समाचार

कृतिकाले जितिन् ‘एनटीएचएमसी सेफ–२०२१’ को कम्पिटिसन

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी)ले पहिलोपटक ‘एनटीएचएमसी सेफ कम्पिटिसन–२०२१’ मा कृतिका गौचन प्रथम भएकी छन्। प्रतियोगितामा साजन गुरुङ दोश्रो र बिमला नेपाली तेस्रो भएका छन्। बीबीसी मास्टर सेफ उपविजेता सन्तोष साहको उपस्थितिमा आयोजित प्रतियोगितामा बीएचएम दोश्रो, चौथो र छैटौं सेमेस्टरका १८ जनाबाट पहिलो चरणमा छानिएका थिए। प्रतियोगितामा ग्लोवल नेप्लीज सेफ फेडरेसनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, महासचिव सेफ मोहन गजुरेल, केन्द्रीय सदस्य विकास डंगोल र केन्द्रीय सदस्य पशुपति पौडेल पनि निर्णायकको रुपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष अशोक पालिखेले… पुरा पढौ

नयाँ वर्षको दिन भलिवल कोर्ट तथा चेन्जिङ रुमको उद्घाटन

पोखरा । पोखरा महानगपालिकामा अवस्थित बाराही स्कुल खेल मैदानमा निर्माण भएको भलिवल कोर्ट तथा पुरुष महिलाको चेन्जिङ रुम बुधबार नयाँ वर्षको अवसरमा एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । अभियान युवा क्लवको समन्वय तथा बाराही मावि, वडा कार्यालय, महानगरपालिका र खेलकुद मन्त्रालयको सहयोगमा निर्मित कोर्ट तथा चेन्जिङ रुम उद्घाटन गरिएको हो । उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा ५ का वडाध्यक्ष धन बहादुर नेपालीले बाराही खेल मैदानलाई इनडोर स्टेडियम बनाउनका लागि पहल भैरहेको र यो बनाउन सकिएमा पोखरा ५… पुरा पढौ

क्षत्री समाज पोखराकोे क्यालेण्डर विमोचन

पोखरा । क्षत्री समाज कास्कीले नयाँ वर्ष २०७८ को क्यालेण्डर विमोचन गरेको छ । समाजले प्रकाशीत नयाँ वर्ष २०७८ सालको क्यालेण्डरको समाजका पुर्व केन्द्रिय अध्यक्ष प्रा .डा चन्द्र बहादुर थापा , केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापा , प्रदेश अध्यक्ष बेनि बहादुर बस्नेतले विमोचन गरेका हुन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष थापाले आम क्षत्री समुदायलाई एकताबद्ध गराउन पर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापा, गण्डकी प्रदेश अध्यक्ष बेनी बहादुर बस्नेत क्षेत्री, प्रेमबहादुर जिसी, केन्द्रिय सल्लाहाकार भरत… पुरा पढौ

मेयर साइकल दौडमा वालिङका मेयर खाँड प्रथम

पोखरा । प्रथम मेयर साइकल दौड प्रतियोगिताको उपाधि स्याङयाको वालिक नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले जितेका छन् । पोखराका फेवाताल किनार हल्लनचोकबाट सुरु भएको पाँच किलोमिटर दौड १५ मिनेट ३१ सेकेण्डमा पुरा गदै १० तोला चाँदीको मेडल, सम्मानपत्र र दोसल्ला प्राप्त गरे । जितपछि प्रतिक्रिया दिँदै मेयर खाँडले वातावरण जोगाउन र स्वस्थ रहन साईकल महत्वपूर्ण साधन भएको बताए । प्रतियोगितामा दोश्रो स्थान हुम्ला जिल्लाको नाम्खा गाँउपालिका मेयर विष्णुबहादुर लामाले प्राप्त गरे । १५ मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पुरा गदै उनले… पुरा पढौ

साधनास्थलको रुपमा विकास हुँदै हरिहर गुफा सन्यास आश्रम

गण्डकी। विश्वमा नै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखराको पूर्वोत्तरस्थित हरिहर गुफा सन्यास आश्रम योग तथा साधनाको गन्तव्यका रुपमा विकास हुँदै गएको छ । समुद्र सतहदेखि एक हजार ३०० मिटर उचाइमा रहेको आश्रमको ऐतिहासिक गरिमा र महत्वका साथै रमणीयस्थान रहेका कारण साधना गर्न चाहनेका लागि आकर्षक गन्तव्य बनेको हो । धार्मिक वनका रुपमा रहेको करीब ७४ रोपनी वनसहित उच्च भागमा अवस्थित यो स्थल पर्यटकीय नगरी पोखराको दृश्यवलोकनका साथै माछापुच्छ«े, अन्नपूर्णलगायतका रमणीय हिमाली दृश्यको अवलोकनका लागि पनि उत्तीकै… पुरा पढौ

शिक्षकलाई तलब खुवाउन आर्थिक सङ्कलन

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब रु पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट नै शिक्षक नियुक्ती गर्नुपर्ने भएपछि आर्र्थिक सहयोग सङ्लन शुरु गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । निजी स्रोतमा शिक्षक नराखी नहुने अवस्था भए पनि तलब खुवाउनका लागि आर्थिक अभाव हुने भएपछि आर्थिक स्रोत जुटाउन थालिएको उनको भनाइ छ । ‘‘विद्यालयको दरबन्दी कटौती हुँदै जाँदा कक्षा सञ्चालनमा कठिनाइ भइरहेको छ, निजी स्रोतको… पुरा पढौ

नयाँ वर्ष २०७८ को शुभकामना

आज नयाँ वर्ष २०७८ को पहिलो महिना, वैशाखको पहिलो दिन वैशाख १ गते अर्थात नयाँ वर्षकै पहिलो दिन। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदान–प्रदान गरी मनाइँदैछ। नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक–अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ। नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ। विक्रम संवत अनुसार… पुरा पढौ

फर्केर हेर्दा, २०७७ : चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाण्डौं । आज चैत ३१ गते, अर्थात्, विसं २०७७ को अन्तिम दिन । बुधबार २०७८ साल नयाँ वर्ष बनेर उदाउँछ । भित्तेपात्रोको पाता फर्किन्छ । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि । समयले धेरै सिकाएको छ । समय कोही कसैले रोकेर पनि रोकिँदैन, छेकेर पनि छेकिँदैन । यो निरन्तर अगाडि बढ्छ । यस्तै निरन्तरताको क्रममा २०७७ साल २०७८ मा परिणत हुन लागेको हो । फर्केर हेर्दा, २०७७ सालमा निकै परिवर्तन भएका छन् । नेपालका लागि… पुरा पढौ

नयाँ सोचका साथ राष्ट्रिय सङ्कल्प पूरा गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नयाँ सोच र शैलीका साथ ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न एकीकृतरुपमा लाग्न आग्रह गरेका छन् । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुरुङले व्यक्तिलाई भन्दा राष्ट्रलाई बलियो बनाउने गरी द्रुतत्तर विकासका काममा सबै निकायले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । नेपाल सरकारका प्रवक्ता गुरुङले दक्षिण एशियामै नागरिक खुशी हुने सूचीमा नेपाल अग्रणी रहेको र यस वर्ष नेपाल सरकारले हासिल गरेका… पुरा पढौ

कांग्रेसद्वारा सिमानामा चेक र क्वारेन्टिनको व्यवस्था गर्न माग

काठमाण्डौं । नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को सङ्क्रमण कम हुँदै गए पनि फेरि सङ्क्रमण विस्तार हुनसक्ने र विश्वका अन्य देशहरूमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकारको ध्यानाकर्षण गराएको हो । पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ का बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य… पुरा पढौ