समाचार

उपकरण अभावमा खेर जाँदै धवलागिरि अस्पतालको अक्सिजन

गलकोट। कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ । धवलागिरि अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ । प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको शय्यामा पाइपलाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न मिल्दैन । पाइपलाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेका खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको… पुरा पढौ

अफगानिस्तानमा कार बम विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

अफगानिस्तानमा कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। भिडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्। अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पतालबाहिर सडकमा विस्फोटको घटना भएको हो। स्थानीय समयानुसार बेलुका ६.५० मा घटना भएको थियो। प्रारम्भिक विवरणअनुसार विस्फोट भएको कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो। घटनामा परी मृत्यु हुनेहरुको संख्यामा वृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले सिन्ह्वासँग बताएका छन्। उनीहरुका… पुरा पढौ

भारतको भरुचस्थित कोभिड अस्पतालमा पनि आगलागी, १८ जनाको मृत्यु

भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत २ नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्। एशियाली यस मुलुकमा संक्रमणदर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचस्थित ४ तलाको अस्पतालमा आगलागी भएको हो। स्थानीय समयअनुसार शनिबार बिहान १ बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए। आगो केही समयपछि नियन्त्रणमा आएको थियो। उक्त घटनामा अधिकांश व्यक्तिको निसास्सिँदा श्वासप्रश्वासमा समस्या भइ ज्यान गएको बताइएको छ। एजेन्सी पुरा पढौ

दिल्लीमा लकडाउनको अवधि थपियो

भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण नरोकिएको भन्दै लकडाउनको अवधि थप गरिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार साँझ यसको घोषणा गरेका हुन्। यसअघि ३ मेको बिहान ५ बजेसम्मका लागि लकडाउन लागू गरिएको थियो। यसलाई बढाएर १० मे बिहान ५ बजेसम्मका लाथि थप गरिएको छ। पछिल्ला १५ दिनदेखि दिल्लीमा २० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन्। अन्तिमपटक १६ अप्रिलमा २० हजारभन्दा कम संक्रमित फेला परेका थिए। शुक्रबार नयाँ संक्रमितको संख्या २७ हजार ४७ थियो। त्यही अवधिमा थप ३ सय ७५ जनाले ज्यान… पुरा पढौ

म्याग्दीको कालीपुलबाट होल्डिङ सेन्टर संचालन

म्याग्दी भित्रिने प्रमुख नाका कालीपुल बसपार्कमा शुक्रबारदेखि होल्डिङ सेन्टर संचालन आएको छ। फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथामका लागि विदेश र बाहिरी जिल्लाबाट आउने–जाने व्यक्तिहरूका लागि होल्डिङ सेन्टर संचालन गरिएको हो। जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गरेर कालिपुलको पर्यटक सूचना केन्द्रको भवनमा होल्डिङ सेन्टर तथा नागरिक सहायता कक्ष संचालन गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताएका छन्। होल्डिङ सेन्टरमा बाहिरी जिल्ला र विदेशबाट म्याग्दी आउने नागरिकहरुको बिस्तृत विववरणसहितको अभिलेख राख्ने र सम्बन्धित वडाका जनप्रतिनिधीसँग समन्वय गरेर… पुरा पढौ

स्याङ्जाका वालिङ, गल्याङ र चापाकोट नगरपालिका बन्द

स्याङ्जा जिल्लाका तीन स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन्। जिल्लाका वालिङ, गल्याङ र चापाकोट नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रकोप बढ्दै गएकोले स्वास्थ्यलाई मध्यनजर राखेर नगरभित्रका संपूर्ण कार्यालय, निजी तथा गै¥हसरकारी संस्थाका साथै बैंक तथा वित्तीय संस्थाहरु बन्द गरिएको जनाएका छन्। स्थानीय तहका प्रमुखहरुद्धारा जारी गरिएको सूचनामा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण नगरक्षेत्रमा तीब्र रुपमा फैलन सक्ने भएकोले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ। वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणद्धारा हस्ताक्षरित विज्ञप्तीमा शनिबार राति १२ बजे देखि २५ गते… पुरा पढौ

तनहुँमा कोरोना कहरकै बीचमा परीक्षा संचालन हुँदै

दोस्रो लहरको कोरोना संक्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा संचालनको तयारी थालिएको छ। जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी थालेका हुन्। आँबुखैरेनी गाउँपालिकाले यही वैशाख २१ गतेबाट आधारभूत तहको परीक्षा शुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिएका छन्। साथै अन्य कक्षाको वार्षिक परीक्षा पनि विद्यालय आफँैले वैशाख २१ गतेदेखि संचालन गर्न आग्रह गरेका छन्। कक्षा ८ को प्रवेशपत्र, प्रश्नपत्र र उत्तरपुस्तिका यही वैशाख २० गते गाउँपालिकाकाको कार्यालयबाट वितरण गरिनेछ। बन्दीपुर… पुरा पढौ

ठगिएको रकम सुरक्षित आप्रवासन परियोजनाको पहलमा फिर्ता

सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा तनहुँका १८ जनाले ठगिएको रकम फिर्ता पाएका छन्। वैदेशिक रोजगारको शिलशिलामा ठगिएकाहरूलाई सामी परियोजनाको पहलमा रकम फिर्ता गरिएको हो। चालु आर्थिक वर्षको असारदेखि हालसम्म १८ जनाले ८ लाख ७० हजार रुपैयाँ रकम फिर्ता पाएको परियोजनाका जिल्ला संयोजक लुना रानाले जानकारी दिएकी छन्। यस अवधिमा व्यास नगरपालिकाका ४ लाख, म्याग्दे गाउँपालिकाभित्रकाका ४ लाख ४० हजार रुपैयाँ र अन्य स्थानीय तहकालाई ३० हजार रुपैयाँ रकम फिर्ता गरिएको छ। चालु आर्थिक वर्षमा आप्रवासन केन्द्रमा ९२ वटा मुद्दा… पुरा पढौ

चरक मेमोरियल हस्पिटलको ध्यानाकर्षण

पोखराको चरक हस्पिटल प्रा.लि.ले हस्पिटलको बदनाम र झुठा प्रचारवाजी नगर्न ध्यानाकर्षण गराएको छ। हस्पिटलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै हस्पिटललाई बदनाम र अनरगल झुठा प्रचावाजी नगर्न र नगराउन अनुरोधसमेत गरेको छ। केही दिन यता संस्थालाई कमजोर र बदनाम गर्ने नियतका साथ विभिन्न संचार माध्यम, पत्रपत्रिका र सामाजिक सञ्जालमा केही व्यक्तिले झुठा अनरगल प्रचारवाजी गरिरहेको जनाएको छ। हस्पिटलले कुनैपनि वर्ग, क्षेत्र जातजाति, धर्म तथा राजनैतिक विचारधाराको आधारमा विभेदकारी स्वास्थ्य सेवा प्रवाह नगरेको र भविष्यमा पनि गर्नेछैन भनि जनाएको छ। जारी… पुरा पढौ

कोरोना उपचार प्रभावकारी बनाउन कास्की कांग्रेसको माग

नेपाली काँग्रेस कास्कीले जनताका लागि तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शनिवार बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश र गाउँपालिका सभापतिको संयुक्त बैठकले त्यस्तो माग गरेको हो । नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार, बैठकले जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरेको छ । बैठकले कोरोना महामारीमा बेला जनताका लागि सहज रुपमा कोरोना स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनुपर्नेमा उपचार सेवा समेत दिने नसक्ने भन्दै सरकारले जनताको स्वास्थ्यमा गम्भीर… पुरा पढौ