समाचार

गोरखा महाभुकम्पको सम्झना

आज बैशाख १२ गते। सात वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभुकम्प गएको थियो। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी गोरखा महाभूकम्पको स्मृति दिवस मनाइँदैछ। यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धी, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ। कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ। ०७२ वैशाख १२ गते बिहान ११ः५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भुकम्प गएको थियो। सामान्य दैनिकीमा… पुरा पढौ

दर्शनार्थी चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते

खोटाङ । त्रिधार्मिकधाम खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । सप्तरीको कञ्चनरूप नगरपालिकाबाट हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बा३ख ९२८५ नंको बस आज दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको मृत्यु भएको हो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी दर्शन गरेर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना हुँदा सहचालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको… पुरा पढौ

पत्रकार हरि बाँस्तोला सहित सात सम्मानित

पोखरा । पत्रकार हरि बास्तोला सहित विभिन्न सात व्यक्तित्व आज पोखरामा सम्मानित भएका छन् ।माझठाना पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा एवम् तेश्रो अधिवेशनको अवसरमा पत्रकार बास्तोला सम्मानित भएका हुन् । सम्मानित पत्रकार बास्तोला राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश कार्यालय पोखरामा कार्यरत सहायक समाचारदाता हुन् । यस्तै पोखरा—२८ माझठानामा जन्म भई हाल विभिन्न सामाजिक तथा पेशागत क्षेत्रमा रहेर समाजका लागि योगदान पु¥याएकामा प्राध्यापक डा. मानबहादुर के.सी, डा.निर्मल लामिछाने, पत्रकार केशवशरण लामिछाने, खिमबहादुर गुरुङ, सूर्यप्रकाश तिवारी र गणेश सुनार सम्मानित भएका… पुरा पढौ

‘धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो’ : प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए । “इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको… पुरा पढौ

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई, नेदरल्याण्डस १४२ रनले पराजित

काठमाण्डौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो । नेपालले आज विपक्षी टोलीलाई टी–२०… पुरा पढौ

अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने काठमाडौं वल्ड स्कुलको पोखरामा शैक्षिक अन्तरक्रिया

पोखरा । बेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा अध्ययन गराउने काठमाण्डौ वल्ड स्कुलले पोखरामा अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको छ । २०७५ सालदेखि सञ्चालनमा आएको स्कुलले यही वर्ष (२०२१) देखि क्याम्ब्रिज विश्वविद्यालय स्तरको शिक्षा अध्ययन गराउने प्रक्रियामा रहेको छ । हल कक्षा १ देखि ५ सम्म बेलायती पाठ्यक्रम, ६ देखि ९ सम्म राष्ट्रिय पाठ्यक्रम अध्यापन हुँदै आएको छ ।कक्षा १२ मा अहिले विज्ञान, व्यवस्थापन , मानविकी तथा कानून स.कायको अध्यापन हुँदै आएको छ । सोही क्रममा स्कुलले अहिले देशैभरि अन्तरक्रियात्मक… पुरा पढौ

बृहत फेदिखोला पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण

पोखरा । बृहत फेदीखोला पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा नयाँ बर्ष २०७८ को भित्तेपात्रो लोकार्पण शनिबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समाजसेवी घनश्याम शर्मा लामिछानेले समाजको उद्देश्य राम्रो भएकोले समाजका गतिविधिहरुलाई सक्दो सहयोग गर्ने बताए । क्यालेन्डर प्रकाशन उपसमितिका सदस्य तथा गीतकार लाल कार्की अन्जानले समाजको आवश्यकता र क्यालेन्डर प्रकाशनको उद्देश्य बारे प्रकाश पारेका थिए ।सो अवसरमा आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र तथा भित्तेपात्रो प्रकाशनमा सहयोग दाताहरुलाई सम्मान गरिएको थियो । स्याङ्जा जिल्लाको तत्कालिन ४ गाउँविकास… पुरा पढौ

पत्रकार महासंघका अध्यक्ष सिग्देललाई सम्मान

स्याङ्जा । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा स्याङ्जाले नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको अध्यक्षमा निर्वाचित भएको भन्दै सम्मान गरेको छ । प्रतिष्ठानले नयाँ बर्ष २०७८ सालको भित्ते पात्रो विमोचन तथा शुभकामना आदनप्रदान कार्यक्रममा श्रीकृष्ण सिग्देललाई नागरिकको अगुवाई गर्ने संस्था महासंघमा निर्वाचन भएको भन्दै सम्मान गरेको हो । विभिन्न सामाजिक संघसंस्थामा निर्वाचित हुने अध्यक्षहरुलाई प्रतिष्ठानले हरेक नयाँ बर्षको शुभारम्भमा सम्मान गर्दै आएको छ । सिग्देलले पत्रकारीता क्षेत्रबाट स्याङ्जाको कलाकारीता क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको पनि प्रतिष्ठानको ठहर… पुरा पढौ

ऐतिहासिक टावर धरहराको आज उद्घाटन गरिदैँ

ऐतिहासिक टावर धरहराको आज (शनिबार) विहान ११ बजे उद्घाटन गरिदैँछ। पुनर्निर्माण कार्य पूरा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आज धरहराको उद्घाटन गर्दैछन्। त्यसका लागि रंग लगाउने र सरसफाइको काम भसकेको छ। हिँजो (शुक्रबार) बेलुकासम्म रंग रोगनसँगै सफाइको काम सम्पन्न गरिसकेको छ। उद्घाटन मिति नजिकिएसँगै केही दिन यता धरहराको काम सम्पन्न गर्न त्यहाँ २४ सै घण्टा काम भइरहेको थियो। कोरोना कारण लकडाउनको समय र दशैँ तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएको थियो। २२ तला धरहरा पहिलाको… पुरा पढौ

गण्डकी प्रदेशको पहाडी भूभागमा आज पनि हावाहुरीसहित पानी पर्ने

गण्डकी प्रदेश लगायतका केही स्थानमा आज पनि हावाहुरीसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भूभागमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश लगायत सुदूरपश्चिम र कर्णाली लगायतका पहाडी भूभागको केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको राजधानी पोखराको आजको अधिकतम तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १६ दशमलव ७ डिग्री सेल्सियस… पुरा पढौ