार अपरान्ह ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले बोलाएको बैठकमा के एजेन्डामा छलफल हुने हो त्यो भने नखुलाइएको उनले बताए । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । राष्ट्रपतिसँगको भेटपछि बोलाइएको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पुरा पढौ