समाचार

स्कुटर चोरेर भागेका सन्तोष डाँडाकोनाकमा समातिए

पोखरा । स्कुटर चोरीमा संलग्न एक जनालाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । कास्कीको रुपा गाउँपालिका–४, स्यालडाँडा घर भएका २० वर्षिय सन्तोष परियार स्कुटरसहित पक्राउ परेका हुन् । पोखरा–१४ छिनेडाँडास्थित एक खाजाघरमा राखिएको ग ९ प ४०२७ नम्वरको रातो रंगको डियो स्कुटर हराएको सुचनाको आधारमा खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले उनलाई स्कुटर सहित पक्राउ गरेको हो । तालचोकबाट विजयपुरतर्फ आइरहेका परियारलाई प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।पक्राउ परेका परियारमाथि… पुरा पढौ

ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए । घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्र्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए । घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उनको भनाइ छ । घटनाको जानकारी… पुरा पढौ

ट्रम्प भन्छन, ‘कोभिड खोपको नाम मेरै नाममा ‘ट्रम्पसिन’ राखिनुपर्छ !’

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ विरुद्धको खोपको नाम आफ्नै नाममा ‘ट्रम्पसिन’ राख्नुपर्नेमा जोड दिदैँ आएका छन्। ट्रम्पले शनिबारको एक कार्यक्रममा कोभिड–१९ विरुद्धको खोपका लागि फेरिपनि आफूलाई श्रेय दिँदै त्यसको नाम आफ्नो नाममा राखिनुपर्ने बताएका हुन्। यहाँसम्म कि उनले सबैका सामु ‘ट्रम्पसिन’ भन्ने नामसमेत सुझाव दिएको त्यहाँ उपस्थित एक सीएनएन रिपोर्टरले ट्वीटर पोस्टमा लेखेका छन्। रिपब्लिकन पार्टीका डोनरहरुको उपस्थितिमा उनले यस्तो भनेका हुन्। यसका साथै उनले नोभेम्बरको चुनावलाई अपमानजनक शब्दमा उल्लेख गर्दै २०२२ मा रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभा पुनः आफ्नो नियन्त्रणमा लिन… पुरा पढौ

यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

यमनको मारिब क्षेत्रमा गएको २४ घण्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको बताइएको छ। सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको पनि बताइएको छ। द्धिपक्षीय भिडन्तमा परेर ती ४७ जनाको गएको समाचारमा उल्लेख गरिएको छ। समाचारमा उल्लेख गरिएअनुसार २४ घन्टा यता निधन भएको उत्तरी यमनको सो मारिब प्रान्तमा हुथी विद्रोही समूहले आक्रमण गर्ने गरेका छन्। त्यस क्षेत्रमा सरकारी सेनाले पछिल्लो समयमा हुथी विद्रोहीविरुद्ध आक्रामक रुपमा कारबाही प्रक्रिया अघि बढाएको समाचारमा बताइएको छ। सो क्षेत्रमा साउदी अरेबियाको… पुरा पढौ

इरानको परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण

इरानको एउटा परमाणु केन्द्रमा क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरिएको त्यहाँका एक उच्च अधिकारीले जनाएका छन्। इरान आणविक ऊर्जा संगठन (आइएइओ) का प्रमुख अली अक्बर सालेहीले सरकारी टेलिभिजनमा जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायलाई यस आणविक विरोधी आतंकवादसँग लड्न आग्रह गर्नुको साथै यस्तो निक्रिष्ट कार्यको कडा शब्दमा निन्दा गरेका छन्। उक्त आक्रमण देशको औद्योगिक र राजनीतिक प्रगतिका विपक्षीहरुले गरेका, जसको संवृद्धि परमाणु उद्योगको विकासलाई रोक्ने उद्देश्य रहेको पनि सहेलीले बताएका छन्। यस आक्रमणको पछाडि कसको हात रहेको छ सो भने प्रष्ट नभएको… पुरा पढौ

साउदी अरबको तेल र सैन्य शिविरमा हुथी विद्रोही समूहद्वारा ड्रोन हमला

यमनको हुथी विद्रोही समूहले साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला गरेको दाबी गरेको छ। आफ्नो समूह निकट टेलिभिजनमार्फत एक विज्ञप्ति जारी गर्दै हुथी विद्रोही नेतृत्वले सो दावी गरेको हो। उनीहरुले आरमको जेद्दाह र जुबेल अड्डाहरुमा दशवटा ड्रोनमार्फत हमला गरेको बीबीसीले जनाएको छ। साउदी अरबले भने यो घटनाबारे केही प्रतिक्रिया दिएको छैन। हुथी विद्रोही समूहलाई इरानको समर्थन प्राप्त छ। उनीहरुले पछिल्ला वर्ष साउदी अरबमाथि ड्रोन र मिसाइल आक्रमणलाई तिव्र बनाएका छन्। साउदी अरब एक सैन्य समूहको नेतृत्व गर्दैछ, जुन… पुरा पढौ

म्यानमारमा हालसम्म ७०१ को मृत्यु, ३१ सय थुनामा

सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ। आन्दोलनमा लागेकै आरोपमा अरु ३ हजार १ सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ। गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको छ। सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ। अनुगमनकर्ताहरुले सार्वजनिक गरेको विवरणअनुसार अरु सयौँ व्यक्ति आन्दोलनका क्रममा घाइते भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात रहेको छ। पछिल्लो पटक गत शुक्रबार… पुरा पढौ

आङ सान सुकीमाथि लाग्यो ६ नयाँ फौजदारी आरोप

म्यानमारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँ फौजदारी अभियोग लगाइएको उनका वकिलले जानकारी दिएका छन्। उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको हो। न्यापिटअ ५ र याङ्गु १ मुद्दा लगाइएको उनका वकिल मीन मीन सोले समाचार एजेन्सीहरुलाई बताएका छन्। पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकिलले थप जानकारी दिएका छन्। म्यानमारको उत्तरपूर्वी बागो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतबार मात्र कम्तीमा ८० जनाको मृत्यु भएको… पुरा पढौ

गण्डकी प्रदेशमा सरकार बनाउन तीन दलको प्रयास शुरु

पोखरा । गण्डकी प्रदेश सरकार संकटमा पर्ने संकेत मिलेको छ । राष्ट्रिय राजनीतिमा आएको फेरबदलसँगै गण्डकी प्रदेश सरकार संकटमा परेको हो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजिनामा दिएर फिर्ता भएसँगै प्रदेश सरकार धर्मराएको छ । यद्वपी माओवादीको समर्थन भने यथावत छ । माओवादीका मन्त्रीहरु फिर्ता भएसँगै नया सरकार बनाउने प्रयास पनि शुरु भएको छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । मुख्यमन्त्रीलाई हटाउन कांग्रेस, माओवादी र जनता समाजवादी (जसपा) तयार देखिएको… पुरा पढौ

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

पोखरा । अग्रसर दिदिबहिनी समुह पोखरा ६ बैदामले आउदै गरेको नयाँ बर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सोमबार सम्पन्न गरेको छ । आउँदै गरेको नयाँ बर्षले प्रत्येक नेपालीको घरदैलोमा नयाँ उमङ्घ र विश्वमा फैलिएको रोगबाट विश्वले चाडै मुुक्त होस र संसारमा छरिएर रहेको प्रत्येक नेपालीको स्वास्थ्थ र दिर्घायु रहुन भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको समुहकी अध्यक्ष शान्ति पहारीले बताइन् । प्रमुख अतिथि संस्थाका संरक्षक तथा पर्यटन ब्यबसायी प्रभा पौडेल सुवेदीले नयाँ बर्षले नेपाल सहित संसारमा फैलिएको कोरानाबाट… पुरा पढौ