समाचार

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी ९अस्थायी० प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनुपर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने बताए… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

पोखराको मोहोरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आधारभूत तहको अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आधारभुत जुनियर तह अन्तर्गत सुगम पौडेल, साजिया क्षेत्री र आरुश पाण्डेको पहेंलो सदन प्रथम तथा समीक्षा बास्तोला, एन्जिला थापा र बिपासा मल्लको रातो सदनले द्वितीय स्थान प्राप्त गरेको अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले जानकारी दिए ।विजयी विद्यार्थीलाई पुरस्कार बितरण गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीहरुमा पढाईसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै लगाव बढोस् भन्ने हेतुले यस्ता कार्यक्रमहरु संचालन गरिएको बताए । उनले ‘‘गुणस्तरीय… पुरा पढौ

शिथिल अर्थतन्त्रलाई भूमि अध्यादेशले चलायमान बनाउँछः महासङ्घ

नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषद्बाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ । महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी महासङ्घले लामो समयदेखि उठाउँदै आएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनलाई हालैको मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपतिकामा प्रमाणीकरणका लागि पठाएकामा सरकारलाई धन्यवाद दिए ।“सरकारले भूमिसम्बन्धी अध्यादेश, नवौँ संशोधन–२०८२ लाई मन्त्रिपरिषद्बाट भर्खरै पारित गरेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रणाणीकरणका लागि सिफारिस गरेकोप्रति महासङ्घ हार्दिक आभार प्रकट गर्दछ”, विज्ञप्तिमा भनिएको छ । जग्गा… पुरा पढौ

धान्य पुर्णिमाका दिन घर्मेली पौडेल बन्धुको कुल पुजा हुने

पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा मुल थलो भई देशका विभिन्न भागमा बसोबास गर्ने पौडेल बन्धुको कुल पुजा यहि मंसिर १८ गते हुने भएको छ। पोखरा १९ घार्मीको देउतीपुज्नेमा रहेको कुल मन्दिरमा धान्य पुर्णिमाको दिन बिधी पुर्वक पुजा आजा गरी कुल देवताको आराधना गरिने कुल पुजा व्यवस्थापन समितिका अध्यक्ष महेश्वर पौडेलले जानकारी दिए।पुजालाई व्यवस्थित रूपमा सम्पन्न गर्न समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कुल पुजा तयारी स्वरुप गठन गरिएका विभिन्न उपसमितिले तयारी तिव्र बनाएको र पुजालाई व्यवस्थित बनाउन कुनै… पुरा पढौ

पूर्वसभामुख महरालाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।उच्च अदालतले महराविरुद्धको अभियोगमा यथेष्ट प्रमाण पेश हुन नसेको र जाहेरीमै नाम उल्लेख नभएकाले पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउने निर्णय उचित नभएको ठहर गरेको छ। काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । राष्ट्रिय स्वतन्त्र… पुरा पढौ

द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताएका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए । “होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत रूपमा चल्नुपर्छ,” उनले भने, “द्वन्द दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबु भित्र राखेका छौँ ।”उनले त्यसका लागि राजनीतिक दल र जेनजी समूहबीच संवाद चलिरहेको जानकारी दिए ।… पुरा पढौ

पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै सराङकोटको वन समुह

पोखरा महानगरपालिका–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ । सो समूहले वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र झाडी सङ्कलन गरी जैविक मल उत्पादन सुरु गरेको हो । वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा माटोको उर्वराशक्ति वृद्धि गर्दै प्राकृतिक स्रोत उपयोग गरेर हरित रोजगार सिर्जना गर्ने मुल उद्देश्यका साथ समूहले जैविक मल उत्पादनमा जोड दिएको समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार समूहले वन क्षेत्रको अँधेरीकुनामा सङ्कलन गरेको वन पैदावारलाई नवीनतम् प्रविधि… पुरा पढौ

श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिन निजी क्षेत्रसँग आग्रह गरेकी छन् । आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले श्रमिकको सामाजिक सुरक्षालाई शानको रूपमा लिन अनुरोध गरिन् । परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताईन् । “यसको सफल कार्यान्वयनबाट नै हुनेले नहुनेलाई, धनीले गरिबलाई, निरोगीले रोगीलाई… पुरा पढौ

गण्डकीमा २ विधेयक प्रमाणीकरण

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित भई आएका दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश सभामा छलफल भई प्रमाणीकरणका लागी पठाईएका गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ लाई संविधानको धारा २ सय १ को उपधारा २ बमोजिम प्रमुख भट्टले विहीबार प्रमाणीकरण गरेका हुन् । यि दुबै विधेयक प्रदेश सभा बैठकमा छलफल पछि सभाले पारित गरेको थियो । पुरा पढौ

चुरुङ्गामा शनिबार दाईं महोत्सव हुने

सन्देश श्रेष्ठपोखरा, मंसिर ११ पोखरा–१९ पुरुञ्चौरको चुरुङ्गामा दाईं महोत्सवको दोस्रो संस्करण हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा यहि मंसिर १३ गते शनिबार चुरुङ्गामा दाईं महोत्सवको दोस्रो संस्करण हुने भएको हो । यसअघि अघिल्लो वर्ष दाईं महोत्सवको पहिलो संस्करण पोखरा–२३ फेवा फाँट, मार्गी (पामे)मा माघ ६ गते भएको थियो । पहिलो दाईं महोत्सव रोपाईं महोत्सव भएकै स्थानमा गरिएको थियो भने दोस्रो रोपाईं महोत्सव रोपाईं महोत्सव भएको स्थान भएको ठाउँ नभएर अर्कै स्थानमा हुने भएको छ । पोखरा पर्यटन परिषदले… पुरा पढौ