समाचार

सच्याएर, सच्चिएर कम्युनिष्ट आन्दोलन अघि बढोस् : मेयर आचार्य

नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाली कम्युनिष्ट पार्टीले विगतमा भएका कमजोरीहरु सच्याएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले भने,‘कम्युनिष्टहरुको झण्डै दुई तिहाई जनमत आउँदा पनि खास खास बेलामा संरक्षण गर्न नसेकेको ईतिहास छ । आज फेरी सम्पूर्ण कम्युनिष्टहरु एकत्रित भएका छन् । यस पार्टीले विगतमा काम गर्दा भएका कमजोरी सच्याएर÷सच्चिएर अगाडि बढ्नेछ भन्ने विश्वास लिएको छु ।’ पुरा पढौ

दुई तिहाई ल्याएर राज्य पुर्नसंरचना गर्छौं : नेपाली

पोखरा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सोमबहादुर नेपालीले भ्रष्टाचारबिरुद्द र सुशासनको पक्षमा आफूहरुले आवाज उठाए पनि पूरा गर्न नसकेको अवस्थामा जेनजीहरुले दुई दिने आन्दोलनबाट सफलता प्राप्त गरेको भन्दै धन्यवाद दिए । नेपाली कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले एउटै बिचार भएका विविध पार्टीमा रहँदा जनआकांक्षा पूरा गर्न नसकिएको बताए । उनले भने,‘दुई तिहाई ल्याएर संविधान संसोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउँछौं । देशको पुर्नसंरचना गर्छौं र देशलाई जनताको चाहना अनुसार… पुरा पढौ

प्रतिनिधी छनोटमा एमाले कास्कीमा बिबाद

नेकपा एमालेको काठमाण्डौमा हुने ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट प्रक्रियाले एमाले कास्कीमा बिवाद भएको छ। सहमतिका नाममा प्रतिस्पर्धा नै नगराई केन्द्रबाट खट्टिएका प्रतिनिधीले आफूखुशी महाधिबेशन प्रतिनिधि चयन गराएको भन्दै कास्कीमा कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । उम्मेद्वारहरुले नाम फिर्ता लिन नचाहेपछि जबरजस्ती गरिएको एक उम्मेदवारले बताए । प्रतिनिधी छनौटका लागि चुनाव नगराई सहमति कायम गर्ने जिम्मा पाएका जिल्ला अध्यक्ष बैन बहादुर क्षेत्री अधिकारीले आफुले पाएको जिम्मेवारी नेता जगतबहादुर विश्वकर्मालाई दिएको र उनले आफु खुशी प्रतिनिधी चयन गरेको केही नेताले… पुरा पढौ

आज पनि बढ्यो सुनचाँदीको भाउ

अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४९० निर्धारण भएको छ ।शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो ।… पुरा पढौ

घार्मी कृषि सहकारीमा पुनः पोषराज, कृषि र पर्यटन प्रवद्र्धनमा भुमिका खेल्ने

घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारी संस्था लिमिटेडको अध्यक्षमा युवा व्यवसायी पोषराज पौडेल चयन भएका छन् । पोखरा महानगरपालिका १९ मा रहेको सहकारीको सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि पुन: पौडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो। सहकारीको उपाध्यक्षमा प्रदीप राज पौडेल, सचिवमा राजकुमार पौडेल, सह–सचिवमा लक्ष्मी अधिकारी,कोषाध्यक्षमा ज्योति पौडेल र सह–कोषाध्यक्षमा अजय पौडेल चयन भए। त्यस्तै सदस्यमा दामोदर पौडेल, राजन पौडेल, रामचन्द्र पौडेल तथा लेखा समिति संयोजकमा पोसराज पौडेल, सदस्यमा पवित्रा पौडेल, जगन्नाथ पौडेल रहेका छन्। सहकारीले उत्कृष्ट… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका स्तरीय बाल संवाद कार्यक्रम सम्पन्न, गुनासा समाधान गर्ने पालिकाको प्रतिवद्धता

पोखरा । गाउँपालिका स्तरीय “बाल संवाद कार्यक्रम” माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ। गुड नेवर्स इन्टरनेशनल नेपाल र नौलो घुम्ती नेपालको साझेदारीमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका ३३ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। संवादका क्रममा विद्यार्थीहरूले विद्यालयमा भएका अछुतनियाँ असल अभ्यासदेखि लिएर भौतिक पूर्वाधार अभाव, शैक्षिक सामग्रीको कमी, विज्ञान तथा कम्प्युटर प्रयोगशालामा पहुँच नहुँने, महिनावारी कक्ष व्यवस्थापन चुनौती, कमजोर विद्यार्थीप्रति ध्यान नदिनेजस्ता समस्याहरू खुलेर प्रस्तुत गरेका थिए। मौखिक रूपमा व्यक्त गर्न नसकेका गुनासाहरू विद्यार्थीहरूले लिखित रूपमा समेत बुझाएका थिए।… पुरा पढौ

पोखरा विमानस्थलमा बुद्ध एयरको विमानमा चरा ठोक्कियो

अवतरणका क्रममा पोखरा विमानस्थलमा बुद्ध एयरको विमान चरासँग ठोक्किएको छ । काठमाडौंबाट पोखराका लागि उडान भरेको बुद्ध एयरको ९एन–एओसी विमान शनिबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको थियो ।दुई हप्ताअगाडि पनि पोखरामा बुद्धकै विमानमा चरा ठोक्किएको थियो । चरा ठोक्किए पनि यात्रु र चालक दल सुरक्षित रूपमा अवतरण भएको बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार, विमानको प्राविधिक परीक्षण जारी छ । पुरा पढौ

एक लाख राशीको नेवाः रत्न सिरपा पुरस्कार भैरब संस्कृति संरक्षण समितिलाई अर्पण

पहिलो संस्करणको कास्की नेवाः रत्न सिरपा पुरस्कार पोखराको भैरब संस्कृति संरक्षण समितिलाई प्रदान गरिएको छ । नेवा खलः कास्कीले स्थापना गरेको १ लाख रुपैयाँ राशीको उक्त पुरस्कार शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बिच भैरव टोल स्थित भैरब संस्कृति संरक्षण समितिलाई अर्पण गरिएको हो । २०२९ सालदेखि निरन्तर रुपमा भैरब नृत्य, संस्कार र विभिन्न साँस्कृतिक पक्षहरुको संरक्षण र प्रवर्धन गर्दै आएको सो समितिलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार, संस्कृतिविद तुलसी दिवशले अर्पण गरेका हुन् । समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गलाई पुरस्कार अर्पण गरिएको… पुरा पढौ

पोखराको चुरुंगामा दाइँ महोत्सव, पोखरा २३ का कृषक गुरुङ सम्मानित

पोखरा महानगरपालिका–१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजना तथा चुरुगां टोल विकास संस्थाको स्थानिय व्यवस्थापनमा दोस्रो संस्करणको दाइँ महोत्सव गरिएको हो ।महोत्सवको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरिएको छ ।कार्यक्रममा उत्कृष्ट धान उत्पादक किसानको रुपमा पोखरा–२३ का फवेन्द्र कुमार गुरुङ… पुरा पढौ

एमाले नेता तथा कार्यकर्ता महाधिवेशन प्रतिनिधि चयनमा व्यस्त, कास्कीमा २० जनाका लागि १ सय २२ जनाको आवेदन

नेकपा एमालेका नेता तथा कार्यकर्ता यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाण्डौंमा आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन् । पार्टीका करिब छ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन् । महाधिवेशनका लागि यसपटक प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवक प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ भने प्रदेश कमिटीहरूबाट ४५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब एक हजार, विशेष जिल्ला… पुरा पढौ