समाचार

पोखरा विमानस्थलबाट हुने उडान अवरुद्ध

खराब मौसमको कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम प्रतिकूल हुँदा पोखरा सहित तीन विमानस्थलबाट हुने उडान अवरुद्ध भएको विमानस्थल स्रोतले जनाएको छ ।। तुम्लिङटार र भरतपुर विमानस्थलबाट पनि उडान हुन नसकेको हो। पोखरा विमानस्थलमा शुक्रबार पौने ११ बजे विमानस्थल खुले पनि पुन अवरुद्ध भएको छ।मौसमको खराबीका कारण न्यून मात्रामा आन्तरिक उडान भइरहेको छ। झापाको भद्रपुर विमानस्थल भने खुला भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक विमानस्थलमा ढिला हुँदा यात्रुको… पुरा पढौ

कांग्रेस नेता डा शेखर कोइरालाले गरे छुट्टै भेला

नेपाली कांग्रेसभित्र महाधिवेशनका विषयमा देखिएको गतिरोध अन्त्य गर्न नेता डा शेखर कोइरालाले सक्रियता देखाएका छन् । पार्टीको पदाधिकारी बैठक बस्नुअघि आज बिहान सम्पर्क कार्यालय विशालनगरमा डा कोइरालाले आफूनिकट पदाधिकारीहरूको भेला गरी छलफल गरेका छन्। छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार सहभागी थिए । ‘उहाँले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गर्नु भएको हो’,बैठकमा सहभागी कांग्रेसका एक पदाधिकारीले भने। छलफलमा नियमित महाधिवेशनको तालिका तयार गरिएको समेत बताईएको छ… पुरा पढौ

आज विश्व सहरीकरण दिवस

सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ । सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको यस दिवसमा प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छन् । यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवद्र्धन गर्नु हो… पुरा पढौ

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिम… पुरा पढौ

पोखराका भूमिहिन र अव्यवस्थित बसोबासीको सरकारलाई प्रश्न : भूमि आयोग खारेजपछि जग्गा वितरण अब कसले गर्छ ?

पोखरा । भूमिहिन र अव्यवस्थित बसोबासीहरुले विभिन्न मागहरु सहित पोखरामा सरोकारवाला निकायलाई मागपत्र बुझाएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको अगुवाईमा विहीबार उनीहरुले भूमि समस्या समाधान गर्नका लागि मागपत्र पेश गरेका हुन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय र नापी कार्यालय कास्कीलाई मागपत्र बुझाइएको हो । मागपत्रमा सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा भूमिहिन र अव्यवस्थित बसोबासीहरु दुखित भएको जनाइएको छ । जेनजी आन्दोलन पश्चात गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आयोग खारेज गरेको थियो ।… पुरा पढौ

नेपालको लगातार दोस्रो हार

सन्देश श्रेष्ठपोखरा, कात्तिक १३ आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित नेपाल आज भएको दोस्रो खेलमा अंक तालिकाको पुछारमा रहेको युएईसँग ५ विकेटले पराजित भएको हो । टस जितेर पहिलो व्याटिङ गरेको नेपालले युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालको कप्तान रोहित पौडेलको शतक मद्दतमा नेपालले २३३ रन बनाएको हो । मध्य लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा ५ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । नेपाल… पुरा पढौ

भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु

भिरबाट लडेर बैतडीमा तीनजनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका ७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका ५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका ७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो । बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा आज दिउँसो भिरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार शिवनाथ–६ ओल्या भिरभन्दा करिब ५००… पुरा पढौ

रोहितको सतक मद्दतमा नेपालले दियो युएईलाई २३४ रनको लक्ष्य

पोखरा, कात्तिक १२ आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भइरहेको खेलमा नेपालले नेपाल यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले कप्तान रोहित पौडेलको सतक मद्दतमा युएईलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेल एक्लैले १३० रनमा १०९ रन बनाए । नेपालका लागि अन्य खेलाडीले भने उल्लेख्य खेल प्रस्तुत गर्न सकेनन् । दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको खेलमा केहिबेर पछि… पुरा पढौ

यूएईबिरुद्द रोहितको सतक

सन्देश श्रेष्ठपोखरा, कात्तिक १२ यूएईबिरुद्द नेपालका कप्तान रोहित पौडेलले सतक प्रहार गरेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र यूएईबीच युएईमा भइरहेको आजको खेलमा नेपालका कप्तान पौडेलले सतक प्रहार गरेका हुन् । उनले १२६ बलमा १०० रन बनाएका हुन् । चौथो विकेटका रुपमा व्याटिङ गर्न आएका उनले आसिफ सेख, आरिफ सेख, गुल्सन झा, सोमपाल कामीसँग साझेदारी गर्दै सतक बनाए । एक दिवसीय खेलमा रोहितको यो दोस्रो सतक हो । यसअघि उनले एक सतक प्रहार गरिसकेका छन् । पुरा पढौ

नेकपा एसको बैठक जारी,झलनाथ खनालले मागे माधव नेपालको राजीनामा

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ । हिजो देखि शुरु भएको बैठकमा अध्यक्ष माधव कुमार नेपालको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन माथि छलफल भईरहेको बताईएको छ । बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष नेपालको राजीनामा माग गरेका छन् । उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाइएकाले नेपालले पद छाड्नुपर्ने माग गरेका हुन् । “माधव नेपाललाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ । त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौँ । नेपालले अध्यक्ष… पुरा पढौ