समाचार

उड्ययन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ

नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । तारेखका लागि उपस्थित भएका उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो । भक्तपुर नलिनचोकस्थित हेली प्याड निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध आयोगले अनुसन्धान गरिरहेको थियो । सोही अभियोगमा पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ। दुवैलाई अभियोगपत्रसहित विशेष अदालतमा उपस्थित गराइएको अख्तियारले जनाएको छ । पुरा पढौ

भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो । भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना ९पूर्वी खण्ड० का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनका अनुसार करिब एक सय मिटर सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा… पुरा पढौ

ठुला दलले नै बुझाएनन् निर्वाचन आयोगमा आय व्यय विवरण

ठुला दलले नै निर्वाचन आयोगमा आय व्यय विवरण नबुझाएको खुलासा भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र बिभिन्न कम्युनिष्ट घटक मिलेर हालैमात्र गठन भएको नेपाली कम्युनिष्ट पार्टीमा समावेश दलले नै गत आर्थिक बर्षको आय व्यय विवरण नबुझाएको आयोगले जनाएको छ । आयोगमा हालसम्म विभिन्न ३३ वटा दलले मात्र गत आर्थिक वर्षको आय व्यय विवरण बुझाएका छन्। आय व्यय बुझाउनेमा अधिकांश साना दल रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। दलहरू… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै

गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ ।विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी पर्यटकको मन लोभ्याएको छ । यस्तै प्राकृतिक पर्यटकीय पूर्वाधारमध्येको अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको महत्त्वपूर्ण पर्यटकीय आकर्षक गन्तव्य हो ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० अन्तर्गत समेटिएको यस क्षेत्रको प्राकृतिक, संस्कृतिक सम्पदा र वातावरण जोगाउन,… पुरा पढौ

छुटे पोखरा सहकारीका ८ जना सञ्चालक

रकम फिर्ता गर्ने प्रतिबद्धता पछि पोखरा वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू छुटेका छन्। पोखराको नयाँ बजारमा रहेको सो सहकारीबाट करिब ८९ करोड रुपैयाँ हिनामिनाको आरोपमा गत कात्तिक १९ गते उनीहरू पक्राउ परेका थिए । उनीहरू घरजग्गा र नगद बुझाएर छुटेको कास्की प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेका ८ जना सञ्चालकहरूले करिब ३१ करोड रुपैयाँ बराबरको सम्पत्ति घरजग्गा र चेक० ग्यारेन्टी स्वरूप राखेर ३ देखि ४ महिनाभित्र बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । रकम फिर्ता… पुरा पढौ

विभेद अन्त्यका लागि सबै पक्षले हातेमालो गर्नुपर्छ: संयोजक प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । चौतिसौँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण अपाङ्ग समुदायप्रति सम्मान तथा शुभकामना व्यक्त गर्दै उनले सामाजिक विभेद अन्त्य गर्दै उपचार र जीविकोपार्जनको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य भएको बताएका हुन् । संयोजक प्रचण्डले अपाङ्ग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र निर्माणको केन्द्रमा राख्नु हामी सबैको साझा जिम्मेवारी भएको बताए । संयोजक दाहालले… पुरा पढौ

व्यवस्थापन समिति गठन नगरी मनोमानी रुपमा चल्ने विद्यालयको अनुदान रोकिने

सरकारले विद्यालय व्यवस्थापन समिति समयमै गठन नगरी मनोमानी रुपमा चल्दै आएका विद्यालयको अनुदान रोक्ने तयारी गरेको छ । विद्यालय व्यवस्थापन समिति गठन नगर्ने देशभरका पालिकाहरूको नाम संकलन भइरहेको भन्दै शिक्षा मन्त्रालयले त्यस्ता सामुदायिक विद्यालयका लागि पालिकामा पठाउँदै आएको अनुदान रोक्का गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताए । ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता… पुरा पढौ

३४औँ अन्र्तराष्ट्रिय अपाङ्गता दिवस बिभिन्न कार्यक्रम गरी मनाईदैं, राज्यका सबै संरचनामा समान सहभागिता हुनुपर्छ: राष्ट्रपति

अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी देशभर मनाईदैं छ । अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धनको नारा सहित यो दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा आज काठमाण्डौंमा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना उहाँहरूको सहज रूपमा पहुँचको स्थापना गरौँ भन्ने नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरियो । खुलामञ्चबाट सुरु… पुरा पढौ

निट डेण्टल पत्रकारिता पुरस्कार स्थापना

पोखरा, १६ मसिर । पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारका लागि डेण्टलले ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ । मंगलबार एक कार्यक्रमका बीच फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’ र निट डेण्टल केयर प्रालिका प्रवन्ध निर्देशक वीरेन रानामगरबीच अक्षयकोष स्थापना गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको… पुरा पढौ

कास्कीको मादमे खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

कास्कीको मादी गाउँपालिका निर्माण भएको २४ मेगावाटको मादमे खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाबाट १ सातादेखि परीक्षण उत्पादन सुरु गरिएको र केही दिन पछि व्यावसायिक उत्पादन शुरु गरिने प्रवर्द्धक मादमे खोला हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक धनबहादुर श्रेष्ठले जानकारी दिए । ‘एक साता लामो परीक्षण उत्पादन सकिए लगत्तै नेपाल विद्युत् प्राधिकरणलाई १५ दिनसम्म परीक्षणका रूपमा निःशुल्क विद्युत् उत्पादन गरेर दिने छौँ,’ उनले भने, त्यसपछि व्यावसायिक उत्पादन सुरु हुने छ ।ग्रस हेड ५५५।३६४ मिटर रहेको आयोजनाको माथिल्लो क्षेत्रमा… पुरा पढौ