समाचार

मणिपाल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला बुधबारदेखि, तयारी अन्तिम चरणमा

सन्देश श्रेष्ठपोखरा, मंसिर १५ नेपाल मणिपाल शिक्षण अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक आगामी पर्सी बुधबारदेखि शुरु हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल मणिपाल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा हुने मेला मंसिर १७ गते बुधबारदेखि शुरु भएर मंसिर २१ गते समापन हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । मेलामा १०४… पुरा पढौ

कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने निर्णय भएको छ । डेढ महिना लामो रस्साकस्सी र विवादपछि सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता डा। प्रकाशशरण महतले महाधिवेशन मिति केन्द्रीय समितिको बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी गराए । यो निर्णयसँगै लामो समय चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक आज समापन भयो ।कांग्रेसले पारित गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरणको लागि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असोज मसान्तसम्म अन्तिम समय सीमा तोकेकोमा नवीकरण नभएका, छुटेका, विवरण… पुरा पढौ

आठौँ पर्वत महोत्सव पुसको ९ देखि १९ सम्म

समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्वतमा आठौँ पर्वत महोत्सव गरिने भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस ९ गतेदेखि १९ गतेसम्म हुने जनाइएको छ । सङ्घ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर बी पौडेलले जानकारी दिए । महोत्सवका बारेमा जानकारी दिन आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले ‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने… पुरा पढौ

बाक्लियो कुलमान र बालेनको भेटवार्ता, सहकार्यको संभावना जिवितै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र ऊर्जा मन्त्री कुलमान घिसिङबीचको भेटवार्ता निकै बाक्लिएको छ । दुई जनाबीच आगामी फागुन २१ गतेको निर्वाचनमा एकै पार्टी वा मोर्चा बनाएर अगाडि बढ्नेबारे छलफल भइरहेको छ । कुलमान अहिले मन्त्रालयको काम र पार्टी संगठन निर्माणको कामलाई एकसाथ अघि बढाइरहेका छन् । त्यहीअनुसार उनी देश दौडाहार भेटघाटमा व्यस्त छन् ।उनले विभिन्न वैकल्पिक पार्टी र नेताहरूलाई एक ठाउँमा आउनुपर्ने आवश्यकता सुनाइरहेका छन् । उनले शनिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग चार घण्टा लामो वार्ता गरे… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव सम्पन्न,आइक्यूएसी प्रमुख रिमाल सहितका सहयोगदाता सम्मानित

पोखराको सबैभन्दा पहिलो सामुदायिक क्याम्पस,पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा क्याम्पसमा बिभिन्न संकायमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलार्इ पुरस्कृत, क्याम्पसलार्इ सहयोग गर्ने चन्दादाता र उत्कृष्ट प्राध्यापक तथा कर्मचारीहरुलाइ सम्मान गरिएको थियो ।सम्मानित हुने चन्दादाताहरुमा पोखरा ४ निवासी भूवन सिंह गूरुङ, युगेन पालिखे, कृष्ण पोखरेल, र अमरसिंह मावि २०२७ एसएलसी व्याच रहेका छन्।त्यस्तै उत्कृष्ट प्राध्यापकका रुपमा आइत कुमारी गुरुङ र उत्कृष्ट कर्मचारीका रुपमा लक्ष्मी वास्तोलालार्इ सम्मान गरिएको छ ।समारोहमा बिभिन्न शैक्षिक संकाय… पुरा पढौ

पोखरामा महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ । पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ । विभिन्न सङ्घ संस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई… पुरा पढौ

आज विश्व एड्स दिवस: नेपालमा ३४ हजारभन्दा बढी एचआईभी संक्रमित

आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित छन् । केन्द्रका अनुसार १ सय २७ जना गर्भवती महिला सङ्क्रमित भएको अनुमान गरिएको छ । दैनिक एक जनाको एचआइभीका कारण ज्यान जाने गरेको छ । दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन… पुरा पढौ

पोखरा आइटिएफ जे३० टेनिस टुरमा पहिलो चरणका खेल सुरू

अन्तर्राष्ट्रिय टेनिस महासंघद्वारा स्विकृत प्राप्त ‘आइटिएफ जे३० टेनिस टुर पोखरा’को आठौं संस्करणअन्तर्गत पहिलो सर्किट सोमबारबाट सुरू भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरू भएको प्रतियोगिताको एक कार्यक्रमका बीच नेपाल पयर्टन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणीराज लामिछानेले गरे । सो अवसरका उनले आइटिएएफ जे३० टेनिस प्रतियोगिताले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रशंसा गरेका छन् । पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको समेत ‘हव’ भएको बताउँदै उनले भने–‘यो प्रतियोगिताले पोखरालाई खेलकुदको हवको रुपमा… पुरा पढौ

एमाले कास्की ३ मा महाधिवेशन प्रतिनिधी छनोटमा मनपरी, आकांक्षीहरुले दिए उजुरी

पोखरा १४ मंसिर नेपाल कम्युनिष्ट पार्टि एमाले राष्ट्रिय महाधिवेशनका लागी कास्की क्षेत्र नं ३ वाट सिफारीस गरीएका नामहरु प्रति अन्य दावेवारहरुले असन्तुषट जनाउदै ज्ञापन पत्र वुझाएका छन् । जिल्ला पाटी कार्याल कास्कीका अध्क्षयलाई ज्ञापन पत्र वुझाउदै प्रतिनिधिका आकांक्षीहरुले निर्वाचन प्रक्रियालाई अविलम्ब सुचारु गर्न माग गरेको छ । आकांक्षीहरुले पाटीको महाधिवेशन प्रतिनिधी छनोट हुन पाउने अधिकारलाई कुण्ठीत गर्दै गुटगत रुपमा आफ्ना प्रतिनिधि छनोट गरेको आरोप लगाउदै आफुहरु सगँ कुनै सल्लाहा नगरी एकलौटी तरिकारले प्रतिनिधिहरुको नाम सिफारीस गरेको आरोप लगाएका हुन् ।… पुरा पढौ

ओलीलाई प्रचण्डको प्रहार : दुई तिहाईले के लछार्यो ?

सन्देश श्रेष्ठपोखरा, मंसिर १४ नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहन जरुरी नभएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले चुनाव हुने भएको हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहन नपर्ने बताए । उनले भने,‘धेरै साथीहरु अहिले पनि चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहनु भएको छ, तर यसरी चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहनु पर्दैन, चुनाव हुन्छ र हुनै… पुरा पढौ