समाचार

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको अध्यक्षमा रोमहर्षण पौडेल

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको अध्यक्षमा पुनः रोमहर्षण पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । संगठनको २५ सदस्यीय कमिटीको उपाध्यक्षमा वसन्धरा पौडेल, सचिवमा तीर्थराज ढकाल, सहसचिवमा शारदा गुरुजु, कोषाध्यक्षमा यामनाथ सुवेदी, सहकोषाध्यक्षमा रेखा लम्साल, सदस्यमा दामोदर तिमिल्सिना, प्रदिप न्यौपाने, महेन्द्रप्रसाद पौडेल, माधव पहारी, प्रकाश रेग्मी, क्यानु तिवारी, अनिता राई, बालिका केसी, समावेशीमा जुना थापा मगर र उदयराज पोख्रेल चयन भएका छन् । त्यस्तै माछापुच्छ«े गाउँपालिकाबाट सदस्यमा कुलानन्द अधिकारी र डम्मर कुमारी गुरुङ, अन्नपूर्ण गाउँपालिकाबाट नवीनराज पौडेल र शोभावती बराल,… पुरा पढौ

‘आहा रारा महाविजेता’ लामिछानेले पाए ४० इन्चको एलइडी टिभी

पोखरा । ‘आहा रारा महाविजेता’ बनेका कास्कीको मादीगाउँपालिका–७, सिल्दुजुरेका बुद्धी प्रसाद लामिछानेलाई ४० इन्चको एमआई स्मार्ट एलइडी टेलिभिजन पुरस्कार प्रदान गरिएको छ । एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले शनिबार सम्पन्न आहा रारा गोल्डकप कस्ले जित्ला भनि सोधेको प्रश्नको अनुमानित सही उत्तर दिनेमध्येबाट गोलाप्रथामार्फत लामिछाने महाविजेता घोषणा भएका थिए । संकटाले १९ औं संस्करणमा आहा रारा गोल्डकपको उपाधी उचाल्ने अनुमान गरेका लामिछानेले डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडका तर्फबाट ४० इन्चको एमआई स्मार्ट एलइडी टेलिभिजन पुरस्कार जितेका हुन् । लामिछानेलाई आइतबार… पुरा पढौ

माछा मार्न गएका युवकको छ दिनपछि शव फेला

गोरखा। माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। यही चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो । प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको प्रनाउ दाहालले बताए। उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो ।… पुरा पढौ

नेपालमा ७५२ एक सिंगे गैँडा

नेपालमा एक सिंगे गैँडाको संख्या सात सय ५२ पुगेको छ। यही चैत महिनामा गरिएको गणनाबाट नेपालको गैँडाको संख्या आएको हो। नेपाल सरकारले आफ्नै लगानीमा चैत ९–२८ मा एकसिंगै गैँडा गणना गरेको थियो। जसमा पछिल्लो पाँच वर्षमा मात्रै १०७ वटा गैँडा बढेको देखिएको छ। जसमध्ये सबैभन्दा धेरै गैँडा चितवन राष्ट्रिय निकुञ्जमा भेटिएका छन्। पुरा पढौ

एपीएफले जित्यो मेयर वुमेन्स च्याम्पियन्सीपको उपाधि

सुदूर–पश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै विभागीय सशस्त्र प्रहरी बलको एपीएफले मेयर वुमेन्स च्याम्पियन्सीपको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको सुदूर–पश्चिम प्रदेशले १०७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उभिएको एपीएफले १८.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।एपीएफका लागि ज्योति पाण्डेले ३६, कप्तान सीता रानामगरले २७, इन्दु बर्मा १९ र ममता चौधरीले १५ रन जोडे । प्रतियोगिताको विजेता एपीएफले ३ लाख तथा उपविजेता सुदूर–पश्चिम प्रदेशले १ लाख ५० हजार रूपैयाँ हात पारेको छ। एपीएफकी… पुरा पढौ

चैत्र कृष्ण औंसीको दिन आज, अर्थात घोडेजात्रा

आज चैत्र कृष्ण औंसीको दिन अर्थात घोडेजात्रा। आजको दिनलाई इन्द्र सकुनी उत्तरभाद्रपदा तथा घोडेजात्राको दिनपनि भनिन्छ। प्रत्येक वर्षको जस्तै आज (आइतबार) घोडेजात्राको अवसरमा काठमाण्डौं उपत्यकामा घोडे जात्रा मनाइँदैछ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ। परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । घोडेजात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा समेत लिइन्छ। त्यस्तै, प्रत्येक वर्षको चैत्र शुक्ल… पुरा पढौ

‘आहा रारा महाविजेता’ बने मादीका बुद्धी लामिछाने

चैत्र २८ पोखरा । कास्कीको मादीगाउँपालिका–७, सिल्दुजुरेका बुद्धी प्रसाद लामिछाने आहा रारा गोल्डकप महाविजेता घोषणा भएका छन् । एभरेष्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले शनिबार सम्पन्न आहा रारा गोल्डकप कस्ले जित्ला भनि सोधेको प्रश्नको अनुमानित सहि उत्तर दिनेमध्यबाट गोलाप्रथामार्फ लामिछाने महाविजेता घोषणा भएका हुन् । संकटाले १९ औं संस्करणमा आहा रारा गोल्डकपको उपाधी उचाल्ने अनुमान गरेका गौतमले डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडका तर्फबाट ४० इन्चको एमआई स्मार्ट एलइडी टेलिभिजन पुरस्कार जितेका छन् । सहारा क्लवले आयोजना गरेको आहा रारा गोल्डकपलाई… पुरा पढौ

संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधी

पोखरा । १९ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएशनलाई ४–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । पोखरा रंगशालामा निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । थपिएको ३० मिनेटको समयमा संकटा र अफ्रिकन रुट गोल गर्न असफल भएपछि खेल पेनाल्टीमा गएको थियो… पुरा पढौ

प्रहरीका ३ सय ३६ इन्स्पेक्टरको सरुवा ( को–कहाँ ? सूचीसहित)

नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो। १ वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन । शुक्रबार सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए। ( को–कहाँ ? सूचीसहित) Nepal-Police-Inspector-Posting-4Download पुरा पढौ

आहा रारा गोल्डकप फुटबलको फाइनल आज

पोखरामा जारी यस संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल आज (शनिबार) हुँदैछ। पोखरा रंगशालामा अपरान्ह हुने १९ औं संस्करणको फाइनलमा काठमाण्डौंको संकटा क्लब र विदेशी अफ्रिकन रुट एशोसिएसनबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। फाइनलका लागि मैदान उत्रदा दुबै टिमको लक्ष्य पहिलो पटक उपाधि जित्नु हुनेछ। फाइनल अघिको प्रि–म्याच कन्फरेन्समा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन्। संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले पाँच पटकको प्रयासमा फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्ने रहेको बताए। संकटाले पहिलो सेमिफाइनलमा… पुरा पढौ