समाचार

पोखरा लनर्स एकेडेमीको १९ औं वार्षिक खेलकुद प्रतियोगिता

पोखरा लनर्स एकेडेमीको १९ औँ वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले बेलुन उडाएर खेल सप्ताह सुरु भएको घोषणा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर बन्धु गौतमको अध्यक्षतामा भएको उद्घाटन सभामा प्रमुख अतिथि भण्डारीले विद्यार्थीको चौतर्फी विकासको लागि खेल अपरिहार्य हुने बताए । सहभागी विद्यार्थीलाई आकर्षक खेल खेल्न आग्रह गर्दै पुरस्कार जित्नु भन्दापनि अनुशासन सिक्नु ठूलो उपलब्धी हुने बताए । शिक्षक कृष्ण लम्सालले सञ्चालन गरेको सभामा गण्डकी विश्वविद्यालय उपप्राध्यापक आशिष आचार्य,… पुरा पढौ

म सभापतिको दावेदार हुँ ः कांग्रेस नेता डा शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १५औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । मङ्गलबार बिहान काठमाण्डौंमा एक संचारमाध्यमसँग कुराकानी गर्दै कोइरालाले आफू १५ औँ महाधिवेशनमा सभापतिमा उठ्न र जित्न पनि तयार रहेको बताएका छन् । ‘पन्ध्रौँ महाधिवेशनमा म सभापतिको उम्मेदवार हुँ,जसरी पनि चुनाव जित्नेछु’, उनले भने, ‘टिममै जाने कि एक्लै जाने भन्ने विषयमा छलफल भइरहेको छ तर म पछि हट्दिनँ।’सभापतिको उम्मेदवार हुने भएपछि आफुले पार्टी र संगठनको काममा नियमित लागिरहेको बताउँदै उनले नेता कार्यकर्तासँगको छलफललाई तीव्र पारेको जानकारी… पुरा पढौ

मुस्ताङको घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना

मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा केन्द्रको एकाइ फार्म स्थापना गरिएको छ । चौबिस वर्षसम्म नेपाली सेनाले प्रयोग तथा भोगचलन गर्दै आइरहेको सो जग्गा गत असार १३ गते नेपाली सेनाद्वारा बागवानी विकास केन्द्रलाई हस्तान्तरण गरेको थियो । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसामा केन्द्रको २० रोपनी जग्गा नेपाली सेनाले २०५८ सालदेखि प्रयोग गरेको थियो । सशस्त्र द्वन्द्वकालीन समयमा नेपाली सेनाको सुरक्षा पोस्ट शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा रहेको जग्गामा सुरक्षा प्रयोजनका लागि बसेको थियो । गत असारमा… पुरा पढौ

सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा आगलागी,२ नेपालीसहित ३ को मृत्यु

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर बसमा आगलागी हुँदा ३ जना जिउँदै जलेका छन् । मृत्यु हुनेमा २ जना नेपाली नागरिक छन् । घाईते २४ जना मध्ये गम्भीर अवस्थाका ७ जना अस्पताल भर्ना भएका छन् भने बाँकी सामान्य उपचार पछि घर फर्किएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार बस नेपाल सीमा रुपन्देहीको सुनौलीबाट दिल्ली जाँदै थियो। बसमा यात्रा गर्ने अधिकांश यात्रुको ठेगानामा ‘बुटवल’ उल्लेख रहेको पाइएको छ । दुर्घटना आज बिहान कोतवाली देहात प्रहरी चौकी क्षेत्रको फुलवारिया बाइपासमा भएको हो।ट्रकसँग ठोकिँदै… पुरा पढौ

महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए । कोइरालाले भने, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए । यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्नेमा समेत उनले जोड दिए। महाधिवेशनमा उम्मेद्वारीका… पुरा पढौ

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरू गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् । मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको… पुरा पढौ

निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न गृहमन्त्री अर्यालको आग्रह

गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने दाबी गर्दै, आशंका नगर्न आग्रह गरेका छन् । धनगढीमा मंगलबार सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्दघाटन समारोहमा मन्तव्य राख्दै उनले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न सबै पक्षलाई आग्रह गरेका हुन्। गृहमन्त्री अर्यालले बाहिरै रहेका केही थान हतियार र फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन सरकारले बिशेष अप्रेशन चलाएको स्पष्ट पार्दै घोषित मितिमै भयरहित, स्वच्छ र स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार सक्षम रहेको दाबी गरे… पुरा पढौ

बेनी–जोमसोम–कोरला सडकः म्याग्दी खण्ड स्तरोन्नति

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव ५ किलोमिटरमध्ये ११ किलोमिटर रु ६३ करोडमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर रु ६६ करोडमा काम सम्पन्न भएको छ । त्यसैगरी,राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल… पुरा पढौ

अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तरराष्ट्रिय दिवस पोखरामा पनि मनाईदै

सन्देश श्रेष्ठपोखरा, मंसिर १५ अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तरराष्ट्रिय दिवस पोखरामा पनि विविध कार्यक्रम गरेर मनाईदै छ । राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले गण्डकी सरकारको सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा त्रिदिवसीय कार्यक्रम गरेर दिवस मनाउन थालिएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । महासंघका अनुसार दिवसको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत सोमबार पत्रकार सम्मेलन गरिएको हो । दोस्रो दिन भोलि डिसेम्बर २ तारिखमा गण्डकी प्रदेश अपाङ्गता भएका व्यत्तिको अधिकार सम्बन्धी ऐन, २०८२ कार्यान्वयनको मार्गचित्र कार्यशाला हुनेछ । त्रिदिवसीय कार्यक्रम… पुरा पढौ

विश्व एडस् दिवसमा पत्रकार अन्तरक्रिया

पोखरा, १५ मंसिर ।विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको सयुक्त आयोजनामा महासंघ कास्कीको पोखरा ७ स्थित सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा.प्रमराज पंगेनी समुदायमा सचेतना फैलाउने उद्देश्यले मनाइने विश्व एड्स लगाएतका दिवसममा पत्रकार संग अन्तरक्रिया गर्दा समुदायमा छिटो छरितो यथार्थ संचारहुने बताउनु भयो ।कार्यक्रममा एचआइभी र पोखरा एआरटीले गर्दै आएका कार्यका… पुरा पढौ