समाचार

मौजामा एकदिने बाख्रापालन तालिम

पोखरा। बाख्रा पालनको पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर २० को मोहोरियामा एकदिने बाख्रापालन तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका पशुसेवा शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा व्यशायीक कृषकहरुलाई लक्षित गरी सेवा केन्द्र स्तरीय एकदिने स्थलगत बाख्रापालन तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीम गुरुङले बाख्रापालन निर्वाहमुखी नभइ ब्यवशायीक रुपमा गर्नुपर्ने वताए । महानगरको बाख्रा पालनको पकेट क्षेत्रको रुपमा समेत चिनिने साविकको मौजा गाविस अन्तर्गत पर्ने… पुरा पढौ

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा २० आंटिघरमा रहेको सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा वोल्दै प्रमुख अतिथि गोपालधन गुरुङले ग्रामीण भेगहरुमा सामुदायिक विद्यालयहरु विस्थापन भइरहदा आटिंघरको पुरानो स्कुल ६५ औ वर्ष सम्म आइपुग्नु आफैमा गर्वको कुरा भएको वताए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २० का वडा सदस्य भिम प्रसाद बास्तोलाले पछिल्लो समय आफ्नो छोराछोरीहरुलाई शहरको महंगो निजी विद्यालयमा पढाउने काम तीब्र क्रममा बढिरहेकाले यसलाई रोकेर गाउमा रहेको विद्यालयमै अभिभावकहरुले… पुरा पढौ

आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : नेता नेपाल

जनकपुर । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् । अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाए । पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गरे । “पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्छ”, नेता नेपालले भने। देशमा सबैभन्दा राम्रो पार्टी… पुरा पढौ

सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्ने

काठमाण्डौं । सर्वोच्च अदालतले न्याय परिषद्द्वारा सर्वोच्च अदातलका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यता पुग्ने फैसला सुनाएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज नेपालको संविधानअनुसार न्याय सेवाको सह–सचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतले काम गरेको दुवै समयावधि जोड्दा योग्यता पुग्ने फैसला सुनाएको हो । “निजले न्याय सेवाको रा.प प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा १२ वर्षभन्दा बढी अवधिको अनुभव हासिल गरी सकेर निजको संविधानको धारा १२९ को उपधारा (५) बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुने… पुरा पढौ

पर्वतका ३२ वनमा आगलागी

पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । जिल्ला वन कार्यलयको तथ्याङ्कअनुसार पर्वतका करीब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार पर्वतमा वर्सेनि सयौँ हेक्टर जमीनमा… पुरा पढौ

नयाँ बर्षमा प्रविधिमैत्री जाउँ है पोखरा

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक नयाँ बर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिंदै जाउँ है पोखरा अभियान संचालन गर्ने भएको छ । कोभिड– १९ को संक्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्यूआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है पोखरा अभियान संचालन गरिएको संघका अध्यक्ष विकल तुलाचनले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ– “हाल सघंले नयाँ वर्ष २०७८ को अवसरमा पोखरा र यस क्षेत्रमा आन्तरिक पर्यटनको आगमन वृद्धि गर्न इ–सेवा र फोन पे प्रा.लि.सँग… पुरा पढौ

लायन्स क्लब अफ पोखरा चौतारीमा सापकोटा

पोखरा । लायन्स क्लब अफ पोखरा चौतारीको अध्यक्षमा शरद कुमार सापकोटा चयन भएका छन् । क्लवको प्रथम उपाध्यक्षमा सागर एर, द्वितिय उपाध्यक्षमा पर्शुराम पौडेल, तेस्रो उपाध्यक्षमा बिनोद भण्डारी निर्वाचित भएका छन । सचिवमा रामचन्द्र अधिकारी, कोषाध्यक्षमा गोविन्द बास्तोला, निर्देशकमा रमेश पौडेल,अशोक श्रेष्ठ, उत्तम केसी, बिनोद पौडेल चयन भएका छन् । भने टेमर सनत कुमार श्रेष्ठ, टेलटुइस्टर तथा सल्लाहकारमा पूर्वअध्यक्ष राजु दाहाल रहेका छन् । यसैबीच क्लबले कृष्तीमा भविष्य निर्माण माध्यमिक विद्यालयमा सहयोग गरेको छ । विद्यालयलाई कम्प्युटर, फर्निचर, साइन्स ल्याव… पुरा पढौ

पोखरामा दुई कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार चैत २३ गते कोरोना संक्रमण पुष्टि भइ चरक मेमोरियल अस्पतालमा उपचाररत तनहुँ शुक्लागण्डकीका ५१ वर्षीय पुरुषको २९ गते आइतबार मृत्यु भएको हो । यस्तै, चैत २० गते कोरोना संक्रमण पुष्टि भइ सोही अस्पतालमा उपचाररत पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको… पुरा पढौ

विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौँ। कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताए । उनले कोरोना सङक्रमणको जोखिम कुनै ठाउँमा प¥यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको… पुरा पढौ

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नयाँदिल्ली। भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ ।… पुरा पढौ